20170828

४ अर्ब १४ करोड विगो दावी रकम सहित हुण्डी कारोबारीविरुद्ध राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा

४ अर्ब १४ करोड विगो दावी रकम सहित हुण्डी कारोबारीविरुद्ध राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा चलाएको छ । हुण्डी कारोबारीविरुद्ध यो अहिले सम्मकै सबैभन्दा ठूलो मुद्दा हो । चार अर्व बढि विगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक भुपाल बरालले जानकारी दिए । बरालका अनुसार विभागले काठमाडौंमा बसेर हुण्डी कारोबार गर्ने ७ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार मिलन गुरुङ, धरमकुमार गुरुङ, निलिमा थामी राई, राजेन्द्रमान गुरुङ, विद्यादेवी गुरुङ, दलबहादु पुन र लबकुमार नेपाल विरुद्ध विभागले
मुद्दा दायर गरेको छ ।उनीहरुलाई प्रहरीले जेबु टुर्सबाट पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले अनुसन्धानको लागि विभागको जिम्मा लगाएको थियो । राजश्व छलिमा विगोको तीन गुणा सम्म जरिवाना समेत लिन पाउने कानूनी व्यवस्था रहेको छ । कति जरिवाना तोक्ने भन्ने विषय अदालतको हातमा छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक