20170823

ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोको डेनभर सहरमा सम्पन्न, छक्का पन्जा उत्कृष्ट चलचित्र, अनमोल भए ‘बेष्ट एक्टर’


 दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड हिजो एक भव्य समारोहका बिच कोलोराडोको डेनभर सहरमा सम्पन्न भयो। नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख आतिथ्यता र नेपाल
सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको विशेष आतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। छक्का पन्जाले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशक गरी दुई मुख्य पुरस्कार प्राप्त गर्न सफल भयो भने उत्कृष्ट नायकका रूपमा युवापिंढीका बिच निकै चर्चित अनमोल केसी सम्मानित भए भने उत्कृष्ट नायिका केकी अधिकारी भईन। यसै गरी अम्विका शर्मा, उत्कृष्ट गीतकारका रूपमा सम्मानित भईन। वरिष्ठ कलाकार टीका पहारीलाई लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मानित गरियो भने नायक अर्जुनजंग शाही र सुवर्ण क्षेत्री एचिभमेण्ट अवार्डबाट सम्मानित भए। त्यसै गरी ‘बेष्ट कोएक्टर’को उपाधि छक्का पन्जाका लागि जितु नेपाल ‘मुन्द्रे’ले प्राप्त गरे भने नायक रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, चलचित्र निर्देशक/लेखक राजेन्द्र सलभ, निर्देशक नारायण पुरी, गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल स्पेशसल अवार्डबाट सम्मानित भएका थिए। डायोस्परा अवार्ड अन्तर्गत नायकमा बिक्रान्त बस्नेत, नायिकामा युना उप्रेती, निर्देशकमा एभरेष्ट सूर्य बोहरा, निर्मार्तामा अमिर अलि मकनोजिया सम्मानित भएका थिए भने भुटानी समुदाय अन्तर्गत गीतकारमा हरि उप्रेती, नृत्य निर्देशकमा नरमान राई सम्मानित भए । होटेल क्राउन प्लाजामा करिब ४ घण्टा चलेको अवार्ड समारोहमा हलिउडका निर्माता थोमस वि फोरेको समेत विशेष उपस्थिति रहेको थियो। गायक शिव परियार, यम बराल, कलाकार कृष्ण मल्ल, मदु श्रेष्ठ, भुवन केसी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’ लगाएतका कलाकारहरू अवार्ड समारोह सहभागी भएका थिए । कार्यक्रम आयोजक ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य र संयोजक शैलेश पोखरेलले धन्यवाद सहित समारोह समापन गरेका थिए। यसै कार्यक्रम अन्तर्गत नेपालमा गएको बाढी पहिरोबाट प्रभाबितहरुको सहयोगार्थ कार्यक्रममा सहभागिहरुको तर्फबाट ५,४१४ डलर सहयोग सङ्कलन भएको थियो । सन्कलित रकम ग्लोबल नेपाली फिल्म अवार्डको तर्फबाट चलचित्र कलाकार सङ्घ मार्फत नेपालमा पठाइने जानकारी संयोजक पोखरेलले जानकारी गराए । कार्यक्रमको सन्चालन राजेन्द्र सलभ, सुरेश दर्पण पोखरेल, निक्की पाण्डे तथा बिधान कार्कीले गरेका थिए ।

धन्यवाद ज्ञापन ! (Thank you note) 



 दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा हाम्रो निमन्त्रणा स्वीकारेर यस समारोह पाल्नुभई खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको शोभा बढाईदिनु भएकोमा आदरणीय अग्रज सिनेकर्मी महानुभावहरु सहित प्रमुख अतिथि, अतिथि, कलाकार, लेखक, मुख्य प्रायोजक, सह प्रायोजक, अन्य प्रायोजक लगायत विभिन्न मिडियालाई प्रतिनिधित्व गर्दै सहभागी हुनु भएका संचारकर्मीहरुलाई आयोजक समितिको संयोजकको हैसियतले हार्दिक आभार प्रकट गर्दछु ।

नेपाललाई धेरै माया गर्ने र नेपाल मामिलामा साह्रै सक्रिय नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट डेलिसीलाई प्रमुख अतिथिका रूपमा यो समारोहमा पाउनु हामी सबैको लागि गर्वको कुरा हो । उहाँले यस अवार्ड सेरेमोनीमा सहभागिता जनाएर हामी आयोजक र सिङ्गो नेपाली सिनेमा उद्योगलाई सम्मान गर्नु भएकोमा उहाँप्रति आयोजकको तर्फबाट धेरै आभार प्रकट गर्न चाहन्छौँ । नेपाल-अमेरिका मित्रताको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा आयोजित यो अवार्ड कार्यक्रमले नेपाली सिनेमालाई विश्व बजारसम्म पहुँच पुर्‍याउन निकै सघाउ पुग्ने विश्वास लिएका छौँ ।

आदरणीय कृष्ण मल्ल अध्यक्ष रहनु भएको नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त आयोजनामा सम्पन्न यो अवार्ड कार्यक्रममा संसारकै ठुलो सिनेमा उद्योग हलिउडका निर्माता/ कलाकार Thomas B. Fore को सहभागिताले हामी सबै नेपाली सिनेमासंग सम्बन्धितहरुलाई निकै खुसी र हौसला मिलेको छ । उहाँसँगको सहकार्यले विश्व बजारमा नेपाली सिनेमाको पहुँच अझ बढ्नेछ भन्ने हाम्रो विश्वास छ।
In the same way, we are also grateful to Hollywood’s producer Mr. Thomas B. Fore for his presence in the award ceremony. By attending this program, Mr. Fore has greatly honored our film industry on behalf of the world’s largest film industry-The Hollywood. Please kindly give him a big clapping once again!
Thank you Ambassador DeLisi and Producer Fore!
हाम्रा सबै अग्रज कलाकार, सिनेकर्मीहरु जो नेपाल देखि यही कार्यक्रमको लागि भनेरै आउनु भएको छ, उहाँहरू सबैलाई म पुन आभार र धन्यवाद टक्राउन चाहन्छु । आदरणीय अग्रज कलाकारहरू टिका पहारी, कृष्ण मल्ल, भुवन केसी, अर्जुनजंग शाही, सुनिल थापा, सर्मिला मल्ल, मुकुन्द किशोर भट्टराई, सुबर्ण छेत्री, शर्मिला मल्ल अहिलेका चर्चित नायक अनमोल केसी, चर्चित हास्य कलाकार केदार घिमिरे, जितु नेपाल र नारायण त्रिपाठी, नायिकाहरु केकी अधिकारी, युना उप्रेती कलाकार तथा निर्देशक दिपाश्री निरौला, निर्देशक द्वय नारायण पुरी, एवरेस्ट सूर्य बोहरा, अग्रज चलचित्रकर्मी गोपाल जी नेपाली, चलचित्र कलाकार सङ्घका अध्यक्ष राम केसर बोगटी, कलाकार तथा निर्माता मधु श्रेष्ठ, नायक निरज बराल, नवल खड्का, बिक्रान्त बस्नेत, गायक शिव परियार, यम बराल, गायिका सत्य कला राई, गीतकार अम्बिका शर्मा, हरी उप्रेती, भुटानिज अग्रज गायक प्रताप सुब्बा, डान्स डाइरेक्टर द्वय नरमान राई तथा नवीन केसी, नायिका सर्मिला राई, सिमा जोशी-टेक्सास, चलचित्र बिकास बोर्डबाट आनन्द घिमिरे, स्टेजमा सहयोग गर्ने राजु बजाज लगायत सबै आदरणीय कलाकारज्यूहरु प्रति हार्दिक नमन ।
हाम्रो कार्यक्रममा पाल्नु भएकोमा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालज्यू, वासिङ्टन स्टेटका एसिया-अमेरिकन मामिलाका कमिश्नर मोहन गुरुंग (जसले वासिङ्टन स्टेटमा नेपाली भाषालाई १२ कक्षासम्म अन्तर्राष्ट्रिय भाषाका रूपमा मान्यता दिलाउन योगदान गर्नु भएकोछ) प्रति पनि हामी निकै आभारी छौँ । त्यसै गरी नेपाल देखी यसै कार्यक्रमलाई भनेर पाल्नु भएका पूर्व उध्योग मन्त्रीका प्रेस सल्लाहकार, नेपाल टेलिभिजनका पत्रकार तथा बिआरटी नेपाल डट कमका सल्लाहकार प्रदिप चापागाइ, बिआरटी नेपालका कार्यकारी निर्देशक राम लामा, सम्पादक सुजन पन्डितलाई मुरी मुरी धन्यवाद ।
कार्यक्रममा भिडियोमा सहयोग गर्नु हुने श्याम श्रेष्ठ, बिशेश्वर केसी, मुक्ति उप्रेती, दामोदर लुइटेल फोटोमा राजिब श्रेष्ठ, सुजन पन्डित, टेक्सासबाट आउनु भएका साथीहरु एम सीमा सुरेश दर्पण पोखरेल, निक्की पाण्डे, राजेद्र शलभ, विधान कार्की, साबु श्री, राजन भक्त श्रेष्ठ, टि भि पार्टनर टिभी फिल्मीलाई पनि धेरै धेरै धन्यवाद ।
कार्यक्रमको स्थानीय सहयोगीहरु लोङ्मन्ट हिमालयज लायन्स क्लब, ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो, नेपाली घर, रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल, स्वंमसेवी साथीहरू राजेन्द्र सिग्देल (अडियो भिडियो), भीम राई क्षितिज, डी. पी. शर्मा, श्याम नेपाल, जगादिश ढकाल, सुनिता थापा, निशा घिमिरे, नुजु वाग्ले, समीर आचार्य, रत्न भण्डारी, टल मान राई, स्थानीय कलाकार, साउण्ड सिस्टम र हल सजावटको टिम, खाना लगाएतका लजिस्टिक व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने सबैलाई धेरै धन्यवाद दिन चाहन्छु ।
कार्यक्रमको समग्र व्यवस्थापनमा भएका सबै राम्रा र असल कामका लागि सम्पूर्ण आयोजकहरुलाई धन्यवाद र सबै कमी-कमजोरी प्रति संयोजकका हैसियतले सबै जिम्मेवारी लिँदै क्षमा चाहन्छु । आगामी वर्ष तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड आयोजनामा यहाँको सबै सिकाईहरु धेरै काम लाग्नेछन् र अझ उत्कृष्टताका साथ तेस्रो अवार्ड कार्यक्रम पनि आयोजना हुनेछ र यहाँहरु सबैको उत्तिकै सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु । अन्त्यमा दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने क्राउन प्लाजा होटेलको व्यवस्थापन लगायत सबै प्रति हार्दिक धन्यवाद ।
धन्यवाद ।
 शैलेश पोखरेल
संयोजक
ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ 
 फोटो: राजिब श्रेष्ठ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक