20170818

यस बर्षको सुपरहिट, देश बिदेशमा धेरै दर्शक स्रोताले मन पराएको र लाखौंँ लाखले हेरेको मौलिक तीज गीत ! तिजको मुखमा तपाईंका लागि ।


एउटा खुशीको खबर !
केही बर्षको अन्तरालमा मैले नेपाल पुगेर प्रकाशन गरेको मेरो ४१ औं एल्बममा समाबेश मौलिक तीज दोहोरी गीत "मेरा बुढा झर्के" ले बर्षको #छायाछवि तीज अवार्ड 2074 मा #सर्बोत्कृष्ट #मौलिक #तीजदोहोरी #अवार्ड जित्न सफल भएछ ।
अमेरिकामा तीज महोत्सब मा गाउँदै नाच्दै गर्दा प्राप्त यो खबरले एक प्रकारको खुशी दिलाएको छ । यस अबसरमा मलाई गायनमा साथ दिने प्रिय बहिनी मन्जु पौडेल लाई बिशेष धन्यवाद । (उनले काठमाडौं मा पुरस्कार थापेकिछन हेर्नुस फोटो र समाचार तल स्क्रिन सर्टमा) 
यसैगरी किरण केसी, शिवहरी पौडेल, मनोज आचार्य, दीपा श्री निरौला, अनुशा पौडेल, रितु कंडेल, शंकर बिसी, सुस्मा खनाल, नबिन पौडेल, इश्वरी भुसाल लगायतका सबै कलाकारहरु देखी यसको रेकर्डिङ देखी छायाँकन सम्म सँलग्न सबै सबै प्रति म हार्दिक आभार प्रकट गर्दछु । आयोजक, निर्णयक देखी दर्शक श्रोता सबै प्रती नमन ।
यो बर्ष यो गीतले देश बिदेश जता पनि दर्शक श्रोताको असिमित माया र सम्मान पाएको छ । म गद गद छु ।

- रामप्रसाद खनाल 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक