20170516

फेसबुक, ट्विटर, इन्स्टाग्राम, स्न्याप चाट, वि च्याट, ह्वाटस्एपजस्ता विभिन्न प्रकारका सामाजिक सञ्जालमा झुम्मिनेहरु हो साबधान ! लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत खतरा !

आजकल मानिसहरु फेसबुक, ट्विटर, इन्स्टाग्राम, स्न्याप चाट, वि च्याट, ह्वाटस्एपजस्ता विभिन्न प्रकारका सामाजिक सञ्जालमा सक्रिय छन्। यी सञ्जालहरुले मानिसलार्इ व्यस्त बनाइराखेको छ। तर सामाजिक सञ्जालले मानिसहरुलार्इ मनोरञ्जन मात्र दिइरहेको छैन, यसले विभिन्न किसिमका समस्याहरु समेत निम्त्याइरहेको छ।
  स्वाभाविकै हो सामाजिक सञ्जालमा सक्रिय रहँदा बारम्बार आफ्नो मिडिया एकाउण्ट चेक गरिरहन मन लाग्छ। म्यासेज,लाइक्स, रिप्लाइ वा कमेन्ट हेर्न वा अपलोड गर्न मन लाग्छ। आजकल बानी यस्तो परिसकेको छ कि केही
घण्टा वा केही दिनमात्र पनि आफ्नो एकाउण्ट चेक गर्ने मौका मिलेन भने हामीहरुलार्इ टेन्सन हुने गर्छ।

बिबिसी हिन्दी सेवाका अनुसार यस्तो टेन्सन हामीहरुलार्इ मात्र होइन विश्वभरका धेरै मानिसहरुलार्इ हुने गर्छ।  यस्तै टेन्सन बढेर लत नै लागेकाले विश्वभर सोसल मिडियामा सक्रिय रहनुका नकारात्मक पक्षहरुलार्इ केलाउन थालिएको छ। बिबिसीको अनलाइन संस्करणका अनुसार विश्वभर नै सामाजिक सञ्जालको लत लागेका धेरै मानिसहरु छन् जसलार्इ आफ्नो एकाउण्ट केही समयका लागि चेक गर्न नपाएमा छटपटी हुने गर्छ।

एक्सपर्टहरु भन्छन् सामाजिक सञ्जालको लत पनि एक किसिमको रोग नै हो। यसको लत लागेका मानिसहरु अहिले यसबाट मुक्ति पाउको लागि एक्सपर्टहरुसँग परामर्शमा जाने गरेका छन्। एक्सपर्टहरुले सामाजिक सञ्जालको लत छुटाउने यस्तो प्रविधिलार्इ डिजिटल डिटक्स भनेका छन् अर्थात् डिजिटल विषबाट मुक्ति।

यो लत छुटाउनका लागि मानिसहरु विभिन्न तरिकाहरु अपनाइरहेका छन्। एक्सपर्टहरुले सामाजिक सञ्जालको लतको शिकारहरुको उपचार गरिरहेका छन्।

अमेरिकामा मनोवैज्ञानिकहरुले यसका लागि एक घण्टाको डेढ सय डलर अर्थात १५ हजार रुपैयाँ भन्दा बढी पैसा लिने गरेका छन्। लामो लामो सेसनकालगि एक घण्टाको पाँचसय डलरसम्म लिएर उनीहरु मानिसहरुको यो लत छुटाउनतिर लागेका छन्।

सामाजिक सञ्जालको यो लत यति खतरनाक छ कि एक्सपर्टहरुले यसलार्इ रक्सी वा लागुपदार्थकै लत भन्दा भयानक मान्न थालेका छन्। अमेरिकाको न्यूपोर्ट बिच शहरमा मनोबैज्ञानिक परामर्श तथा सेवा दिइरहेकी पामेला रटलेजका अनुसार उनी मानिसहरुलार्इ सामाजिक सञ्जालको लत कम गर्न विभिन्न कलाहरु सिकाएर ध्यान अन्त मोड्न सिकाउँछिन्। उनी मानिसहरुलार्इ पौडी, ड्राइभिङजस्ता काम सिकाउँछिन् तर मानिसहरु भने यी सबै छोडेर मोबाइल हेर्न थालिहाल्छन्।

अमेरिकाको ह्युस्टन शहरका थेरापिष्ट नाथन ड्रिस्केलका अनुसार पछिल्ला केही वर्षहरुमा सामाजिक सञ्जालको लत अन्य बिमारीभन्दा पनि तीब्र रुपमा बढिरहेको छ। उनीकहाँ यसबाट छुटकारा पाउन चाहनेहरुको लाम नै लाग्ने गरेको छ। अध्ययनका अनुसार यो लत वर्षेनी २० प्रतिशतका दरले बढिरहेको छ। यसबाट सामाजिक सञ्जालको लतले महामारीकै रुप लिने संकेतसमेत देखाएको छ।

नाथनका अनुसार पहिले मानिसहरु भिडियो र कम्प्यूटर गेमको लतबाट मुक्त हुन सल्लाह माग्न जाने गर्थे तर अहिले यो सिलसिला रोकिएको छ र सोसल मिडियाका शिकारहरु उनीकहाँ उपचार माग्न जाने गरेका छन्। नाथन सोसल मिडियाको लतलार्इ रोग नै त मान्दैनन् तर धेरै मनोविज्ञहरुले यसलार्इ दिमागी विरामीकै रुपमा उपचार गर्ने गरेका छन्।

 
नाथनका अनुसार फेसबुक, ट्विटर र स्न्यापच्याटले हाम्रो मानसिक शान्तिमा खलल पुर्याएको छ। यसको उपचार त्यति सजिलो छैन। उनी भन्छन्- ‘रक्सी र लागुपदार्थको लत बरु सजिलै छुट्ला सोसल मिडियाको लत त्यति सजिलै छुट्दैन। ’नाथनले एक घण्टाको १५० डलर लिएर उपचार गर्छन्। उनीले नियमित ६ महिनासम्म उपचार गरेपछिमात्रै मानिसहरुले यो रोगबाट छुटकारा पाउने गरेका छन्।

अझ छक्क पार्ने कुरा यो पनि छ कि चौबिसै घण्टा अनलाइन बस्ने लतबाट छुटकारा दिलाउनका लागि धेरै अनलाइन साइटहरु पनि सुरु भएका छन्।

न्यूयोर्कको टल्कस्पेस कम्पनीले आफ्नो नेटवर्कबाट एकहजार थेरापिष्टको सुविधा उपलब्ध गराएको छ। यी थेरापिष्टहरुले मानिसहरुको सोसल मिडियाको लत छुटाउनकालागि अनलाइन नै मद्दत गर्ने गर्छन्। यस्ता कोर्सहरु १२ हप्तासम्मका हुने गरेका छन्।

यी कम्पनीहरुले टेक्स्ट म्यासेजबाट मानिसहरुको मद्दत गर्दै आएका छन्। यसका लागि उनीहरु मासिक १३८ डलर असुल्ने गर्छन्। अनलाइन एक्सपर्टसँग कुरा गर्नकालागि कम्पनीले झण्डै चारसय डलर असुल्ने गरेको छ। जो यो लतबाट पिडित हुन्छन् उनीहरुले आफ्नो स्मार्टफोनबाट एक्सपर्टहरुसँग कुराकानी गर्छन् र उनीहरुले भने अनुसारकै उपचार बिधि अपनाउँछन् ।  स्मार्टफोनमार्फत नै एक्सपर्टहरुले उनीहरुलार्इ स्मार्टफोनको प्रयोग कम गर्ने तरिकाहरु सिकाउँछन् ।

कम्पनीका प्रमुख लिंडा भन्छिन् धेरै मानिसहरु पहिले आफैँ यस्ता लतबाट छुटकारा पाउने कोशिश गर्छन् तर नसकेपछिमात्र अनलाइन सहयोगहरु लिने गर्छन्। केही जानकारहरुभने यस्तो लतलार्इ कार्यक्षेत्रकै चुनौतीका रुपमा हेर्नुपर्ने बताउँछन्। उनीहरु कम्पनीहरुले पनि यसको उपचारमा ध्यान दिनुपर्नेमा जोड दिन्छन्।

लण्डनमा ओरियाना फिल्डिङ डिजिटल डिटक्स कम्पनी चलाउँछिन्। उनको कम्पनीले बिभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुको सोसल मिडियाको लतलार्इ छुटाउन मद्दत गर्छ।यसकालागि लागि उनीले वर्कशप आयोजना गर्छिन्। जो धेरै नै बिरामी छन् तिनीहरुकालागि हेल्प मोडलहरुबारे जानकारी दिइन्छ । यसकालागि उनी दैनिक ७४८ डलर फि असुल्ने गर्छिन्।


जानकारहरुको भनाइमा सोसल मिडियाको लत छुटाउनकालागि केवल एक्सपर्टको मात्र विश्वासमा नपरौं। केवल  विकेन्डको कोर्स वा एक हप्ताको कोर्स गरेर मात्र यो लतबाट छुटकारा पाउन सकिँदैन। यसबाट केही दिनकालागि त यो लत छुट्न सक्ला तर यो दिर्घकालीन उपाय भने होइन। केही दिनपछि मानिस फेरि पुरानै आदतमा फर्किन सक्छ । नेशन ड्रिस्केलका अनुसार लत छुटाउनकालागि केही दिन स्मार्टफोनबाट टाढै रहनुपर्छ। प्राकृतिक दृश्यावलोकन गर्ने  प्रकृतिसँग नजिक रहेर समय बिताउन कोशिश गर्नाले पनि धेरै नै सहयोग पुग्दछ।

धेरै कम्पनीहरुले मानिसको डिजिटल जिन्दगी र सामान्य जिन्दगीबीच तालमेल मिलाउन मद्दत गरिरहेका छन्। जर्मनीको अफटाइम कम्पनीले पनि यस्तै सेवा दिइरहेको छ। आफ्ना ग्राहकहरुलार्इ सोसल मिडिया प्रयोग गर्नमा नियन्त्रण गर्नकालागि  यो कम्पनीले मद्दत गर्दै आएको छ। यसले डिटक्स वर्कशपहरु समेत आयोजना गर्दै आएको छ।

सोसल मिडियाको लत छुटाउनकालागि कुनै पनि तरिका छैन । आफैंले आफ्नो आदतमा नियन्त्रण गर्ने र बानीब्यहोरा परिवर्तन गर्नै पर्छ। स्मार्टफोनबाट केही दुरी नै राख्ने गर्नुपर्छ। यदि तपाइको लत ज्यादै नै छ भने विशेषज्ञको सहयोग समेत लिनुपर्ने हुन्छ। तपार्इको रोग निकै गम्भीर हुनुभन्दा पहिले नै आफूलार्इ नियन्त्रण गर्ने तर्फ लागौं। यो रोगलार्इ गम्भीर हुनुभन्दा पहिले नै पहिचान गरी आत्मनियन्त्रण गर्न सकिन्छ। विश्वभर नै चुनौतीका रुपमा देखिएको सोसल मिडियाको प्रयोगलार्इ लतका रुपमा होइन सीमित अवधिका लागि मात्र प्रयोग गरौं। - पहिलो पोस्ट
********************************************

अब आउने शनिवार तपाईंलाई निम्तो छ नभुल्नुहोला नि !
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा आगामी मे २०, २०१७ शनिवारका दिन निम्न स्थान र समयमा नेपाली नयाँ वर्ष (विक्रम सम्वत २०७४), वुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, ग्रीष्मकालीन बिशेष साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ । नेपाली भाषा, साहित्य, कला, सँस्कृतीको सँरक्षण सम्बर्धन र बिकासमा योगदान पुर्याउने हाम्रो यात्रामा योगदान पुर्याउनुहुन सम्पूर्ण नेपाली महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।
नोट : कृपया उक्त दिन यो कार्यक्रमलाई असर पर्ने गरी अर्को कुनै कार्यक्रम आयोजना नगररिदिन नजुधाइदिन डिसी मेट्रो एरियाका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
समय:- बिहान 11 बजे
May - 20, 2017
स्थान: - Splash down water park, 7500 Ben Lomond Park Dr. Manassas VA 20109
प्रवेश: - निशुल्क
पुनश्च: - गीत, नाँच, कविता, गजल, हाँस्यब्यँग, साथमा पटलक पिकनिक सहित आयोजना गरिएको यो बिशेष कार्यक्रममा सपरिवार आउनुस् रमाइलो गर्नुस्, आनन्दित हुनुहोस । यहाँ तपाईं थुप्रै अग्रज कलाकारहरु, साहित्य क्षेत्रका अग्रजहरु सँग भेट्न र वहाँहरुका प्रस्तुती हेर्न सुन्न मात्र पाउनुहुने छैन, तपाईंको प्रस्तुती पनि प्रस्तुत गर्न मौका प्रदान गरिने छ । बरु आफ्नो कुनै प्रस्तुती पहिलेनै समाबेश गर्न अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई नाम ठेगाना फोन नम्बर सहित निम्न ईमेल inlsdc@gmail.com वा iafamerica@gmail.com वा महासचिब भुपनारायण घर्तिज्यूको ईमेल bhupnarayanagm@gmail.com मा वा वा वहाँको फोन नम्बर 571-217-6782 मा
संपर्क गर्न सक्नुहुने छ ।
for further update and detail click
www.Nepalmother.copm or www.enepalse.com
कार्यक्रम हुने स्थल खुल्ला र प्रशस्त पार्कीङ स्पेस भएको जानकारी गराइन्छ ।

आयोजक
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
- अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका
संपर्क:
रामप्रसाद खनाल
नबिन केसी
सारँगा श्रेष्ठ
अनुपमा प्रसाई
लुना श्रेष्ठ
होमनाथ सुबेदी
अरूण रूपाखेती
बिमला निरौला
रजनी श्रेष्ठ
भुपनारायण घर्तिमगर
नीरा शर्मा
पुष्कर पन्त
अनिल खनाल
रबीन्द्र श्रेष्ठ
दुर्गा रिजाल
पुष्पा घिमिरे
नीलकण्ठ सुबेदी
कृष्ण अधिकारी
बृहस्पति लम्साल
शकुन्तला अधिकारी
गोमा न्यौपाने
लोक कुमारी सुबेदी
बिकास अधिकारी
संगीता पन्त
सुजना ढकाल
सुनीता खत्री
बिना घर्तिमगर
मनिषा प्रसाई
अम्बिका गुरुङ
बिश्वराज थापा
डा. गुण सुबेदी
डा. रघुनाथ अर्याल
डा. अनिल सुवाल
डा. राजेश सुबेदी
डा. सुरेश बस्नेत
डा. सुनिल शर्मा
डा. राजु बिक
डा. जुडी फ्रेडिक्सन
डा. नन्दिता सुबेदी
डा. रेहा पोखरेल
डा. कबिता घिमिरे
डा. होम बहादुर थापा
अशोकनाथ तिवारी
मन कुमारी थापा
सुजीत अर्जेल
गोबिन्द मैनाली
प्रेम सङ्रौला
मोनिका माली
हरि घिमिरे
बिजया शाह
प्रकाश नेपाल
भीम रेग्मी
मन्जु कार्की
सुदीपभद्र खनाल
राजिब मैनाली
डा. गोपी उप्रेती
चेतन सिटौला
सीता पाण्डे
पुरु सुबेदी
खिमानन्द आचार्य
दीप्ती शर्मा
कृष्ण मुरारी पुडासैनी


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक