(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170629

दुईसय भन्दा बढी कलाकारले काठमाण्डौंमा दही चिउरा खांदै यसरी गरे सम्मान !


काठमाण्डौंअन्तराष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं वरिष्ठ हांस्य कलाकार किरण केसीले आफ्नो जन्म दिनको शुभ अवसर पारेर राजधानीमा एउटा भव्य कलाकार जमघट र सम्मान समारोह आयोजना गर्नुभयो । 
चर्चित हांस्य कलाकार मनोज गजुरेलको अत्यन्त मिठो उदघोसणमा  शुरु भएको उक्त विशेस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो हांस्य विधाका जिवित ईतिहास प्राध्यापक राम कुमार पांडे ।
कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वाशिङ्गटन डिसी अध्यक्ष , वरिष्ठ लोक तथा दोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाललाई वहांले तीन दशक देखि लोक संस्कृति, साहित्य र पत्रकारितामा दिनु भएको योगदानको उच्च कदर गर्दै सम्मान
गरियो ।
श्री खनाललाई वरिष्ठ कालाकारहरु दिपा श्री निरौला , किरण केसी र नेपाली सेनाका रथी  डानरेन्द्र केसीले सयुंक्त रुपमा सम्मान गर्नुभयो ।
यसै गरि पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ कलाकार लय संग्रौला, रमेश केसी (मट्टारे) र राज केसीलाई पनि वहांहरुले आ-आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानका लागि सम्मान गरियो ।
सम्मानित व्यक्तिहरुको वारेमा प्रकाश पार्दै, स्वागत भाषण गर्दै आयोजक केसीले कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने सवै कलाकार,पत्रकार र सम्मानित व्यक्तित्वहरुलाई धन्यवाद/आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा करिब दुइसय भन्दा बढी बिभिन्न बिधाका कलाकारहरुचलचित्रकर्मीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा असार १५ को दही चिउरा खांदै र जन्मदिनका अवसरमा किरण केसी लाई बधाई दिंदै सहभोज गर्दाको क्षण अविस्मरणीय थियो । तल तस्विरहरु आफै समाचार बोल्छन् :

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक