20170724

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले सम्पन्न गर्‍यो अर्को एतिहासिक कार्यक्रम

अनेसासका गतिबिधीले नेपाली भाषा, साहित्य, गीत संगीतमा महत्वपूर्ण टेवा पुर्याएको छ 
- अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की  

न आकाश गर्जिएर केही फरक पर्‍यो न त हावा हुरी सहित परेको मुशलधारे पानीले कार्यक्रमलाई अबरोध गर्न सक्यो, ११ बजे शुरु भएर बेलुकी ५ बजे सम्म कार्यक्रम अबिरल रुपमा मात्र चलेन, ७ वटा कार्यक्रम जुद्धा पनि
अहँ अनेसासको कार्यक्रम लाई खासै केही फरक परेन ।  

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्य, अनेसासका केन्द्रिय पदाधिकारी, बोर्ड अफ ट्रस्टिजका पदाधिकारी सदस्यहरु, आजिबन सदस्यहरु, डिसी मेट्रो कमिटीका पदाधिकारी एबम सदस्यहरु, भर्जिनिया, म्यारिल्यान्ड, डिसी सहित  वाशिङटन डिसी मेट्रो एरियामा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थितिका बिच पिकनिकको मज्जा सँग सँगै, साहित्यिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, खेलकुद सबैकुराको आनन्द लिँदै लिसल्भेनिया स्टेटपार्क भित्र, पोटोम्याक नदीको किनारको रमणिय बातावरणमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा जुलाई २३ तारिख आईतवारका दिन एतिहासिक कार्यक्रम सम्पन्न भयो ।

भानु जयन्ती सहितको साहित्यिक, साँस्कृतिक कार्यक्रम, BBQ सहितको पिकनिक र अनेसास केन्द्रको साधारण सभा, बिओटी साधारण सभा  समेत एकै ठाउँँमा आयोजना गरिएको उक्त बिशेष कार्यक्रम का आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालको सभापतित्व, महासचिब भुप नारायण घर्तिमगरको सँचालन र उपाध्यक्ष अरुण रुपाखेतीको स्वागत भासणमा सम्पन्न भएको थियो ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, बिओटी अध्यक्ष डा. श्याम कार्की, संस्थापक अध्यक्ष अबम डिसी मेट्रो कमिटीका सम्रक्षक होमनाथ सुबेदी, अध्यक्ष रामप्रसाद खनाल, डा .गोपी उप्रेतीले भानुले नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै अनेसासका गतिबिधिहरु बारेमा बोल्नुभएको थियो ।

लेखक डा. केन्नी पाण्डे, पुरस्कार समिती सँयोजक सिता पाण्डे, केन्द्रिय महा सचिब गोबर्धन पूजा, पूर्व अध्यक्ष तथा बिओटी उपाध्यक्ष गीता खत्री, केन्द्रीय उपाध्यक्ष प्रकाश नेपाल, केन्द्रीय सदस्य बिकास बिष्ट, अनेसास न्यूयोर्क च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत आदिले पनि मन्तब्य ब्यक्त गर्नुभएको उक्त कार्यक्रम मा दुर्गा रिजाल, सकुन ज्ञवाली, कल्पना सुबेदी, मन थापा, राजेन्द्र श्रेष्ठ, गोमा न्यौपाने, सकुन्तला अधिकारी, पुष्कर पन्त, तारा न्यौपाने, नीता श्रेष्ठ, गोवर्धन पूजा, प्रकाश नेपाल, बिकास बिष्ट, कोमल पोखरेल, परशु तिमल्सिना, निलकण्ठ सुबेदी, गीता खत्री, प्रिया सुबेदी, आकाश सुबेदी, आलोक सुबेदी, सपना सत्याल, अम्बिका गुरुङ, सीता पाण्डे, पदम विश्वकर्मा, दिलासा मिश्र, , उज्जवल ठकुरी, भुपनारायण घर्तिमगर, नीरा शर्मा, रामप्रसाद खनाल आदिले कबिता, गीत, हाँस्यब्यँग प्रस्तुत गर्नुभएको थियो ।

सो अबसरमा अनेसासका संस्थापक मध्येकी एक नन्दा देबी सुबेदी, साहित्यकार कोमल पोखरेल, लेखक डा केन्नी पाण्डे लाई बिशेष सम्मान र नेपाल बाट आउनुभएका केही हजुर बा, हजुर आमा, बा र आमाहरुलाई पनि सम्झिएको थियो । सोही अबसरमा डा केनी पाण्डेको अङ्रेजी कृति Other Side Of Paradise को लोकार्पण पनि गरिएको थियो । कृतिका बारेमा लेखक पाण्डे स्वयम ले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षको प्रतिबेदन, महासचिब गोबर्धन पूजाद्वारा प्रस्तुत महासचिबको प्रतिबेदन, कोसाध्यक्षका तर्फबाट केन्द्रिय सदस्य बिकास बिष्टले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो र उक्त प्रतिबेदनहरु पास भएका थिए । यसका अलावा त्यहा खेलकुद सँयोजक खेम भट्टचनको सँयोजनमा भलिबल खेल, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कराते खेलाडी उज्जवल ठकुरी द्वारा गिनिज बुक अफ ओर्ल्ड रेकर्डका निम्ती भ्याण्डम स्टाईल २० उड ब्रेकिड़्ग कला प्रस्तुत (दाँतमा ४० पाउण्डको तौल राखेर) गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालको भर्खरै रिलिज भएको नेपाली मौलिक पञ्चेबाजाको लोकगीतमा नाच्दै सहभागीहरु बिदा हुनाको क्षण पनि स्मरणिय थियो ।
कार्यक्रमका केही तस्बीरहरु :























































































२०७४ साउन ९ गते १७:२१ मा प्रकाशित
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक