20170603

हाँडी गाउँको लुटतन्त्र र राजदरवार हत्याकाण्ड

- राजन कार्की, प्रधान सम्पादक, गोरखा एक्सप्रेस  
    जारको समयमा रास पुटिन रसियाका नामी तन्त्रविद थिए । उनले तत्कालीन 'नोबल फेमिली'लाई यसरी एकोहोर्‍याए कि महारानी उनी भनेपछि हुरुक्कै हुन्थिन् । रास पुटिन जन्मजात पक्षाघात भएकालाई यसरी एकोहोर्‍याउ“थे कि उनले आदेश दिएपछि पक्षघात भएको व्यक्ति जुरुक्क उठेर हिड्थ्यो । रेलमा थरथर हात कामेर यात्रा गरेका व्यक्तिलाई गिलास समात् भन्दा उ गिलास समातेर उठ्थ्यो । रास पुटिनप्रति महारानीकोलग्गूपन, रास पुटिनले राज्य पल्टाउन लाग्यो भनेर तीन जर्नेलले रासपुटिनलाई विष खुवाए, गोली बर्सर्ाा तैपनि रासपुटिन मरेनन् । अन्तमा, आगोमाथि घोप्टिन पुगेपछि रासपुटिनको अन्त्य हुनपुग्यो ।
    अर्थात पावर अफ माइण्ड र्सवश्रेष्ठ हो । शरीर केही होइन, डोर्‍याउने आत्मा हो । अरुको आत्मा वा चेतलाई एकाग्र पारेर, निर्देशित गरेर आफ्नो उद्देश्यमा सशक्ती पारेर लाने एकाग्र विद्या, प्रविधि । यही प्रविधिलाई
पर्ूर्वीय दर्शनको तन्त्र भन्दा हुन्छ ।
    हुन त महाभारतमा भीष्मको इच्छामृत्यु, तीरको शैयामा लम्पसार पर्दा पनि नदुख्नु भनेको 'सेन्टर अफ सेन्सलाई ट्रान्सफर' गर्न सक्नुले हो । क्राइष्टलाई किला ठोकेर झुण्ड्याउ“दा क्राइष्टले कुनै चित्कार नगर्नु पनि यही हो । हिटलरको डिक्टेटिङ् पावर, नेपोलियनको चमत्कार, गान्धीको सत्याग्रह-बन्दे मातरम, महेन्द्रको ...जंगी निशान हाम्रो, यी यस्ता आवाज थिए जसले अरुको ध्यान खिच्न सफल थियो, सुन्नेलाई एकाग्र पारेको थियो, यसलाई 'पोलिटिकल हिप्नोटिज्म' भन्न सकिन्छ ।
    तन्त्र के हो भन्ने बिषय समुद्र मन्थनजस्तै व्यापक छ भन्दै एक तन्त्रका साधकले बताए- तन्त्र विज्ञान हो । तन्त्रको स्रोत भौतिकवाद, पञ्च इन्द्रीयको विकासमा आधारित प्राचीन हिन्दू धर्मको जीवन पद्धति हो । तन-मन-आत्माको जराबाट उत्पत्ति भएको पद्धति हो यो । जसरी स्वीच थिचेपछि बत्ती बल्छ, करेन्ट देखिन्न । बत्ती बल्नु 'रिफ्लेक्शन'मात्र हो । शक्ति अति सुक्ष्म छ । त्यस्तै मानसिक चेतना, भौतिक शरीर, अध्यात्म -आत्मशक्तिको समीश्रणबाट नया“शक्ति निस्कन्छ, त्यही हो तन्त्र । अर्थात मानसिक, अध्यात्मिक र भौतिक स्रोतको सन्तुलन शक्तिमा परिणत हुनु तन्त्र हो । अर्का एक तान्त्रिक भन्छन्- देवघाटको त्रिवेणी । तीन नदीको पानी, पानीको करेन्ट । एउटा यस्तो विन्दू, केन्द्रमा निश्चल हुन्छ, त्यो केन्द्रलाई समाधिको केन्द्रविन्दू मानिन्छ । त्यहा“ कुनै 'फोर्स'को प्रभाव हुन्न । बुद्धको निर्वाणको विन्दू पनि त्यही हो । तन्त्रको विन्दू पनि त्यही । भौतिकवाद र अध्यात्मबादको फ्यूजनको केन्द्रविन्दू तन्त्र हो । मन्दिरका टु“डालहरु कलात्मक तन्त्र हुन्, कतिपय ठाउ“मा तामस कलाकृतिमा तन्त्रका अनेकन आकृतिहरु अङ्िकत देखिन्छन् ।
    हिजोका दिनमा आणविक अस्त्र थिएनन्, हिप्नोटिज्म र तन्त्र, मन्त्रबाट शक्ति आर्जन गरिन्थ्यो । तन्त्र अदृश्य अस्त्रका रुपमा विकसित भएको देखिन्छ । टुनामुना, कुण्डलिनी जगाउने, पर्ूवजन्मका आख्यानहरु, आखेट हर्ेर्ने, जोखना हर्ेर्ने, जन्मकुण्डली, ग्रहदशा, मोहनी लगाउने, भूत भगाउने, केही लाग्यो भनेर पन्छाउने, झारफुक, क्षेत्रपाल, नाग लाग्यो वा देवी देउता रिसाए भनेर पूजा गर्ने, कूल देउता, मूल देउता खुशी पार्ने, नाडी हर्ेर्ने, धामी-झा“क्रीको प्रयोग, ग्रह दशा मोचन वा मठ-मन्दिरको स्थापना, जात्रा, स्थानान्तरण वा पूजा गर्दा तन्त्र, मन्त्रबाट मात्र गर्ने यी सबै साधन साध्यका रुपमा विकसित भएर आएका देखिन्छन् । इन्द्रजाल, ब्रम्हजाल, नागपासजस्ता प्रविधि पनि तन्त्रमन्त्रकै विधिबिधान हुन् ।
    तन्त्र हतियार हो । मानसिक शक्तिमा एकाग्रता उत्पन्न गराएर, प्रभाव पारेर उसलाई आफ्नो अभिष्ठमा उत्प्रेरित गर्ने र अर्को स्थिति उत्पन्न गराउने शस्त्रको नाम तन्त्र हो । तन्त्र सकारात्मक र नकारात्मक दर्ुइथरि हुन्छन् । स्वार्थपर्ूर्ति गर्ने तन्त्रलाई कालतन्त्र भनिन्छ । यो असूरहरुले स्वार्थपर्ूर्तिका लागि बिनासकारी रुपमा प्रयोग गर्ने गर्छन् । अर्को स्वेततन्त्र छ, यो पवित्र तन्त्र हो । यसले शुद्धिकरणको माध्यमबाट उच्चकोटीको उच्चाटनतिर उन्मुख गराउ“छ । स्वेततन्त्र निर्माण हो भने कालतन्त्र ध्वम्सात्मक हुनर्ेगर्छ । तन्त्रको काम अरु आत्मालाई दमन गर्ने र आफ्नो आत्मामा बशीकरण गर्नका लागि प्रयोग गरिने अदृश्य शक्तिशाली हतियार हो । मन्त्र जपेपछि तन्त्रको प्रभाव सुरु हुन्छ । तन्त्र-आणविक हतियारजस्तै बिनासक हुन्छ ।
    कालतन्त्रका अनेक रुप छन्- अपराधतन्त्र, दानवतन्त्र, द्वेषतन्त्र, बशीकरणतन्त्र, मोहनी तन्त्र, एकाग्रतन्त्र आदि । यी तन्त्रशक्ति आर्जन गर्नेहरुले अनेकथरि साधना गरेका हुन्छन् । मसान सिद्धि, अष्ठसिद्धी आदि । सबैभन्दा कडा सिद्धि भैरवीतन्त्र मानिन्छ । मसानघाटमा महिलाको लासमाथि संभोगरत साधनाबाट प्राप्त हुने तन्त्रशिद्धि बढी प्रभावशाली मानिन्छ । कालतन्त्रको जड भनेको षडयन्त्र हो । यो तन्त्र खासगरी हिन्दू बाहुल्य भएको भारत र नेपालमा व्यापक रुपमा अस्तित्वमा छ । विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भनेर दावी गर्ने भारतमा दिगम्बर बाबा, लकडबाबा, अघोरी बाबा, नागाबाबा, धीरेन्द्र ब्रम्हषर्ी, चन्द्रास्वामी, सिद्ध, जयन्द्र सरस्वतीलगायत, तान्त्रिकहरु राजनीतिका अदृश्य केन्द्रशक्तिका रुपमा स्थापित रहेका छन् । भारतको इतिहासमा निर्वस्त्र बस्ने दिगम्बर जैन र रुखमा मचान बनाएर खुट्टा खसालेर बस्ने लक्कडबाबाको आश्रममा कुनै बेला इन्दिरा गान्धी बिना संकोच आशर्ीवाद लिन पुग्थिन् । चन्द्रा स्वामीले त राजीव गान्धी कालमा बोफोर्स काण्ड नै मच्चाई दिए । नेपाली राजनीतिका अति महत्वाकांक्षीद्वय प्रचण्ड र सुजाताको गुरु चरण सेवा र माघ २९, २०६६ को महिष पुजन -हिमाल) यस्तै प्रसङ्ग हुन् । हिन्दू होम, यज्ञादि, तन्त्र र साधनाको प्रभाव मुस्लिम देश पाकिस्तानमा पनि परेको देखिन्छ । पाकिस्तानी राष्ट्रपतिले प्रत्येक दिन कालो बोको 'कर्ुवान' गरेको समाचार प्रकाशमा आएको छ । योग साधनालाई माध्यम बनाएर एकाग्र पार्ने प्रविधि चम्काएर आधुनिक कालका नया“ बाबा निस्किएका छन्- बाबा रामदेव । उनीमाथि पनि 'रामबुटी'मा मान्छेको हाडखोड मिसाएको आक्षेप लागेको छ । अर्का महापुरुष र्साई बाबा समाजकल्याणको माध्यमबाट सबै धर्म र सबै बर्गमा 'भगवान र्साई' बनेर छाएका छन् । साइबाबाको खालीहातबाट निस्कने बिगुत कुनै तान्त्रिक शिद्धि हुनर्ुपर्छ ।
    मन्दिरै मन्दिरको देश नेपालमा तन्त्र जनजीवनमा व्याप्त छ । बच्चा जन्मेदेखि मरेपछि पनि तन्त्र र मन्त्रको चौघेरामा उसको अस्तित्व र आत्मा घुमिरहेको हुन्छ । नेपाल धर्म भूमि हो, यो भूमिमा मायाजाल छ, महाविद्या र पञ्चाङ्ग पनि चलकै छ । यहा“ आत्मा, परमात्मा र पर्ुनर्जन्मको विश्वास पनि कायमै छ । पाठपूजा, स्वस्तीशान्ति, द्वीप प्रज्ज्वलन, कुमारी पूजा, स्वेत-कालभैरव, अनेक जात्रा चलिरहेकै छन् । गणेशले दूध खाएको र दोलखा भीमसेनलाई पसीना आउ“दा उपद्रो हुने विश्वास, क्षमा पूजा पनि चलिरहेकै छन् । र्सवआध्या रामेश्वरी तुलजा भवानीले कुनै बेला राजास“ग प्रत्यक्ष पासा खेलेका प्रसङ्गदेखि यो राज्य तिनै तुलजा भवानीको कटकिञ्जारी हो भन्ने विश्वास पनि बुढा पुरानाहरु भन्दैछन् ।
    यो यही धर्ती हो, बाबु मारेर राजा बनेका राम शाहले तन्त्रकै बलमा न्यायका उदाहरण बन्न सफल भए भने काका मारेका नीरशमशेर आज पनि सम्मानित छन् । प्रताप मल्ल, लक्ष्मीनर्सिङ् मल्लको युग तन्त्रमन्त्रले भरिपर्ूण्ा थियो । तन्त्रकै बलमा ज्यान मारेका व्यक्तिको शासनलाई स्वर्ण्र्ााुग मानियो । पृथ्वीनारायण शाहका भाई सिंहप्रताप शाहले काठमाडौंकी महिलाको यौनाङ्गमा तन्त्र साधना गरेर शिद्धि प्राप्त गरेको आख्यान अहिले पनि चलेकै छ । यिनै सिंहप्रतापले नेवार्नीस“ग बिबाह गरेर अन्तरजातीय सम्बन्ध र सर्म्पर्क बढाएका थिए । मैजु महारानीका सम्बन्धमा गीत नै बनेको छ- राजमती कूमती, जिके वन पिरती...। ज्यानमारा, ठग, माफिया, भ्रष्टाचारीले हातभरि तान्त्रिक औंठी लगाएर तन्त्रलाई गंगाधाम नै बनाएका छन् ।
    २०५८ साल जेठ १९ गते सबैभन्दा सुरक्षित दरवारमा हत्याकाण्ड भयो । तन्त्रको अदृश्य हतियारको एक्कै प्रयोगमा नेपालका अङ्प्रत्यङ्गलाई क्षतबिक्षत पारियो । यद्यपि यो रहस्य रहस्य नै छ । संहार भैरवको यो संभार लीलाको यथार्थ उजागर गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि प्रचण्ड र माधव नेपालसम्मले कुनै प्रयत्न गरेनन् । तत्कालीन राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रृती, शान्ति सिंह, शारदा शाह, जयन्ती शाह, कुमार खड्गविक्रम शाही, धीरेन्द्र शाह र युवराज दीपेन्द्र यो हत्याकाण्डमा बली चढे । यो हत्याकाण्डका नायक युवराज दीपेन्द्रलाई बनाइयो, कारण बनिन् राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देबयानी । बडामहारानी देवयानीलाई बुहारी बनाउन नचाहने, राजा केही नबोल्ने र युवराज दीपेन्द्र र देवयानीवीचको गाडा प्रेम र्सार्वजनिक भए पनि दरवार हत्याकाण्डपछि सम्पर्ूण्ा जिम्मेवार अधिराजकुमार ज्ञानेन्द्रको टाउकोमा थोपरियो । हत्याकाण्डलाई ग्य्राण्ड डिजाइन भन्ने कोइराला बिते, अरु चुपचाप छन्, यो रहस्य कहिलेसम्म रहने -
    अर्थात्, दरवार हत्याकाण्डले वीरेन्द्र बंश बिनास गर्‍यो, अधिराजकुमार ज्ञानेन्द्रलाई गद्दीमा बसाल्यो र राजतन्त्रको अन्त्यको कारण बनाइयो । यो हत्याकाण्डले राजतन्त्रको मात्र हत्या गरेन, नेपालीत्वको हत्या गर्‍यो, अस्तित्वको हत्या गर्‍यो, जाति-भाषा-क्षेत्रगत एकताको हत्या गर्‍यो । सुरक्षा, नागरिकता, संस्कार, धर्म र राष्ट्रियताको हत्या गर्‍यो । अब नेपालको झण्डाको हत्या गर्ने तैयारी सुरु भइसकेको छ ।
    हुन त माओवादी दलका अध्यक्ष प्रचण्डले राष्ट्रवादी भएकै कारण राजा वीरेन्द्रको हत्या गरियो भनेर बारम्बार भन्नुभएको छ । सत्तामा हु“दा दरवार हत्याकाण्ड छानबिन गराउने कुरा गर्नु भएको पनि हो । तथापि प्रश्न जारी छ- के यो हत्याकाण्डमा तन्त्र हावी थिएन - थिएन भने हत्याकाण्डअघि भारतबाट आएका तन्त्रसाधकहरुले रात-रातभर हा“डीगाउ“को एक सम्भ्रान्त परिवारको बुइगलमा बसेर तन्त्र साधना किन गरे - ग्वालिएरकी चेलीलाई हतियार बनाएर किन भारतीय तान्त्रिकहरु प्रयोग गरिए - के दरवार हत्याकाण्डमा 'र'को हात छैन - कतै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तन्त्रकै बलमा प्रयोग त भएनन् - हत्याकाण्डपछि ज्ञानेन्द्रलाई गद्दीमा राख्ने पनि गिरिजा र २०६४ साल जेठ १५ गते राजतन्त्र समाप्त पार्ने पनि गिरिजा - यो कस्तो आफै बोक्सी, आफै झा“क्रीको भूमिका - नेपालको सामरिक महत्व र भारतको हातबाट खुस्कदै गएको लगाम कस्न तन्त्रअस्त्र प्रयोग गरिएको अड्कल धेरैको छ । भारतकी चेलीलाई नेपालको बडामहारानी बनाउने साजिस पनि थियो यो । प्रश्न अनेक छन्, भारतको बशिकरणमा परेको नेपाली राजनीति मौन छ ।
    दरवार हत्याकाण्डका सम्बन्धमा धेरै यक्ष प्रश्नहरु छन्, जुन अनुत्तरित छन् । इतिहासअनुसार स्त्री हठलाई संयमित पार्न नसक्नेहरु दण्डित भएका छन् । स्त्री प्रकृति हो, पर्ूण्ा शक्ति । जसरी भगवान शिवजीले कालीलाई पाइतालाले कुल्च“दा कालीको ज्रि्रो टोकेको कलाकृति देखिन्छ, यथार्थमा त्यो शक्तिको मिलन हो, सिर्जनाको पर्ूण्ा शक्ति । यो प्राकृतिक माध्यमलाई जीवनमा उतार्न नसक्नु पुरुषको कमजोरी हो । भगवान कृष्णले स्त्रीलाई त्यस्तो गहिर्राईको रुपमा चित्रित गर्दै जसलाई अजमाउनु असम्भव बताउनु भएको छ । स्त्रीप्रति सम्मान र मोह वास्तविकता हो, जसले आत्मर्समर्पण गर्छ त्यो मर्ूख हो भन्दै स्त्रीलाई सम्मानित गर, माया देउ, विश्वास देउ तर आत्मा नदेउ भनिन्छ । प्रकृतिलाई अरेबियन घोडा बन्न दिनु हुन्न । यही प्रसङ्लाई शेक्सपियरले किङ् डङ्कनको हत्यामा म्यागबेथलाई सुर्र्‍याउने लेडी म्यागबेथको चरित्रका रुपमा प्रस्तुत गरेका छन् । स्त्रीजाति टाढा देख्छन्, बुद्धी तीक्ष्ण हुन्छ र भावनात्मक पनि हुन्छन् । जब पुरुषलाई ङ्या“क्न थाल्छन्, अर्दली बनाउ“छन् । सम्भबतः रानी ऐर्श्वर्यको स्त्री हठबाट पराजीत राजा वीरेन्द्र घीउलाटो बने, निर्ण्र्ाागर्न सकेनन् । शक्तिको केन्द्र रानी बनिन्, दरवार हत्याकाण्डको आधारभूमि निर्माण भयो । शिवाजीले अब्जल खानलाई बाग्न्याक -का“डे पञ्जा) हानेको वर्ण्र्ााकम रोचक छैन ।
    महाराज रत्नसेनले पुरोहित राघब पण्डितलाई पूणिर्मा कहिले भनेर सोध्दा झुलुक्क पद्मिनी देखेका पण्डितले इन्द्रजाल गरेर आजै हो भनिदिए । हुन पनि महारानी पद्मिनी पर्ूण्ा चन्द्रमाजस्तै उज्याली, बिछट्टकी सुन्दरी थिइन । वास्तवमा पूणिर्मा भोलिपल्ट रहेछ । यो थाहा पाएका महाराजले राघव पण्डितलाई कालोमोसो दले, गधामा सवार गराएर देश निकाला गरिदिए । अपमानित राघब पण्डित कसरी बदला लिने भनेर जङ्गलमा भड्किरहेको बेलामा अलादिन खिल्जी सिकार खेल्न त्यही जङ्गलमा पुगे । राघव पण्डितले मन्त्रमुग्ध पार्ने तान्त्रिक श्वरमा बासुरी बजाएर खिल्जीको ध्यान आफूतिर खिचे । अनि उनले खिल्जीलाई चित्तौढको रत्नसेनको दरवारमा सुन्दरी पद्मिनी छिन्, संसारमा त्यति सुन्दरी कोही पनि छैन, देख्यौ भने तिमी त्यही“ मर्ुछा पर्र्छौ भनेर खिल्जीको मनमा मोह उत्पन्न गराइदिए ।
    त्यस्ती सुन्दरी त मेरो दरवारमा हुनुपर्ने भन्ने प्रणयमोहमा परेका खिल्जीले चित्तौढ कुच गरे । घोडाको टापले उडाएको धूलोले ३ दिनसम्म र्सर्ूयलाईसमेत छेकेको वर्ण्र्ााछ । रत्नसेनका सामु पुगेर खिल्जीले भाइचारा र मित्रता गर्न आएको बखान गरे । रानी पद्मिनीको दर्शन गर्ने इच्छा जाहेर गरे । रानी पद्मिनीले महाराज रत्नसेनस“ग मलाई यसका सामु नदेखाउ, यसको नियत खराव छ भन्दा पनि महाराजले मानेनन् । बाध्य भएर महारानी पद्मिनीले ठूलो ऐनामार्फ आफ्नो अनुहार देखाएर दर्शन गरिन् । महारानी पद्मिनीको मुहार देखेका खिल्जी मदहोस भए, उनको सुन्दरता देखेर उनीभित्र तीब्र कामवासनाको आकांक्षा उठ्यो । त्यसपछि खिल्जीले महाराजस“ग महारानी पद्मिनी प्राप्त गर्ने लालसा प्रकट गरे । महाराज रिसाए, खिल्जीले महाराजलाई कव्जा गरेर पद्मिनीको हरण गर्न खोजे । पद्मिनीले पुरोहितमाथि विश्वास नगर्नु, प्रलोभनमा पारेर समाजको शोषण गर्छन् भन्ने सराप दिइन् र दरवारका सारा महिलाले जवाहर -सती) जान धमाधम आगोमा हाम फालेर प्राण त्याग गरे । आइमाईको सुन्दरता पनि विनासकारी हुन्छ भन्ने यही इतिहासझैं भयो नेपालको दरवार हत्याकाण्ड । युवराज दीपेन्द्र र देवयानीको प्रेम अन्ततः दरवार हत्याकाण्डको बिध्वंश बन्नपुग्यो । नेपालको शासनव्यवस्थामा कायापलटमात्र भएन, निरन्तरता टक्क रोकियो, इतिहासको नया“ परिच्छेद सुरु हुनगयो । यो घटनामा थप रहस्य भए पछि थाहा होला ।
    हेलेन अफ ट्रवाई- विश्व सुन्दरीको जीवन पनि रक्तपातपर्ूण्ा रहृयो । राजकुमार प्यारिसले मेन्नेलियस, ग्रीसकी हेलेनलाई ट्रवाईमा भगाएर ल्याएका थिए । यो घटनालाई भविष्यवक्ताहरुले बर्बादीको किटाणु भित्रियो भनेका थिए । हेलेनको सुन्दरताले ट्रवाई भग्नाबशेष हुने भयो भनिएको थियो । नभन्दै महाभारतमा गान्धारीले पुत्र दुर्योधनलाई नाङ्गै आउन भनेकोमा जा“घ छोपेर जानाले उसको मृत्युको कारण त्यही जा“घ बन्न पुगेझैं १४ वर्षो लर्डाईंपछि होली रिभरमा आमाले सानैमा नुहाईदिंदा आमाको हातले समातेको ठाउ“ कर्ुर्कुच्चामा तीर लागेर छोरो अकेलियज मारिए, उनको लाश सहरमा घुमाइयो, अनेक षडयन्त्रहरु भयो । ट्रवाय बर्बाद नगरी बन्नपुग्यो । ट्रवाईको र्सबनाशको कारण सुन्दरी हेलेन बन्न पुगिन् । मदहोस पुरुषले प्यारिसका सारा सन्तान मारेर हेलेनलाई ग्रीस फिर्ता लिएर गए ।
    यस्तै इतिहास छ आम्रपालीको सुन्दरता र अनगिन्ति नरहत्याको । मगध सम्राट अजात शत्रु आम्रपालीको सुन्दरतामा मन्त्रमुग्ध भए । उनले आम्रपालीलाई पाउन लाशैलाशको बिस्कुन सुकाइदिए । आम्रपालीको अगाडि उभिएर वीर अजात शत्रुले तिमीलाई पाउन मैले सबै पर्खालहरु भत्काएर आएकोछु भनेपछि आम्रपालीले भनिन्- त्रि्रो पुरुषत्वप्रति धिक्कार छ । म एउटी नर्तकीलाई प्राप्त गर्न यत्रो बिनास गर्‍यौ, तिमीप्रति म प्रेम गर्न सक्दिन भनेर बुद्धको शरणमा पुगिन्, भिक्षुणी बनिन् । आम्रपालीको घृणा सहन गर्न नसकेर अजात शत्रु घोडाबाट उत्रिए अनि आप\mनो तरवार आफैले भा“चेर भड्किएको मनलाई शान्तिको खोजमा लगाए । त्यसपछि लिच्छवीहरु गंगाउत्तरबाट नेपाल भित्रिएर लिच्छवी राज्य बनाएका हुन् । बैशालीको लिच्छवी शासन गणतन्त्रवादी-ब्रात्य शासन थियो, बृञ्जिसंघको पतनपछि पाटलीपुत्र सभ्यता किरा“त, लिच्छवी, मल्ल र शाह शासनमा रुपान्तरित हु“दै आज गणतन्त्रमय बन्न पुगेको छ ।
    नेपालको दरवार हत्याकाण्डमा पनि मदहोस युवराज दीपेन्द्र र वीरेन्द्र बंशविनास लीला छ । देवयानीको सुन्दरतामा युवराज दीपेन्द्र अफिमको नशामा झैं लठि्ठएका थिए । भारतको चाल र दरवार हत्याकाण्डका बारेमा देवयानीका पिता नाती जर्नेल पशुपतिशमशेर जबरालाई थाहा थियो तर उनले राजालाई सुइ“कोसम्म नदिएर चन्द्र र जुद्धशमशेरको पारिवारिक झगडाको रिस फेरेको विश्वास गरिन्छ । पशुपतिशमशेर चन्द्रका खलक थिए, जसलाई राजदरवारमा छोइछिटो गरिने पुरानै परम्परा थियो । बडामहारानी जुद्धका खलकमा पर्थिन् । हत्याकाण्डपछि पशुपतिपुत्री देवयानी भारतका कुनै राजपुतस“ग घरजम गरेर बसेकी छिन् । दर्ुइ सय पचास वर्षपुरानो राज खानदान समाप्त हुनपुग्यो । राजतन्त्रको अन्त्य नै गरियो । प्रेम र्स्वर्ग हो, विवेकहीन प्रेम नर्क हो । भनिन्छ, सौर्न्दर्यमा मदहोस हुनु बिध्वंश हो । बमको आविस्कार दिमागबाट भयो । भावनामा चल्ने हृदय, भौतिक माध्यम शरीर र चेतनामा चल्ने मष्तिष्क भए पनि सबैभन्दा शक्तिशाली दिमाग नै हो । दिमागको इच्छाशक्तिमा सबै निर्भर छ । यस्तो दिमागलाई समेत बशमा पारेर निर्देशित गर्नसक्ने तन्त्र आणविक शक्तिभन्दा बिध्वंशकारी अस्त्र हो । जुन अस्त्र नेपाली जनजीवनको अभिन्न अङ्गका रुपमा छाएको छ ।
    खासगरी राणाका दरवारभित्र आज पनि ज्रि्रो टोकेर दरवार हत्याकाण्ड घटाउन सफल भारतीय तान्त्रिकहरुको चर्चा सुन्न सकिन्छ । चन्द्रका खलक देवयानीलाई कुनै हालतमा पनि बुहारी नबनाउने तत्कालीन बडामहारानी ऐर्श्वर्यको नारी हठ र उनको तान्त्रिक तरकिवका बशमा परेका सोझा राजा वीरेन्द्रलगायतका नातेदारहरु अनाहकमा मारिए । दरवार हत्याकाण्डका दिन युवराज दीपेन्द्र तिनै तान्त्रिकलाई भेटेर दरवार फर्किएका र बशीकरणका सिकार बनेका दीपेन्द्रले दरवार हत्याकाण्डको ताण्डव नृत्य गरेका हुन् । यद्यपि युवराज दीपेन्द्रलाई वालाजुमा थुनेर राखेको र दीपेन्द्रको मुखुण्डो लगाएर गएका रसियन कमाण्डोले दरवार हत्याकाण्ड गरेर फर्किएपछि युवराज दीपेन्द्रलाई मारेर दरवारभित्र फेकिएको र हत्याराहरु सोही राती 'स्टैण्डवाई' राखिएको हवाईजहाजबाट दिल्लीतिर लापता भएका सम्मका अनगिन्ति पानी तरङ्गहरु फैलाईए । हत्याकाण्डका दिन दरवारमा दर्ुइवटा दीपेन्द्र देखिएको चर्चा पनि जारी नै छ । मुमाबडामहारानी रत्नको भूमिकाबारे पनि अनेकन चर्चाहरु फैलिएका छन् । तथापि ज्यू“दा चस्मदिद गवाहले पनि मानेको सत्य के हो भने युवराजलाई टुनामुना र तन्त्र साधकबाट एकोहोर्‍याइएकै हो र तिनै युवराजले आमा, बाबु, काका, फुपू कोही पनि बा“की राखेनन् । नेपाल-भारत तन्त्रमन्त्रको देश हो र तन्त्र साधकलाई उपयोग गरेर नेपालभित्र कालो अभिष्ठ राख्नेहरुले नेपालको इतिहास निर्माताको एउटा लामो कालखण्डको जरासमेत उखेलेर फेकिदिए । जसको परिणतिमा विश्वका २६ राजतन्त्र भएका मुलुकबाट नेपालको राजतन्त्रको समाप्तिस“गै राजतन्त्र भएका मुलुक २५ मा झरेको छ । जय काली, जय गोरखालीको नाराले निर्माण गरेको अविभाज्य नेपाल राजतन्त्रको अन्त्यपछि जातीय बिखण्डनको कृष्णभीरबाट गुल्टिने अवस्थामा पुगेको छ ।
    भनिन्छ, तन्त्र साधकहरुको अन्त्य बडो दयालाग्दो हुने गर्छ । कालतन्त्र गर्नेहरुको जीवन नै अपराध कुण्ड बनिसक्ने हुनाले उनीहरुको मनुष्य चोला, शरीर यति तिरस्कृत र दर्ुगन्धमय हुन्छ, तिनको अन्त्य भयलाग्दो र दयालाग्दो गरी हुन्छ । काठमाडौं नारायण चौरतिरका एक राणा तान्त्रिक पानी बौलाह बनेर मर्न पुगे भने कति तन्त्रविदहरु आफ्नो दिशापिसाव आफैले खाएर र साह्रै दुःख पाएर मरेका उदाहरण अनेकौं छन् । तर स्वेततन्त्रका साधकहरुको जीवन भने स“धै सफल रहेको तन्त्रका ज्ञाताहरु बताउ“छन् ।
    नेपालको तन्त्रमन्त्रको रहस्य पत्ता लगाउन जर्मनी र रसियनहरु कस्सिएका छन् । रसियनहरु कमै चर्चामा छन् तर जर्मनीहरु राजधानीको फोहर सफा गर्ने नाममा, काठमाडौं, भक्तपुर र पाटन 'दरवार स्क्वाएर' सफा गर्ने, पुननिर्माण गर्ने नाममा तन्त्रमन्त्रको अनुसन्धानमा डुब्ने गरेका छन् । पाटनको कृष्ण मन्दिर मुनी के होला - भनेर जर्मनीले पुननिर्माणमा सघाएर व्यापक अनुसन्धान गरेका थिए । आज पनि लामा, र्राई, तामाङ् मन्त्र सिक्न र लामा तन्त्र शिक्षा आर्जनका लागि वर्षो दर्ुइ हजारभन्दा बढी जर्मनीहरु नेपाल आउने गरेका छन् । हामी आधुनिकतालाई अ“गालेर पुरातनलाई फेक्दै र बिर्सजन गर्दै गइरहेका छौं, जर्मनीहरु पुरातनताभित्र के छ भनेर खोतल्दै र संकलन गर्दै गइरहेका छन् । जर्मनी कानुनले धामीझा“क्री अध्ययनलाई मान्यता र महत्व नै दिएको छ । पर्ूर्वीय दर्शनका हामीहरु अग्रगमनको नारा लगाइरहेका छौं, युरोपियन मूल पर्ूर्वीय दर्शनभित्र बिचरण गर्न थालेका छन् । २०६६ साल फागुनमा कतारको दोहा म्यूजियममा नेपालको श्रीपेचको पर््रदर्शन गरियो । यो श्रीपेचमा प्वा“ख, हीरामोती जडान भएको छ । वेभसाइट सूचनाअनुसार १८८० मा बनेको यो श्रीपेच कतारले पश्चिमा मुलुकबाट किनेर ल्याएको हो । कुनै शाही सदश्यले बेचेको हुनसक्छ भनिएको छ । श्रीपेचमाथि पनि अध्ययन सुरु भएको छ । हामी सभ्यता र संस्कृति मासिरहेका छौं, सभ्यहरु पृथ्वीदेखि चन्द्रमासम्मका सभ्यता अनुसन्धान गरिरहेका छन् । त्यसैले नेपाललाई बौद्धिक बन्दकीमा परेको मुलुक भन्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।
    युरोपियन राष्ट्रका एक विद्वत टोलीले नेपालमा काग पूजा, कुकुर पूजा, गाई पूजा, शाल्रि्राम पूजा र बोक्सीका बारेमा अनुसन्धान गर्न थालेका छन् । उनीहरु हनुमान ढोकामा नाइटो किन गाडिन्छ, किलागलमा किन पैसालाई किला ठोकिन्छ, मन्दिर र जात्रामा तन्त्रपूजा किन गरिन्छ भन्नेसम्मका विषयमा अध्ययन गरिरहेका छन् । हाम्रा समाजशास्त्री र सरकारलाई यसबारे अत्तोपत्तो छैन । राजनीति ज्रि्रोको स्वाद लिने मेवाशास्त्रमा सिमित भएपछि श्रीखण्डको रुख खर्ुपाको बिड नबने के बन्छ - हाम्रा ठूला दलहरुमध्ये कांग्रेसलाई बनारसीदास गुलाबचन्दको समाजबाद थाहा छ, माओवादीलाई माओको रातो किताव र टेक्टिस कण्ठ छ, एमाले मदन भण्डारीको जनताको बहुदलीय जनबादमा हराइरहेको छ । हिजो रुसमा पानी पर्दा नेपालमा छाता ओढिन्छ भनिन्थ्यो, आज दिल्लीमा पानी पर्दा नेताहरुलाई रुघा लाग्न थालेको छ । महात्मा गान्धीको तस्वीरमुनी भारतीय राजदूत राकेस सुदस“ग बस्न पाए गौरव गर्नेहरुका लागि राष्ट्रिय महत्व पानीभन्दा पातलो छ । भारतले कृष्णप्रसाद भट्टर्राईलाई 'अथन्टिक लिडर अफ नेपाल' भनेर सुम्सुम्याएर १९९० को सम्झौतामा सही गरायो, त्यही भारतले गिरिजाप्रसाद कोइरालालाई 'एसियाका राजनेता' भनेर फुलाएर टनकपुरको ५७७ मिटर नेपाली भूभाग हडप्यो, देउवा र माधव नेपाललाई प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाएर महाकाली सन्धि संसदबाटै पास गरायो, त्यही भारत हो- प्रचण्डलाई प्रधानमन्त्री बनाउने अवशर देखाएर गिरिजा सरकार हु“दा ३० लाख भारतीयलाई नेपाली नागरिक बनाउन सफल भयो । कम्युनिष्टहरु पृथ्वीनारायण शाहलाई खुनी हमलावर, बिस्तारवादी भनिरहेका छन् र भारतमा जन्मेका र भारतको नून र गुढ खाएका नेपालका नेताहरु यी सब झाडा-बान्ताहरु पचाइरहेका छन् । धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द चार सहिद थिए, प्रचण्ड सरकारले ७६३५ र माधव सरकारले थप १६ सहिद घोषणा गरिसके, सहिद बढ्ने क्रम रोकिएको छैन । सहिद धेरै भएर देश बलियो बन्ने होइन रहेछ भन्ने प्रमाण नेपाल हो । देशबाट निकालिएका चन्द्रशेखर र अंग्रेजको लोभमा फसेका बनारसी गजराजले टिस्टा-का“गडाको नेपाललाई मेची-महाकालीमा सिमित गरिदिए, १२ बु“दे दिल्ली सम्झौतामा झुकेका प्रचण्ड र दिल्लीका हनुमान बनेका स्व. गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालले नेपाललाई मात्र खुम्च्याएनन्, नेपालीत्वको ढुकढुकीमात्र बा“की राखिदिएका छन् । त्यसैले महान देश, महान जनताका निकम्मा नेता र तिनको नेतृत्वका बारेमा जनताले किटान गर्नुपर्ने स्थिति आएको छ । बिदेशपरस्त राजनीतिक ग्या“स चेम्बरमा आम जनता निसास्सिएर बा“चिरहेका छन्, कुनै नेतालाई असजिलो हु“दैन । यिनको राष्ट्रबादिताको परिचय यही हो । बैदिक तन्त्रमय नेपाल र नेपाल हा“क्ने संविधानसभाका २५ दल राजनीति र कूटनीति बिधाको बिदेशीतन्त्र र जदौ मन्त्रमा बशिभूत भइसकेका छन् । यो अवस्थामा विद्वान डा. बाबुराम भट्टर्राईको आगामी १० वर्षमाओवादी प्रमुख शक्ति भएर रहन्छ भन्ने दावीमा मेरो आपत्ति छ- आगामी १० वर्षनेपाल नेपाल भएर त रहन्छ,  पञ्चतन्त्र थियो, पञ्चायततन्त्र आयो । प्रजातन्त्र थियो, लोकतन्त्र आयो । तन्त्रमन्त्र थियो, नेतातन्त्र आयो । जनव्रि्रोहको साधना हु“दैछ, भो पुग्यो नरहत्या काण्ड, धेरै बग्यो मान्छेको रगत, अव त शान्तितन्त्र सुरुहोस् ।
    दरवार हत्याकाण्डमा बली चढेकाहरुको आत्मालाई शान्ति मिलोस् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक