20170824

तीज महोत्सब, अमेरिका - २०७४ बाट नेपालका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँ सहयोग !

 
तीज महोत्सब, अमेरिका - २०७४ का दिन कार्यक्रम स्थलमै हामीले सबै सँग नेपालका बाढी पहिरो पिडितका लागि सहयोगको याचना गर्यौं । २० डलर भन्दा माथि दिनेको नामावली सहयोग राशी सहित त्यहीँ सबैका माझ घोषणा गर्यौं, २० डलर भन्दा कम सहयोग गर्नेहरुले डोनेशन बक्समा आफु खुशी सहयोग दिनुभयो । सबैका अगाडि सहयोग जम्मा गर्यौं र त्यही सबैका अगाडी डोनेशन बक्स फोरेर, गनेर पारदर्शी हिसाबले कार्यक्रम मै घोषणा गर्यौं हामी सँग चार हजार नौ डलर उठ्यो भनेर ।
आज आयोजक संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी, सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका (SANN) र महिलाहरुको संस्था अमेरिका नेपाल महिला संघ (ANWA) को संयुक्त निर्णयबाट तीज महोत्सब २०७४ मा उठेको उक्त ४००९ डलर नेपालमा बाढी पहिरो पीडितलाई पठाउन र सबै तिर त्यो सहयोग पुगोस भनेर यसमा काम गरिरहेका नेपाल का चार संस्थाहरु धुर्मुस सुन्तली फाउण्डेशन, लक्ष्मी प्रतिस्ठान, People to People ग्रुप र अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखालाई एक एक हजार डलर अर्थात एक / एक लाख नेपाली रुपैयाँ राहत बितरण प्रायोजनका लागि पठाउने निर्णय गरेका छौं । एक दुई दिन भित्रै हामीले यो सहयोग रकम हस्तान्तरण गर्दैछौं ।
धन्यवाद सबै सहयोगी हातहरुलाई हामी सबै आयोजकहरुको तर्फबाट ।
* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका (IAF)
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी (INLS, DC)
* सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका (SANN) र
* अमेरिका नेपाल महिला संघ (ANWA)



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक