20170403

बुटवलका हरेक जन जनका बिच चिरपरिचित पत्रकार, समाजसेबी, एमालेका पुराना र अनुभबी नेता, एमालेका तर्फबाट मेयरका बलिया दाबेदार बालकृष्ण चापागार्इं के भन्नुहुन्छ ?

( बालकृष्ण चापागार्इं बुटवलका हरेक जन जनका बिच चिरपरिचित पत्रकार, समाजसेबी, एमालेका पुराना र अनुभबी नेता पनि हुनुहुन्छ । कुनै बेला राजधानी बाहिरको पत्रकारिताको अर्को राजधानी मानिने बुटवलमा पत्रकारिताको जग बलियो पार्ने एक जना अग्रणी, २०४६ को जन आन्दोलनमा बुटवलका बाममोर्चाका नायक चापागाई अहिले एमालेको गुटबन्दीको शिकार बनाइएन  भने वहाँ यस पटक एमालेका सबैभन्दा प्रभाबशाली र हकदार उमेदवार हुनुहुन्छ । चापागाई एमालेका तर्फबाट मेयरमा लडेमा बुटवलमा नेपाली काङ्रेस र अन्य पार्टीका
उमेदवारहरुलाई अप्ठ्यारो पर्नेछ भन्छन बुटवलका मतदाताहरु ।  नेपालमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढिरहेको छ । स्थानीय तहमा गाउँ नगरका मेयर, उपमेयर बन्नका लागि आकांक्षा व्यक्त गर्न थालिएको छ । दलहरु चुनाबको तयारीमा जुटेका छन् । यही सर्न्दर्भमा विकासका हिसाबले तीब्र गति लिएको बुटवलमा पनि चुनाबी माहोल तातेको छ । बुटवलमा यसअघि एकपटक कांग्रेस र एकपटक एमालेले स्थानीय निकायको चुनाबमा नेतृत्व लिइसकेका छन् । २० वर्षछि हुन लागेको स्थानीय चुनाबमा पनि आकांक्षीहरु उत्तिकै छन् । त्यसमध्ये यसअघिको स्थानीय चुनाबमा बुटवलको मेयरको सूचीमा रहनुभएका  वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंको यसपटक पनि चर्चा छ । एमालेबाट उमेदवार हुने चर्चा भइरहँदा उहाँ स्वयम्को चाहना के हो ? भन्ने विषयमा जानकारी लिने गरी उहाँ सँग केही  जिज्ञासा राख्दा उहाँले नेपाल मदर डट कम अमेरिकालाई  दिनु भएको जवाफ यहाँ प्रस्तुत गरिएको छ । - सम्पादक )


१. बालकृष्ण चापागार्इं ज्यू , नेपालमा यति बेला स्थानीय चुनावको लहर चलेको देखिन्छ । यस क्रममा तपार्इं वुटवल उप महानगर पालिकाको मेयर पदका लागि एमालेले उमेदवार बनाउने व्यापक चर्चा सुनिन्छ । वास्तविकता के हो ?
उत्तरः तपाईले भने जस्तै नेपालमा यति बेला स्थानीय चुनावको लहर चलेको छ । २० वर्षपछि हुन थालेको स्थानीय चुनावको घोषणाले स्वभाविक रुपमा जनतालाई आकषिर्त गरेको छ । जहाँ सम्म मेरो उमेदवारीको कुरा छ । यो जनस्तरबाट स्वभाविक रुपमा उठेको चर्चा हो । एमालेले उचित मूल्याङकन गरी मलाई उमेदवारको रुपमा प्रस्तुत गरेमा चुनाव लड्न म तयार छु । पहिलो कुरा त मैले आस्था राख्ने र योगदान दिदै आएको राजनीतिक दलले उमेदवारको रुपमा प्रस्तुत गर्नु पर्‍यो । त्यसपछि मात्र एमालेको र्सर्ूय चिन्हृको आधिकारिक उमेदवारको रुपमा म खडा हुने अवस्था रहन्छ । अन्यथा मेरो व्यक्तिगत इच्छाको कुनै अर्थ रहदैन । त्यसैले पार्टर्ीीे उमेदवार बनाउने र जनताले मत दिएर जिताए भने मात्रै त्यो जिम्मेवारी प्राप्त हुने अवस्था रहन्छ । समय र परिस्थितिले त्यो जिम्मेवारी मैले प्राप्त गरेमा कुशलता पर्ूवक कार्य गर्न सक्छु भन्ने मलाई पर्ूण्ा विश्वास छ ।

२. एमाले भित्र आन्तरिक गुटबन्दी छ भन्छन्, तपाईको बुझाई के छ - त्यस प्रकारको गुटबन्दीले तपाईलाई असर गर्छ कि गर्दैन ?
उत्तरः एमाले जस्तो राष्ट्रको जिम्मेवार, गतिशील र जीवन्त पार्र्टर्ीीा वैचारिक सवालमा चर्चा र छलफल हुनु स्वभाविक छ । एमालेमा यतिबेला गुटबन्दी छैन । मैले पनि पार्टर्ीीभत्र कुनै प्रकारको गुटबन्दी भएको देखेको छैन । नेकपा एमाले राष्ट्रव्यापी रुपमा एक ढिक्का छ । सशक्त र बलियो राजनीतिक दलको रुपमा आमजनता वीच स्थापित छ । आमजनता एमालेको पक्षमा खडाभइरहेका छन् । एमालेको पक्षमा  जनलहर आएको छ । गुटबन्दी नै छैन भने त्यसले मलाई असर गर्ने/नगर्ने भन्ने कुरा नै रहेन । मलाई यहाँका नेतृत्व तहका व्यक्तिहरुले साथ-र्समर्थन दिन्छन् र जित हासिल गर्नका लागि कटिबद्ध भएर लाग्छन् भन्नेमा म विश्वस्त छु ।

३. एमालेले उमेदवारको रुपमा प्रस्तुत गरी जनताले मत दिएर तपाई मेयर बन्नु भयो भने के गर्छर्ुुन्ने लागेको छ?
उत्तरः म जिम्मेवार व्यक्ति भएकोले  हतारिएर काल्पनिक कुरा गर्नु हुँदैन । पहिलो कुरा त पार्टर्ीी उमेदवार बनाउछ कि बनाउदैन यो पनि अहिले सम्म भविष्यकै गर्भमा छ । दोस्रो उमेदवारी पाए पछि पनि जनताले माया गरेर जिताउनु पर्ने हुन्छ । त्यसैले अहिले नै हतार गरी आफ्ना योजना र्सार्वजनिक गर्ने बेला भएको छैन । म सँग बुटवल उप महानगरपालिकालाई नमुना महानगरपालिका बनाउने खालका विशिष्ट योजना र दृष्टिकोण छन् । ती दृष्टिकोण र योजनाहरु समयको माग र आवश्यकता भएको बेलामा अवश्य प्रस्तुत गर्ने नै छु  । मैले आजसम्म जहँा जहँा जिम्मेवारी लिएको छु ,  ती सबै ठाँउमा कुशलता पर्ूवक कार्य सम्पादन गरेको छु । आफ्नो कार्यकुशलता र क्षमताले ती संस्थाहरुलाई निकै उचाईमा पुर्‍याएको छु । यसमा मलाई गौरवको अनुभूति पनि हुन्छ ।

४. बुटवल उप-महानगरपालिकामा एमालेको संगठन र प्रभाव कस्तो रहेको छ ?
उत्तरः बुटवलमा एमाले सशक्त र प्रभावकारी रहेको छ । एमालेको र्सर्ूय चिन्हृमा आफ्नो मत दिन आम जनता आतुर छन् । एमालेको प्रभाव पनि दिन प्रतिदिन बढ्दो छ । यो क्षेत्रमा एमालेको राम्रो प्रभाव छ ।  

५. के तपाईं, पार्टर्ीी साँच्चिकै टिकट दिन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
उत्तरः यस पटक बुटवलको मेयर पदमा एमालेले मलाई अवश्य उमेदवार बनाउने छ भन्ने कुरामा म पर्ूण्ातःविश्वस्त छु । यसो भनिरहँदा बुटवलमा एमालेबाट मेयरको उमेदवार हुन योग्य व्यक्तिहरुको लामो सूची छ । आकांक्षीहरु अवश्य धेरै हुनुहुन्छ । धेरै आकांक्षी र योग्य व्यक्तिहरु बिचबाट उमेदवार छनोट गर्ने कुरा स्वभाविक रुपमा नेतृत्वका लागि पनि निकै चुनौतिपर्ूण्ा छ । तर पनि मेरो उमेदवारीमा सबै आकांक्षीहरुले एक्येबद्धता र हार्दिक सहमति जनाउनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु । मेरो माग र दाबी स्वभाविक र समय सापेक्ष छ भन्ने मैले ठानेको छु ।

चापागाईका केही फोटोहरु जो आफै समाचार बोल्छन :







र यो पनि .......
२०७३ चैत्र १६ गते लुम्बिनी पाेष्ट साप्ताहिकमा प्रकाशित बुटवलकाे मेयरका लागि तयार छु भन्ने शीर्षककाे अन्तर्वार्ता पढेर मलाई अग्रिम शुभकामना र सुझाव दिनुहुने सबै महानुभावहरुमा हार्दिक अाभार एवं धन्यवाद व्यक्त गर्दछु । - बालकृष्ण चापागाईं
 
अन्तर्वार्ताकाे सारांश

तीनदशक अघिदेखि पत्रकारितामा क्रियाशील बालकृष्ण चापागाईं मोफसलमा स्थापित नाम हो । त्यतिमात्रै हैन, मोफसलमा बसेर पनि राष्ट्रिय महत्व राख्ने काम गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति हुनुहुन्छ । विद्यार्थीकालमा पञ्चायती शासनविरुद्धको आन्दोलन, त्यसपछि लोकतन्त्र, गणतन्त्रका लागि भएका आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिकामा रही उहाँले काम गर्नुभयो । २०६२÷०६३को संयुक्त जनआन्दोलन चलिरहँदा चापागाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । सञ्चार क्षेत्रमाथि तत्कालीन राजा ज्ञानेन्द्रले गरेको दमन र नियन्त्रणको खुलेर विरोध गर्दै उहाँ काठमाडौंमै रहेर नेतृत्वदायी भूमिका खेल्नुभयो । पत्रकारिता र नेपाली विषयमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नुभएका चापागाईले बौद्ध दर्शन र सञ्चारमा विद्यावारिधि गर्दै हुनुहुन्छ । पत्रकारिता, शैक्षिक, सामाजिक संस्था तथा सञ्चार संस्थाको नेतृत्वमा अब्बल रहेका चापागाईको नाम पछिल्लो समयमा बुटवल उपमहानगरपालिकाको मेयरको सूचीमा पनि जोडिन थालेको छ । चापागाईँको पत्रकारिता, राजनीति र स्थानीय तहको निर्वाचनका बारेमा लुम्बिनी पोस्टका लागि दीपक घिमिरेले गरेको कुराकानीको सारसङ्क्षेप ।

पछिल्लो समयमा के मा व्यस्त हुनुहुन्छ ?

म पछिल्लो समयमा दैनिक पत्र दैनिक, जनसंघर्ष साप्ताहिक, स्वाधीन मासिक र अनलाईन पत्रिका दैनिक पत्र डट कमको सञ्चालक संस्था बुटवल मिडिया प्रकाशन प्रालिको १३ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेर यसको समीक्षा गर्दै नयाँ योजना निर्माणमा खटिएको छु । पत्रिकाको स्तरवृद्धि र क्षेत्रविस्तारकै लागि क्रियाशील छु । साथसाथै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको बारेमा पत्रकारिताको क्षेत्रबाट कसरी रिर्पोिर्टङ गर्ने भन्नेबारेमा संस्थागत हिसाबले नीतिनिर्माण गरिरहेको छु ।



तपाईंले विद्यार्थीकालमा लामो समयसम्म राजनीति गर्नुभयो, राजनीतिमै क्रियाशील रहनुभयो, यो क्षेत्रमा कसरी आइपुग्नुभयो ?

म राजनीतिमा क्रियाशील रहँदा पनि पत्रकारितासँग जोडिएकै थिएँ । जतिबेला म विद्यार्थी राजनीति गर्थें । त्यतिबेला मिसन पत्रकारिता थियो । प्रजातन्त्र प्राप्तिका लागि पत्रकारिता गरिन्थ्यो । अहिलेजस्तो सबैका विचार समेट्ने भन्ने हुँदैनथ्यो । पार्टीका सिद्धान्तलाई जनतामाझ पु¥याउनका लागि पत्रकारितालाई माध्यम बनाइएको हुन्थ्यो । अहिलेजस्तो सञ्चारको सुविधा पनि नभएकाले पत्रकारिता त्यसमा पनि पत्रिका प्रकाशन गर्ने, त्यसमा पार्टीका विचारहरु प्रस्तुत गर्ने र जनतामाझ पु¥याउने काम गरिन्थ्यो । सार्वजनिक रुपमा कार्यक्रमहरु गर्न पनि संभव थिएन । यसकारण पनि पार्टीभित्र पत्रिकाका लागि छुट्टै विभाग हुन्थ्यो । त्यसमा मैले लामो समय काम गरेँ । पछि राजनीति खुला भएपछि पार्टीलाई भन्दा पत्रकारितालाई समय दिएँ । स्वतन्त्र पत्रकारिता गर्न थालेँ । पत्रकारिता गरिरहँदा पार्टीमा पनि एक हिसाबले साथसाथै र सँगसँगै थिएँ । पत्रकारिता पेशा थियो भने राजनीति समाजसेवाको रुपमा थियो । पत्रिकाका लागि कलम समाउँदा म निष्पक्ष भएर कलम चलाएँ । पार्टीका लागि काम गर्दा पार्टीको ढंगले गरेँ । दुवैलाई एकसाथ अघि बढाए पनि मैले कुनै पनि क्षेत्रमा मिसयुज गरिन । दुवैतिरको गरिमालाई उत्तिकै समान हिसाबले र मर्यादित ढंगले गर्ने प्रयास गरेँ । र अहिले पनि गरिरहेको छु । म नेपाल पत्रकार महासंघ रुपन्देहीको संस्थापक अध्यक्ष भई दुई कार्यकाल काम गरें । प्रेस चौतारी नेपालको दुई कार्यकाल केन्द्रीय अध्यक्ष, त्यसअघि केन्द्रीय उपाध्यक्ष, रासस अध्यक्ष बनेर काम गरें । यो सँगसँगै रेडियो मलमला र कान्ति मा.वि दुवै संस्थाको अध्यक्षसमेत भइसकेको छु । बुटवलमा स्थापित तीन वटा पत्रिकाहरुलाई मर्ज गरियो । जनसंघर्षको यात्रा गणतन्त्रसम्म पुग्यो । जनसंघर्षको २५ वर्षको यात्रामा धेरै काम गरी आफ्नो लक्ष्य पूरा गरेको हुँदा त्यसलाई हामीले साइडमा राख्यांै, दैनिक पत्र दैनिकलाई दैनिकको रुपमा प्रकाशन ग¥यौं । जनसंघर्षलाई साप्ताहिक र स्वाधीनलाई मासिक बनायांै । सँगै अनलाइन समेत सञ्चालन गरेका छांै । एकीकरणको चार वर्ष बितिसक्दा मेरो नेतृत्व र टिमको सामुहिक प्रयत्नमा यो संस्था एकदम सफल भएको छ ।

पत्रकारितामा क्रियाशील रहेकै अवस्थामा तपाईको नाम बुटवलको मेयरमा पनि जोडिएर आएको छ ? के तपाईको इच्छा छ ?

मलाई परिस्थिति अनि समयले माग गरेको हो जस्तो लाग्छ । कहिले काहिँ जिम्मेवारी आउँदा र त्यो जिम्मेवारी पूरा गर्न इच्छाशक्ति पनि हुनु प¥यो । साथीभाइको चाहना र सहयोग हुनु प¥यो । यसमा मूलतः दलीय प्रणालीमा दलहरुसँग शक्ति भएको हुनाले दलहरुले चाहेको अवस्थामा मात्रै यो जिम्मेवारी आउने र लिने कुरा हुन्छ । जिम्मेवारी चाहिँ मूलतः दलहरुको निर्णय र सम्बन्धित व्यक्तिको इच्छामा हुने कुरा हो । यी दुई कुरामा समन्वय भयो भने मात्रै जिम्मेवारीको सम्भावना हुनेजस्तो लाग्छ । त्यो जिम्मेवारी पार्टीले दियो र जनताले जिताए भने पूरा गर्न म तयार छु । यसमा मेरो कुरा भन्दा पनि म आवद्ध भएको राजनीतिक दलले टिकट र जिम्मेवारी दिनु प¥यो अनि मात्र मेरो इच्छाले मूर्त रुप लिन्छ ।

राजनीतिक धरातल के हो तपाईको ?

अहिलेसम्म जसले मलाई देख्नुहुन्छ पत्रकारको रुपमा नै बुझ्नु हुन्छ । पछिल्लो समयमा पनि मलाई व्यवसायिक पत्रकारको रुपमा चिन्छन् जस्तो लाग्छ । पत्रकारिता भनेको एउटा विधा हो । यसमा स्वेच्छिक हिसाबले पनि लाग्न सकिन्छ । मेरो हकमा मैले अहिलेसम्म पत्रकारिता पेशाबाहेक अन्य कुनै पेशा गरेको छैन । यसमा मलाई गौरवको अनुभूति हुन्छ । मेरो रुचि समाजसेवा र जीविकोपार्जन सबैको लागि गरेको पेशा पत्रकारिता हो । २०३८ साउन १ गतेदेखि भैरहवाबाट प्रकाशित दैनिक निर्णयबाट मैले पत्रकारिता सुरु गरें । यसबीचमा विभिन्न पत्रपत्रिकामा कार्यरत रहें । मैले लुम्बिनी अञ्चललाई राष्ट्रियस्तरमा हाइलाईट गर्न यहाँको आर्थिक, शैक्षिक पर्यटकीय क्षेत्रका समाचारहरु लेखें । यहीबीचमा २०४६ सालमा संयुक्त वाम मोर्चा बुटवलको सचिवको जिम्मेवारी लिएर तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा लेखनका साथै आन्दोलनमा सक्रियतापूर्वक भाग लिएर योगदान पु¥याएँ । मैले पत्रकारिता गर्दै गर्दा पनि राजनीतिलाई अर्को पाटोको रुपमा लिइरहन्थेँ । अहिले पनि मलाई राजनीति र पत्रकारिता एक सिक्काका दुई पाटा हुन भन्ने लाग्छ । त्यतिबेला मैले विद्यार्थी राजनीति गर्थेँ । २०३६ सालको प्रारम्भमा नै म अनेरास्ववियु (एकताको पाँचौं) मा लागें । ०३७ सालमा मणिग्राममा भएको पहिलो जिल्ला अधिवेशनले मलाई जिल्ला सचिव बनायो । त्यसैबीचमा ०३७ कात्तिक १ गते छपियामा पञ्चायती शासकहरुले विद्यार्थी तारापति भट्टराईको हत्या गरेका थिए । त्यो समयमा मैले यस मुद्दालाई देशव्यापी बनाउने काममा रुपन्देही जिल्लाबाट नेतृत्वदायी भूमिका निर्वाह गरेको थिएँ । यही कारणले तत्कालीन पञ्चायती सरकार पनि अप्ठ्यारोमा परेको थियो । त्यतिबेला पार्टीको निर्णय अनुसार हामी सशस्त्र बनेर हिंड्थ्यौं । त्यसपछि अर्को अधिवेशन ०३८ सालमा सेमलारमा गर्ने भनेर बाहिर प्रचार गरियो र प्रहरी प्रशासनलाई छक्याउँदै मणिग्राम पूर्व शिवपूरमा सम्मेलन गर्ने भन्ने एउटा योजना थियो । त्यही योजनाअनुसार शिवपूरमा विशाल जनसमूह र विद्यार्थीहरुको उपस्थितिमा गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्ने गीत रामेश, मञ्जुल र लोचन भट्टराईहरुले गाइरहेका थिए । ठीक त्यही बेला त्यो स्थानमा प्रहरीले घेराबन्दी ग¥यो । तीन ट्रक पुलिस आए । भागाभाग भयो । तर पनि प्रहरीको घेराबन्दीलाई तोड्दै हामीले मोहनाजोत बगैचामा पुगेर जिल्ला अधिवेशन सम्पन्न ग¥यौं । त्यस अधिवेशनबाट पनि म अध्यक्षमा चुनिएँ । ०३९ सालमा बुटवल क्याम्पसमा तेश्रो अधिवेशन भयो, त्यसबेला पनि म अध्यक्ष भएँ । त्यो बेला पार्टीमा दुईवटा धार थिए । एउटा धार पार्टी स्वतन्त्रता र अर्को धार राजनीतिक स्वतन्त्रता । यी दुई धारको विवादले पार्टीलाई त्यतिबेला क्षति पुगेको थियो । त्यसपछि अखिलको सातौं राष्ट्रिय सम्मेलन र आठौं राष्ट्रिय सम्मेलन दुवैमा म केन्द्रीय सदस्यमा निर्वाचित भएँ । २०४० देखि ०४४ सम्म अखिलको केन्द्रीय कमिटी सदस्य भई काम गरेँ । लुम्बिनी अञ्चलमा अखिलको संगठन विस्तार र पञ्चायत विरोधी आन्दोलनलाई उत्कर्षमा पु¥याउने अभियानमा मनसा, वाचा, कर्मणा लागि परेँ । २०४६ सालको जनआन्दोलनमा केपी ओली अञ्चल इञ्चार्ज हुनुहुन्थ्यो । उहाँको निर्देशनमा लुम्बिनी अञ्चलमा विद्यार्थी मोर्चाका साथै जनआन्दोलनमा सक्रिय रहेँ । बु्टवलमा २०४६ सालमा पुलिसले मलाई पक्राउ गर्ने गरी छापा मारेको थियो । तर म त्यहाँ नभएकाले पक्राउ गर्न सकेन । मैले प्रदीप नेपाल, जीवराज आश्रित, गोपाल शाक्य, इश्वर पोखरेल, विष्णु पौडेल, तत्कालीन अखिल नेतृत्वमा रहनुभएका आरसी आचार्य, राधा ज्ञवाली, गोपीरमण उपाध्याय, देवेन्द्र घिमिरे, घनश्याम भुसाल, भीमनारायण थारु, २०४६ सालमा केपी ओलीलगायतका नेताहरुसँगको निर्देशन र निकटमा रही काम गरेँ । यता मेरो पत्रकारिता पनि जारी नै थियो । २०४० सालमा सुरजपुरा हत्याकाण्डको रिपोर्टिङ गरेको थिएँ । यसबाट गिरिजाप्रसाद कोइरालालगायतका उच्च पदस्थहरुलाई तत्कालीन पञ्चायती सरकारले हत्या गर्ने प्रयत्न गरेको रहेछ । त्यो घटनाको यथार्थ रिपोर्टिङ गर्दा मैले पाएको रेस्पोन्सबाट मलाई थप उर्जा मिल्यो । यस बीच ०३९ सालमा दैनिक निर्णयमा ‘नेपालका नदी कसको हितमा’ भन्ने मैले लेखेको सम्पादकीयले ठूलो चर्चा पायो । यसले मलाई झनै उत्साही गरायो । त्यसमा भारतको नेपालप्रतिको सोंचलाई कडा आलोचना गरिएको थियो । त्यो सम्पादकीय पढेर भारतका तत्कालीन विदेश मन्त्रीले नेपालमा किन भारतको यसरी आलोचना गरिन्छ भन्ने जिज्ञासा राखेछन् । त्यो सम्पादकीयलाई भारतका टाइम्स अफ इण्डियालगायतका ठूला पत्रिका र वरिष्ठ पत्रकारहरुले त्यसलाई आधार बनाएर फिचरसमेत लेखेका थिए ।

त्यसपछि मैले पत्रकारिता ठूलो कुरा रहेछ भनेर यसलाई छोडिन । २०४३ सालमा मेघालयबाट लखेटिएका नेपालीहरुले न्याय पाउन् भनेर बुटवलमा पत्रकार सम्मेलन गरी समर्थन र सहयोग जुटाउने काम गरियो । चामल उठाएर खाना खुवाउने काम गरियो । यस कार्यमा विकास केसीको सक्रियतालाई अहिले पनि म स्मरण गर्न चाहन्छु । त्यसमा उहाँ र उहाँको समूहको महत्वपूर्ण योगदान रहेको छ ।


पार्टीले टिकट दिएर उम्मेदवार हुनुभयो भने तपाईको योजना के हुनेछन्, बुटवल उपमहानगरपालिकाको सन्दर्भमा ?

अहिल्यै भिजन प्रस्तुत गर्ने तहमा जाँदा हतारो पनि हुन जान्छ । मलाई पार्टीले टिकट दिने हो वा होइन, पार्टीमा योग्य व्यक्तिहरुको लामो लिस्ट छ । म २०५४को स्थानीय निर्वाचनको यहाँलाई स्मरण गराउन चाहन्छु । त्यसको २० वर्षपछि २०७४ साल वैशाख ३१ गते स्थानीय तहको चुनाव हुँदैछ । मुलुक चुनावी माहोलतर्फ लागेको छ । म २० वर्षअघि अर्थात् २०५४ सालको चुनावमै बुटवलका मेयरका दाबेदारहरुको सूचीमा थिएँ । मैले पार्टीसँग आग्रह गरेको पनि थिएँ । पार्टीले मलाई राखेर सल्लाह पनि गरेको हो । त्यतिबेला ३ जना मेयरका दाबेदारहरुमा भोजप्रसाद श्रेष्ठ, मनबीर गर्बुजा र म थिएँ । भोजप्रसादले टिकट पाउनु भयो र मेयर हुनुभयो, अर्को दाबेदार मनविर गर्बुजा हुनुहुन्थ्यो । उहाँ निधन भइसकेको छ । त्यसयता २० वर्ष वितिसकेको छ । आकांक्षीहरुको संख्या ठूलो छ । सबै आकांक्षीलाई मैले सम्मान गर्न चाहन्छु । योग्य व्यक्तिहरुको सूची बढेकोमा खुशी लागेको छ ।

यो बितेको २० वर्षमा पनि मैले सक्रिय र निष्ठापूर्वक जनआन्दोलनहरुमा अग्र भागमा रहेर कार्य गरेको छु । योगदान पु¥याएको छु । म आज पनि पार्टीको हित र उन्नतिका लागि सक्रिय छु । म पहिलाभन्दा पनि सक्रिय छु । म निष्ठावान बनेर कार्य गरिरहेको छु । म जुन संस्थामा नेतृत्व गर्न पठाइएको छ र पुगेको छु । त्यसलाई उच्च स्थानमा पु¥याएको छु, चर्चामा पु¥याएको छु । मलाई बुटवल उपमहानगरपालिकाको नेतृत्व गर्न पठाएमा पनि सफल नेतृत्व दिन सक्छु भन्ने पूर्ण विश्वास र योजना मसँग छ । नेकपा एमालेले उमेदवारको नाम प्रस्तुत गर्दा इतिहास, संगठन निर्माण, संघर्ष, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पु¥याएको, निर्णय क्षमता भएको, राम्रो जनसम्पर्क भएको, बुद्धिजीवी, समाजसेवी, संघसंस्थाका प्रमुखहरु, उद्योगी व्यापारी, सर्वसाधारणदेखि सबै प्रकारको विभिन्न हैसियतमा भएका व्यक्ति र समूहहरुसँग संवाद र निर्णय दिनसक्ने, देशव्यापी सञ्जाल भएको व्यक्तिलाई प्राथमिकता दिन्छ जस्तो लाग्छ । यसप्रकारको योग्यता पुगेका व्यक्तिहरु खोज्ने हो भने बुटवल उपमहानगरपालिकामा लामो सूची हुन्छ । तरपनि कुनै एकलाई टिकट दिनुपर्ने हुन्छ । जसले टिकट पाउँछ उसलाई जिताउन पार्टी कार्यकर्ताहरु इमानदारीपूर्वक लाग्नुपर्ने हुन्छ । म पनि जसले टिकट पाउँछ उसलाई जिताउन मन, वचन कर्मले क्रियाशील रहन्छु । तर यसपटक पार्टीले मलाई टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु । र मेरो माग स्वभाविक छ भन्ने मैले ठानेको छु ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक