20170726

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण सम्बन्धि प्रेस विज्ञप्ति !


परम्परागत राजनीतिको विश्वासिलो बिकल्पका रूपमा हेरिएका विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकिकरण गर्ने ऐतिहासिक निर्णय गरिएको छ । विदितै छ, केही समययता नागरिक समाजका कतिपय
अगुवाहरूको सहयोगमा दुई पार्टीबीच श्रृंखलावद्धरूपमा एकिकरण वार्ताहरू हुँदै आएका थिए ।
उक्त वार्ताहरुको सकारात्मक परिणामस्वरुप आज हामी यस सुखद पार्टी एकीकरणको घोषणासम्म आइपुगेका छौं । पार्टी एकीकरणको लागी लिइएका महत्वपूर्ण निर्णयहरु निम्न बमोजिम छन् l
१. एकिकृत नयाँ पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। हाल साझा पार्टीले प्रयोग गरेको तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह हुनेछ।
२. संझौताअनुसार दुबै पार्टीबाट १७/१७ जना सामेल हुनेगरी ३४ सदस्यी केन्द्रिय समिति गठन गरिएको छ। प्रत्येक प्रदेशवाट कम्तिमा १/१ जना प्रदेश संयोजकको भूमिकामा रहने गरी ७ जना सदस्य केन्द्रीय समितिमा सामेल गरिने छ। केन्द्रिय समिति थप विस्तार गरेर महाधिवेशनसम्मका लागि ५१ जना सम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ।
३. केन्द्रिय समितिभित्रबाट दुबै पार्टीका ४/४ जना रहने गरी एउटा संयोजन समिति निर्माण गरिएको छ, जसमा दुईजना सहसंयोजक रवीन्द्र मिश्र र उज्वल बहादुर थापा रहने छन्। पार्टीका बैठकहरूको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन्। संयोजन समितिका अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहने छन्।
४. पार्टीको केन्द्रिय समितिको सदस्यहरुको नामावली यस प्रकार छ l–
रवीन्द्र मिश्र, उज्वल बहादुर थापा, अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य l
अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशी बिक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला l
बाँकी चार जना सदस्यहरु पछि छनौट गरिने छ l
५. पार्टीको महत्वपूर्ण अंगको रूपमा एक स्वायत्त अनुसाशन आयोग गठन गरिनेछ जसले पार्टी नेतृत्व र सदस्यमाथि अनुसाशनको कारवाही गर्ने न्यायिक अधिकार प्रयोग गर्नेछ।
६. विवेकशील साझा पार्टीले निष्ठा, पद्धति, उत्कृष्टता, पारदर्शिता, समानुभूती जस्ता मुल्य-मान्यता अबलम्बन गर्नेछ l
७. संयोजन समितिले एउटा प्रबुद्ध नागरिक समुह (Eminent Persons Group) गठन गर्नेछ जसले संयोजन समितिले मागेको विषयममा आवश्यक सुझाव-सल्लाह दिनेछ।
आम सर्वसाधारणले रूपान्तरणकारी सुसंस्कृत वैकल्पिक राजनीतिका लागि ठूलो आशाका साथ हेरेका दुई पार्टीबीच एकिकरण भएबाट हामीहरू अत्यन्तै उत्साहित र आशावादी भएका छौं। साथै, हाम्रो एकता हेर्न चाहाने सम्पुर्ण शुभेच्छुक तथा यस एकता प्रक्रियामा सघाउने नागरिक समाजका सदस्यहरूप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहान्छौं।
रमेश पौड्याल/डा. सूर्यराज आचार्य
प्रवक्ता/प्रवक्ता
विवेकशील नेपाली दल/साझा पार्टी
११ साउन २०७४
काठमाडौं

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक