20170508

मदरल्याण्ड नेपालले भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनायो


सन फ्रान्सिस्को, अमेरिका /  मदरल्याण्ड नेपालले भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनायो । प्रबचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेपालका पूर्व पर्यटन दूत अनिल पाण्डेले गर्नु भएको थियो l कार्यक्रममा लुम्बिनी विश्वबिधालयबाट आउनु भएका प्राध्यापक चूडामणी
शास्त्रीको प्रवचन विशेष आकर्षणको विषय रहेको थियो । प्राध्यापक शास्त्रीले आजको तनाब र प्रतिस्प्रद्धाको युगमा बुध्दले देखाएको बाटो मात्र दीर्घकालिक शान्ति र समृद्धिको राजमार्ग हो भन्नुभयो । अमेरिकामा रहेका सहभागीहरुले प्रवचनप्रति धेरै आकर्षण देखाएका थिए । योगी पूर्णानन्दबाट विपश्यना ध्यान गराइएको सो कार्यक्रममा सो क्षेत्रका समाजसेवी ईश्वर मास्के, गोविन्द शाही, मीरा शाही, महेन्द्रमणि दीक्षित, श्याम श्रेष्ठ, र मदरल्याण्ड नेपाल का बोर्ड अफ डिरेक्टर तारा खरेलले पनि बुद्धको प्रतिमा खादा चढाई महामानव प्रति श्रद्धा प्रकट गर्नु भएको थियो । कार्यक्रमको आनन्द उठाउन हास्य कलाकार देविराम पराजुली (भोके) लगायतको उपस्थिति थियो ।टाढाटाढादेखि आएका बुद्धभक्तहरु बुद्ध सम्बन्धी भजन नाचगानमा रमाइलो मानेर सरिक भएका थिए । निरन इट्नि ( सङ्गीत)हर्मोनियम मा साथ दिनेरत्तु लामा तबलामा साथ दिनु भएको थियो। अन्तमा, युवा सहभागीको प्रतिनिधित्व गर्दै मनसुन पाण्डेले बिज्ञान र र्इस्वर बिचको सम्बन्ध माथि प्रकाश पार्नुभएको थियो । पाण्डेको बौद्धिक विश्लेषण युद्ध भाषणलाई सबैले सराहना गरेका थिए ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक