20170530

नेपालीलाई ठगी गर्ने नेपाली बिमा एजेन्ट कार्वाहीमा ! बोस्टन पछि अब भर्जिनिया र टेक्सासको पालो !




















नेपाल मदर डट कम र इन्स्योरेन्स बिशेषज्ञ अनिल खनालले भिडियो सहित अमेरिकामा शुरु गरेको जिबन बिमा ठगी पर्दाफास अभियानमा शिव प्रकाश, दिनेश कार्की, मनोज अधिकारी, गिरिश पोखरेल, शैलेश श्रेष्ठ, कृष्ण शर्मा, ज्योति देबकोटा, रामहरी सुबेदी, लेखनाथ भण्डारी लगायतका पत्रकार साथीहरु, थुप्रै मिडियाहरु, समाजसेबीहरु सम्झना आत्रेय, भुपनारायण घर्तिमगर, राम बश्याल सहित थुप्रै साथीहरुको सहयोग र साथका
कारण जिबन बिमा ठगीबाट लाखौं नेपालीलाई सचेत बनाउन सकिएको हो ।

नेपालीलाई ठगी गर्ने नेपाली बिमा एजेन्ट कार्वाहीमा पर्ने कार्य शुरु भएको छ । बोस्टनमा पिएफएका एजेन्ट महेश्वर पन्त कार्वाहीमा परेका छन । उनको लाइसेन्स खोसिएको छ र बाँकी कार्वाही अघि बढाइएको इन्स्योरेन्स ब्युरोबाट थाहा लागेको छ । उजुरी परेका अरु स्टेटमा पनि अनुसन्धान भैरहेको इन्स्योरेन्स ब्युरोहरु बाट थाहा लागेको छ ।

भर्जिनियामा ठगीको मात्रा ठुलो र गम्भीर भएको, धेरै एजेन्टहरु बिरुद्ध उजुरी परेकोले अनुसन्धान लम्बिएको भए पनि इन्स्योरेन्स ब्यूरोले कानुन बमोजिम कार्वाही अगाडि बढाइसकेकोले कुनै पनि बेला कार्वाहीको निर्णय आउन
सक्ने ब्यूरोले जनाएको छ । बधाई छ बोस्टनका उजुरिकर्ता मित्रहरु - अब तपाईंहरुले न्याय पाउने ढोका खुल्यो । भर्जिनियाका महानुभाबहरु - यदी तपाईं पनि आफु ठगिएको महशुस गर्नुहुन्छ भने यो लिँक https://www.scc.virginia.gov/boi/complaint.aspx#A7 मा गइ अनलाइन बाटै उजुरी गर्न सक्नुहुन्छ । ढिलो चाँडो न्याय पाईन्छ तसर्थ उजुरी गर्न ढिला नगर्नुस । अरु स्टेटका महानुभाबहरु गुगलमा जानुस आफु बस्ने स्टेटको नाम सहित Bureau of Insurance भनेर सर्च गरी file a complain मा क्लिक गर्नुस् र उजुरी दिन सक्नुहुन्छ , आफ्नो नाम गोप्य राख्न चाहनेले गोप्य पनि राख्न मिल्छ । यो पूर्ण त अमेरिकि सरकारी निकाय हो चिन्ता गर्नु पर्दैन । ठगी र गलत धन्दालाइ कहिलै प्रोत्साहन नगर्नुस ।
हेर्नुस बोस्टनका एक जना उजुरी कर्ता कृष्णराज खनालको स्टाटस पनि ।
" Massachusetts Division Of Insurance ले 'समाजसेवी' काे खाेल अाेढेका महेश्वर पन्तकाे 'ठगी धन्दा' बन्द गरिदिएकाे छ । अब हामी जस्ताे अरू ठगिने छैनन् । साे इन्सुरेन्स व्यूराेले लामाे अनुसन्धानपछि उनकाे लाइसेन्स खारेज गरिदिएकाे हाे । व्यूराेले उनलाइ खारेज गरेकेा पत्र पठाउँदै भनेकाे छ-तपाइले व्यक्तिकाे अावश्यकता, उसकाे जीवन, उमेर र अाम्दानीकाे स्राेत नहेरी झुक्याएर, झूटाे अाश्वासन दिएर अनुचित तरिकाले पाेलिसी बेचेर कानुनकाे वर्खिलाप गएकाले तपाइकाे लाइसेन्स स्थायी रूपमा नै खारेज गरेका छाैँ ।' उनले अब म्यासाच्युसेट्स भरी इन्सुरेन्स सम्बन्धी कुनै पनि कार्य गर्न नपाउने पनि व्यूराेले जनाएकाे छ ।
'हामी ठगिएका हाैँ' भन्ने व्यहाेराकाे निवेदन हामी केही साथी भाइ मिलेर करिब ६ महिना अघि साे व्यूराेमा दर्ता गरेका थियाैँ ।
धन्यवाद रामप्रसाद, शिवप्रकाश, दिनेश र मनाेज ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक