20170603

तीन वटा शक्तिशाली बम विस्फोट, २० भन्दा बढीको मृत्यु, ३५ जना घाइते !

अफगानिस्तानको राजधानी काबुलमा अन्त्यष्टि कार्यक्रममा सहभागी भइरहेका सर्वसाधारणलाई लक्षित गरी शनिबार तीन वटा शक्तिशाली बम विस्फोट गराइएको छ । सो विस्फोटमा परी २० भन्दा बढीको  मृत्यु
भएको छ भने अन्य ३५ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काबुलमा बुधबार भएको शक्तिशाली बम विस्फोटमा करिब ९० जना मारिएको विरोध र सुरक्षा व्यवस्थामा ध्यान दिन माग गर्दै भएको प्रदर्शनमा मारिएका सिनेटर मोहम्मद आलम इजयायरका छोराको सराई शमाली क्षेत्रको तापा मार्शल फाहिमा कब्रस्थानमा अन्त्यष्टि गर्न लगिदै गर्दा यो विस्फोट भएको हो ।
बुधबार काबुलको एक व्यस्त कूटनीतिक क्षेत्रमा भएको बिस्फोटमा परी ९० जनाको मृत्यु भएको थियो भने साढे चार सय घाइते भएका छन् । त्यसको विरोधमा शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कम्तीमा पनि चार जना मारिएका थिए ।
बुधबार जर्मन दूतावास नजिकै भएको विस्फोटमा जर्मन दुतावासहित टर्की, जापान, फ्रान्सका दूतावासका भवनमा समेत ठूलो क्षति पुगेको छ । सो विस्फोटमा परी मारिएकाको शब पहिचान गरी आफन्तलाई बुझाउने क्रम जारी रहेपनि केही शब भने क्षतिविक्षत अवस्थामा रहेको अफगानिस्तानको टोलो समाचार एजेन्सीले जनाएको छ ।
काबुलमा मारिएकाहरुको अन्त्यष्टिमा अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसहित सरकारका वरिष्ठ अधिकारीहरु सामेल भएका थिए । काबुलको व्यस्त क्षेत्रमा आक्रमण भएपछि सो क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ । अन्त्यष्टि कार्यक्रमअघि नै हमलाको धम्की आएको भन्दै सरकारले सहरको केन्द्रमा ठूलो भीड जम्मा हुन रोक लगाएको थियो ।
सेनाका काबुल पोस्ट कमाण्डर गुल नाबी अहमदजाईले शनिबार बिहानै भनेका थिए, ‘हामीसँग हाम्रा शत्रुहरुले संगठित समूह र प्रदर्शनमाथि हमला गर्ने प्रयास गरिरहेको गुप्तचर सूचना छ । हामीलाई आम सर्वसाधारण प्रर्दशनबाट टाढा रहने विश्वास छ ।’
तर अफगाानिस्तानको राष्ट्रपति कार्यालय नजिकै असरफ घानी सरकारको राजीनामाको माग गर्दै दर्जनौ सर्वसाधारण टेन्टमुनी जम्मा भएका छन् । प्रदर्शनकारीका प्रवक्ता आसिफ आशानले भने, ‘हाम्रो निष्पक्ष प्रदर्शनमा रोक लगाउने कुनै पनि सरकारले आतंकवादी समूह र बुधबार भएको हमलाका अपराधीहरुको साथ दिएको ठहर्नेछ ।’ उनले प्रदर्शनकारीलाई सुरक्षा प्रदान गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
काबुल बुधबार भएको शक्तिशाली विस्फोटपछि शोकमा डुबेको छ । विस्फोटबाट जर्मन दूतावास क्षतिग्रस्त बनेको छ भने त्यसको सय मिटर आसपासका भवनहरुमा समेत ठूलो क्षति पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक