20170815

दोस्रो खुम्बु खोल्च ग्लोवल नेपाली फिल्म अवार्डको अन्तिम तयारी पुरा भएको आयोजक शैलेश पोखरेलको जानकारी

9 artistt onlyदोस्रो खुम्बु खोल्च ग्लोवल नेपाली फिल्म अवार्डको अन्तिम तयारी पुरा भएको आयोजक शैलेश पोखरेलले नेपाल मदर लाई बताए । अमेरिका स्थित आयोजक कमिटीका अनुसार अवार्ड समारोह अमेरिकाको कोलोराडो स्थित डेनभर शहरको होटल क्राउन प्लाजामा आउँदो अगष्ट १९ का दिन
शनिवार दिउँसो ४:३० बजेबाट शुरु हुनेछ ।
गत बर्ष कात्तीक २७ गते सम्पन्न भएको ग्लोवल नेपाली फिल्म अवार्डको त्यो दोस्रो संस्करण हो । अमेरिकामा नै पहिलो नेपाली फिल्म अवार्डका रुपमा सुरु गरिएको ग्लोवल नेपाली फिल्म अवार्डलाई आगामी बर्षदेखी बिभिन्न राष्ट्रहरुमा आयोजना गरि विश्वव्यापी बनाउँदै लैजाने योजना रहेको अवार्ड संयोजक शैलेश पोखरेलले जानकारी दिएका छन् ।
अमेरिकामा नै पहिलो पटक नेपाली फिल्म अवार्डको सुरुवात गरिएको यस अवार्ड गत बर्ष पहिलो अवार्ड भएकाले धेरैले चासोका रुपमा हेरेका थिए भने यो बर्ष पनि पहिलो अवार्ड नै अत्यन्त सफल भएकाले दोस्रो ग्लोवल फिल्म अवार्ड अझै प्रभावशाली र भब्य हुने चर्चा सहित अमेरिकाबासी नेपालीहरु अवार्डप्रती उत्सुक छन् । गत वर्ष १२ विधाबाट सुरु गरिएको प्रत्येक वर्ष विधा बढाउने क्रमामा यो पल्ट २० विधामा अवार्ड दिने संयोजक पोखरेल बताउछन ।
पहिलो नेपाली अवार्ड सम्पन्न भएपछि नेपालमा रहेका कलाकार र दर्शकहरुलाई पनि अवार्ड समारोह देखाउनका लागि नेपाल पर्यटनन बोर्डमा बिषेश कार्यक्रमको आयोजना गरि अवार्ड समारोहको हाइलाईट स्क्रिनिंग देखाईएको थियो । सो कार्यक्र्रममा प्रमुख अतिथीका रुपमा आएक तत्कालिन परराष्ट्र मन्त्री महतले अमेरिकामा नेपाली फिल्म अवार्डको सुरुवात हुनु आफैंमा प्रंशसनिय काम भएको भन्दै नेपाली चलचित्र अन्तराष्ट्रियकरण हुँदै जानु राम्रो पक्ष भएको धारणा राखेका थिए ।
कार्यक्रममा नेपालबाट अनमोल के सी, भुवन के सी, टिका पहाडी, शिव श्रेष्ठ, सुनिल थापा, कृष्ण मल्ल, शर्मिला मल्ल, जितु नेपाल, माग्ने बुढा केदार घिमिरे, दीप श्री निरौला, राजेन्द्र शलभ, राम केसर बोगटी, मदु कुमार श्रेष्ठ, जादुगर महादेब त्रिपाठी, रबिन्द्र खड्का, केकी अधिकारी, प्रियन्का कार्की, रमेश बुढाथोकी लगायत अन्य थुप्रै कलाकारहरू कोलोराडो आउने भएका छन् ।

वाशिङटन डिसीमा तीज महोत्सबमा ब्यस्त हुनुपरेकाले आफु फिल्म फेस्टिबलमा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै अन्तरास्ट्रिय कलाकार मंच अमेरिकाका अध्यक्ष एबम अन्तरास्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटिका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै शुभकामना प्रेसित गर्नुभएको छ ।       

Nepali Cinema Village to Globe . . .

Invitation !

On the occasion of 70 years of U.S.-Nepal friendship

Dear all….
It is our great pleasure to inform you that Global Nepali Film Award is organizing 2nd edition of Khumbu Kölsch Global Nepali Film Award 2017 on Saturday, August 19th, 2017 (4:30 PM) in Hotel Crown Plaza 15500 E 40th Ave, Denver, CO 80239.
The objective of this program is to felicitate senior Nepali artists for their contribution in Nepali Film Industry and encourage emerging Nepali artists. We believe that this program will also be advantageous to promote Nepali Films in the international arena.
Your presence in the function will add dignity to the program and offer support to the diasporic Nepali community. We respectfully request for your gracious presence in the program as a distinguished guest of the program.
I hope you are able to accept this invitation. Thank you for your kind cooperation.
Sincerely yours,
Shailesh Pokharel
Coordinator, 
Global Nepali Film Award 2017 (GNFA)
Shailesh.pokharel@gmail.com
(720) 318 1515
Sponserd by: Sherpa Brewary
Power by: Sitaula Brothers
Supported BY: Yeti Technology
Ticket: $25 $50 and $100
Tickets are available with: 
Padam BK, Binod Tripathi, Bhim Rai (kaka), DP Sharma, Raj Rai, R. C Pant, Navaraj Shrestha and Shailesh Pokharel = more coming soon!
Hotel Booking LINK: ($106 per night) DISCOUNT code: GNF  HOTEL BOOKING AUG 17 – 20 ( 4 NIGHTS MAXIMUM)
global poster

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक