20170508

यसरी सम्पन्न भयो नेपाल अमेरिका पत्रकार संघको भर्जिनिया साधारण सभा

नेपाल अमेरिका पत्रकार संघको भर्जिनिया साधारण सभा सम्पन्न भएको छ । साधारण सभामै NRN अमेरिकाका अध्यक्षका प्रत्यासीहरु सँगको अन्तरकृया कार्यक्रम, सामुदायिक पत्रकारिता पुरस्कार बितरण र बिधान हेरफेरका कार्यक्रम महत्वपूर्ण पक्ष थिए ।
बधाई छ मित्रहरु शिव प्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई !
अमेरिकामा इन्स्योरेन्सका नाममा सोझा साझा नेपाली ठग्ने ठगहरुका बिषयमा नेपाल मदर डट कमले शुरु गरेको भन्डाफोर अभियानमा साथ दिने, बिभिन्न मिडियाहरुमा खोज मुलक तथ्यहरु सार्वजनिक गर्दै ठगी बिरुद्ध शशक्त रुपमा कलम चलाएका पत्रकारहरु शिव प्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई नेपाल अमेरिका पत्रकार संघले सामुदायिक पत्रकारिता पुरस्कार द्वारा पुरस्कृत र सम्मानित गर्न वाध्य भएको छ । शुरुका दिनमा संघ कै केही हर्ताकर्ताहरु ठगी बिरुद्ध को अभियानका बाधक पनि बनेका थिए, ठग हरुकै पक्षमा कलम पनि चलाएका थिए कोशेलीका भर मा तर सत्य बिजय भयो बधाई छ मित्रहरु शिव प्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई । सरकारी अनुसन्धान जारी रहेकोले ठगीको पूर्ण पर्दाफास अझ केही समय कुर्नुपर्ने छ तर निश्चित
छ ठगी हार्ने छ ।
नेपाल अमेरिका पत्रकार संघको भर्जिनिया साधारण सभाका केही तस्बीरहरु:  






































संघका अध्यक्ष भोला आचार्यले साधारण सभा सम्पन्न भए पछि भन्छन : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको राजधानी डिसीमा आयोजित नेपाल अमेरिका पत्रकार संघ, नेजाको एघारौं साधारण सभालाई भव्यताका साथ सुसम्पन्न गर्नका हाम्रो निमन्त्रणालाई स्वीकार गरी आउनुभएका नेपाल पत्रकार महॉसंघका महासचिव उजिर मगर, कार्यसमितिका पदाधिकारीज्यूहरू, सल्लाहकारज्युहरू योगेस उपाध्याय, गिरीश पोखरेल र आडछिरिड शेर्पा लगायत विभिन्नराज्यबाट पाल्नुभएका आदरणीय सदस्य साथीहरूप्रति आभार प्रकट गर्दछु । त्यसैगरी अथितिहरू पूर्व निर्वाचित आयुक्त तथा पूर्व सचिव भोजराज पोखरेल, वाणिज्यदुत क्रिशु क्षेत्री, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, अवैतनिक महावाणिज्यदुत प्रेमराजा महत लगायत विभिन्नसंघ संस्थाबाट पाल्नुभएका प्रतिनिधिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

नेजाले यसैपटक स्थापना गरेको नेजा सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारत्रय शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई वधाई दिदै पुरस्कार छनौट समितिका साथीहरू पत्रकारत्रय राजेश मिश्र, संजय घिमिरे र कमला थापालाई धेरैधेरै धन्यवाद । साथै सो पुरस्कार प्रायोजन गरेर समुदायमा निर्भीक पत्रकारितालाई हौसला प्रदान गरिदिने परोपकारी संस्था आमा समुह तथा यसका संरक्षक युवा उद्यमि एवं समाजसेवी गौरी जोशीप्रति आभार प्रकट गर्दछु । विधान कमिटीसमुह, प्रयास प्रकाशन समुह, आर्थिक प्रतिवेदन समुहका सम्पूर्ण साथीहरूप्रति कृतज्ञ छु । उद्घाटन पश्चात नेजाद्वारा संचालित एनआरएन बहसका संयोजक एवं संचालक बाल जोशी तथा बहसमा सहभागी एनआरएन अमेरिको आसन्न निर्बाचनमा अध्यक्ष पदका प्रत्यासीहरू डा केशव पौडेल, राम सी पोखरेल, डिल्ली भट्टराई र गौरी जोशीलाई धन्यवाद् । अन्तमा नेजाको यस साधारण सभालाई सम्भव वनाईदिने मूल आयोजक कमिटीका संयोजक एवं नेजाका उपाध्यक्ष गुणराज लुईटेल लगायत टीमका साथीहरू र सहयोगी हातहरूलाई बिशेष
धन्यवाद
          संघका उपाध्यक्ष एबम कन्भेनर गुणराज लुइँटेलले साधारण सभा सम्पन्न भए पछि भन्छन : नेपाल अमेरिका पत्रकार संघ नेजाको ११ औं वार्षिक साधारण सभालाई सभ्य र भब्य बनाऊन विविध पक्षबाट सहयोग गर्नु हुने सवै पत्रकार साथीहरु, संघ संस्थाहरु, व्यवसायिक प्रतिष्ठानहरु, स्वयंसेवक साथीहरु, अतिथी गणहरु लगायत डिसी मेट्रोका लब्धप्रतिष्ठित व्यक्तित्वहरुप्रति आयोजकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै नेजा र एनआरएन वहसमा उपस्थित भएर नेजा र समुदायका जिज्ञासा निराकरण गर्न सहयोग गर्नु हुने उम्मेदवार साथीहरुप्रति आभार । आयोजनाको दौरानमा कुनै कमिकमजोरी भएमा यहॉहरुले क्षमा दिनु हुने विश्वास पनि लिएको छु । साथै नेजा पुरस्कारबाट पुरस्कृत पत्रकारहरु शिव प्रकाश,दिनेश कार्की र मनोज अधिकारीलाई वधाई । उत्तर अमेरिकामा संचारकर्मीहरुको पेशागत एकता र समुदायमुखी पत्रकारिताको विकासको शुभकामना सहित ।     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक