20170815

डा. गोविन्द केसीको अनसन स्थगित, अविरल वर्षाका कारणले धेरैले घरबार गुमाएका कारण विषम परिस्थितिलाई ध्यान राख्दै तत्कालका लागि अनसन तोडेको उनले बताए !

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै विगत २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन  स्थगित भएको घोषणा गरेका छन्। उनले अनसन तत्कालका लागि स्थगित भएको घोषणा गरेका हुन्। म‌ंगलबार केसी आफ्नो अनसनको २३ औं दिनमा थिए। तराइ मधेसमा अविरल वर्षाका कारणले धेरैले घरबार गुमाएका कारण विषम परिस्थितिलाई ध्यान राख्दै तत्कालका लागि अनसन तोडेको उनले बताएका छन्। तर माथेमा प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा ऐन नबनेसम्म कुनै पनि बेला फेरि सत्याग्रह थाल्न सक्ने उनको विज्ञप्तिमा उल्लेख छ। अनसन तोडेको घोषणा गरेका केसीको अवस्था अत्यन्त चिन्ताजनक छ। उनलाई उपचारका लागि आइसियुमा लगिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक