20170725

संयुक्त राज्य अमेरिकाको भर्जिनियामा कलाकार डिना वाङ्देलको निधन, अन्तर्राष्ट्रिय कलाकार मँचद्वारा डिना प्रति श्रध्दान्जली र शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट

अन्तर्राष्ट्रिय कलाकार मँच ( International Artists Forum) अमेरिकाले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै अल्पायुमै दु:खद भएकी कलाकार डिना वाङ्देल प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेको छ । अध्यक्ष रामप्रसाद खनालले शोक बिज्ञप्तीमा स्वर्गीय डिनाको योगदान मँचले सधैं स्मरण गरिरहने बताउनुभएको छ । 
कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा मंगलबार निधन भएको हो । मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उहाँको निधन भएको वाङ्देलका आफन्तले जानकारी दिनुभयो । भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आउनुभएको थियो । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख हुनुहुन्थ्यो । नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुर्याउनुभएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला
प्रवर्द्धनन गर्दै आउनुभएको थियो । वाङ्देलको श्रीमान् र दुई छोरा अमेरिकामै हुनुहुन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक