20170424

"विष्णु पौडेलभन्दा कुन मानेमा म कमजोर छु ?? विष्णु पौडेलले बुझ्नु पर्ने कि नपर्ने "

बुटवल एमालेमा हलचल : एमालेका पुराना नेता, पत्रकार बालकृष्ण चापागाईले केपी ओलीका दाहिने हात बिष्णु पौडेलको यसरी दोहोलो काढे !

 स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाबाट मेयरका आकांक्षी बालकृष्ण चापागाईंले पार्टीका केही नेताहरुले षडयन्त्रपूर्वक निषेध गरेको बताएका छन् । ३८ वर्ष लामो समयसम्म नेकपा एमालेमा रहेर गरेको भूमिकालाई अवमुल्यन भएको उनले दावि गरे । बुटवल उपमहानगरपालिकाको मेयरमा सिफारिस नभएपछि अाक्राेशित भएका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका चापागाईंले बुटवलमा पत्रकार सम्मेलन
गर्दै कार्यकर्तालाई अविभावकत्व प्रदान गर्न नसक्ने नेताको भविष्य नरहेको बताए । ‘माथिल्लो पदमा वसेका नेताले कार्यकर्ताको कार्यमुल्यांकन गर्दै उचित जिम्मेवारी दिनुपथ्र्याे, उनले भने । एमाले उपमहासचिव पौडेलको कडा आलोचना र रचनात्मक सुझाव दिदै चापागाईंले राजा ज्ञानेन्द्रकोभन्दा पनि बढी शक्ति छ भन्ने पुष्टि गर्दा एमालेलाई ठूलो धोका हुन सक्ने चेतावनी दिए । ‘विष्णु पौडेलभन्दा कुन मानेमा म कमजोर छु, उनले भने । पौडेल माथिल्लो पदमा पुगेको व्यक्ति भएकाले आदरणीय नेता भएको भन्दै चापागाईंले पदको दुरुपयोग गर्ने कुचेष्ठा गर्दा ठूलो धोका हुने बताए । दुई–दुई पटक सांसद भएको नेताको आफ्नो निर्वाचन क्षेत्रमा जनताले भेट्ने आवास हुनुपर्ने भन्दै उनले पौडेलले घर बनाउन नसके आफैले कार्यकर्ता भेट्ने कटेज बनाइदिने घोषणा समेत गरे । स्थानीय तहको निर्वाचनमा अव मेयर पद दिए पनि नलड्ने भन्दै उनले अवको आफ्नो इच्छा एमालेलाई बलियो बनाउदै प्रदेश नम्बर पाँचको मुख्यमन्त्री हुनेमा केन्द्रीत हुने बताए । ‘३८ वर्ष विभिन्न क्षेत्रमा रहेर अनुभव बटुलें, रुपन्देहीमा त्यसको कदर भएन, अव साच्चिकै राजनीति गर्ने बेला आएको महसुस गरेको छु । आजसम्म एमालेको श्रीवृद्धिमै जीवन अर्पित गरेको छु,– उनले भने । रुपन्देहीको अनेरास्ववियुको संस्थापक सचिव र अध्यक्ष हुदै लुम्बिनी अञ्चलमा एमालेको संगठन निर्माणमा निष्ठापूर्वक लागेको कुरा स्मरण गर्दै उनले पार्टीको हित र संगठन निर्माणका क्रममा पाएको दुःख, गरेको संघर्ष, प्रहरी दमन र आक्रमणको रुपन्देहीमा नेतृत्वले मुल्यांकन नगरेकोमा उनले चिन्ता व्यक्त गरे । भाषणको क्रममा भावुक भएका उनले नेताले कार्यकर्ताको सही मुल्यांकन गर्न सक्नुपर्छ । कुन ठाँउमा कस्को भूमिका महत्वपूर्ण छ, कस्को क्षमता कति छ र कुन कार्य कुशलतापूर्वक पूरा गर्न सक्छ त्यसलाई नेतृत्वले बुझ्न सक्नुपर्छ । कार्यकर्तालाई न्याय दिन नसक्ने व्यक्ति दीर्घकालीन राजनेता हुन नसक्ने ठोकुवा गरे । पञ्चायत र राजतन्त्रका विरुद्धमा ज्यानको बाजी लगाएर आफू पार्टीका लागि होमिएको भन्दै एउटा नेताको रचनात्मक आलोचना गर्नका लागि आफूलाई कुनै संकोच नभएको बताए । ‘म एमालेको नीति विपरीत लाग्ने कुरा सोच्न समेत सक्दिन, मलाई सबैभन्दा प्यारो पार्टी लाग्छ किनकी पत्रकारिता र पारिवारिक जीवन त पछि शुरु भएका हुन् । त्यसैले मेरो जीवनमा सबैभन्दा ठूलो लगानी एमालेको श्रीवृद्धि गर्नमा लागेको छ । यो कुरा विष्णु पौडेलले बुझ्नु पर्ने कि नपर्ने ?, उनले भने । लुम्बिनी अञ्चलका नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेतासंग राजनीतिमा गरेको योगदान र पार्टी राजनीतिका बारेमा आफू फेस टु फेस भएर छलफल गर्न तयार रहेको बताए । गुट उपगुटको विषयमा आफूलाई कुनै चासो नभएको भन्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नीतिलाई लिएर देशभर अभियानमा लाग्ने बताए । ‘म अध्यक्ष केपी ओलीको नीति अनुसार काम गर्ने कर्तव्यनिष्ट सिपाही हँु, कहिल्यै विचलित हुनेछैन । र यसअघि कहिल्यै विचलित भएको छैन । कही विचलित भएको भए त्यसको जवाफ विष्णु पौडेल, घनश्याम भुसाल र गोकर्ण विष्टहरुले भन्न सक्नुपर्छ, उनले भने । लुम्बिनी अञ्चलका नेताहरुमा यतिवेला विष्णु पौडेल शक्तिशाली भएको चर्चा गर्दै उनले पौडेलबाट शक्तिको दुरुपयोग हुन थालेको गुनासो इमान्दार र निष्ठावान कार्यकर्ताबाट आएको पनि बताए । सत्ता शक्तिले मानिसलाई अन्धो बनाउने खतरा रहिरहन्छ भन्दै लुम्बिनी अञ्चल लगायत प्रदेश नम्बर ५ मा राजनीतिक नेतृत्व गर्ने नेताले गौतमबुद्धबाट पनि शिक्षा लिनुपर्ने उनले बताए ।
13912722_119708345139352_835152757127630973_n

चापागाईंद्वारा आभार तथा धन्यवाद


बुटवल । आसन्न स्थानीय तहको निर्वाचनमा बुटवलको मेयर पदका आकांक्षी बालकृष्ण चापागाईंले शुभेच्छुकहरुप्रति आभार व्यक्त गरेका छन् । मेयर पदमा उमेद्वार हुदाँको वखत आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका महानुभावहरुलाई विज्ञप्ती माफर्त आभार तथा धन्यवाद ज्ञापन गरेका हुन् ।
चापागाईंद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘२०५४ सालको स्थानीय निर्वाचनमै आकांक्षी भई पार्टीको सरसल्लाहमा आफुले उमेद्वारी नदिएको र झण्डै २० वर्षपछि हुन थालेको स्थानीय निर्वाचनमा स्वभाविक ठानी मैले उमेद्वारीको आकांक्षा व्यक्त गरी मैले आस्था राख्ने पार्टीसंग आग्रह गरेकोमा मेरो आकांक्षालाई स्वीकृति प्राप्त नहुने महसुस गरी पार्टी नेतृत्वसंगकै सल्लाह अनुसार मैले उमेद्वारी नदिने घोषणा गर्दछु ।’
उनले विगत ३८ वर्षदेखि बुटवललाई कर्मभूमि बनाई जनसंघर्ष, जनआन्दोलन, लोकतन्त्र र गणतन्त्र तथा विभिन्न सामाजिक संघसंस्थामा निष्ठापूर्ण तरिकाले पुर्याएको योगदान, दक्षता र योग्यताका आधारमा टिकट पाउने पूर्ण विश्वास गरेको बताउदै त्यो परिस्थिति नबनेकोले आत्मीय मित्र र शुभेच्छुकलाई जानकारी होस् भन्ने हेतुले विज्ञप्ती जारी गरेको उल्लेख गरेका छन् ।
उनले मेयर पदमा उमेद्वार नभए पनि सार्वजनिक जीवनमा अझ इमान्दार, निष्ठापूर्ण तरिकाले समाजको काममा निरन्तर सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक