20170814

बर्षा, बाढी, पहिरोमा परि ज्यान गुमाउनेको सँख्या झण्डै एक सय, अरबौँको क्षति, झण्डै एकसय भन्दाबढी गम्भिर घाइते


पुर्व राजा ज्ञानेन्द्र शाह र हिमानी ट्रस्टलाई राहत बितरणमा रोक लगाउनकै लागि सरकारले लागु गर्‍यो एकद्वार प्रणाली ! पूर्व राजाद्वारा असक्षम घोसित देउबाले लिए बदला !

पुर्व राजा ज्ञानेन्द्र शाह र हिमानी ट्रस्टले बाढी पीडितहरुलाई राहत बितरण गर्ने, सहयोग गर्ने, त्यसका लागि पूर्व राजा सहितको हिमानी ट्रस्ट परिवार बाढी पहिरो आक्रान्त क्षेत्रमा जानै लागेको खबर बाहिर आउन साथ केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठक बसाली प्रधानमन्त्री शेर बहादुर देउबाले गैह्र सरकारी संस्थाहरुलाई फिल्डमा पुगेर राहत सामग्री बाँड्न रोक लगाएका छन ।  ज्ञानेन्द्र राजा हुँदा मनोनित प्रधानमन्त्री बनेका देउबालाई निर्वाचन गर्न नसकेको भन्दै राजाले तत्कालिन अवस्थामा असक्षम घोषणा गर्दै बर्खास्त गरेको घटना बाट देउबा पूर्व राजा ज्ञानेन्द्र सँग निकै आक्रोसित छन र उनले बारम्बार पूर्व राजा बिरुध्द अभिब्यक्ती दिँदै पनि आएका छन ।  देउबाले सरकारले नै अब एक द्वार प्रणालीबाट राहत बितरण गर्ने बताएका छन भने राहत बितरणमा उत्रिनै लागेका हिमानी ट्रस्ट मात्र होइन अब कुनै पनि NGO वा INGO वा देश बिदेश बाट सहयोग गर्न चाहने सहयोगी हात हरुलाई पनि सरकारले राहत बितरण मा प्रतिबन्ध लगाएर राक्षसी राजको नमुना देखाएको संघ संस्थाहरुले सरकार माथि आरोप
लगाउन थालेका छन ।

यसै बिच बर्षा बाढी पहिरोमा परि ज्यान गुमाउनेको झण्डै सँख्या एक सय पुगिसकेको छ तर सरकारी सँयन्त्रले ९१  को ज्यान गएको पुस्टि गरेको छ ।  अरबौँको क्षति, झण्डै एक सय भन्दा बढी गम्भिर घाइते, र कयौँ अझै पनि हराइरहेकोले ज्यान गुमाउनेको सँख्या अझ बढ्ने अनुमान गरिएको छ    ।      




यता सप्तरीको कुलारी गाउँका ८ वर्षे बालकको शव सप्तकोशी नदीमा बगाएको हृदयविदारक तस्वीरले सोमबार धेरैको मन रुवायो । दिनभरि नै सामाजिक सञ्जालमा यो तस्वीरले चर्चा पायो । वास्तवमा यो तस्वीरले बाढीको वास्तविक पीडा बोलेको थियो ।
युरोपियन फोटो एजेन्सी (ईपीए) का पत्रकार नरेन्द्र श्रेष्ठले यो तस्वीर खिचेका थिए । उनका अनुसार मृतक बालकको नाम कमल सदा हो । र, स्थानीयका अनुसार उनी ८ वर्षका वालक हुन् ।
कमल केही दिनदेखि बिरामी परेका थिए । लगातारको वषर्ापछि आएको बाढीका कारण उनलाई अस्पताल लैजान सक्ने अवस्था थिएन । यहीक्रममा उनको आइतबार निधन भयो ।
मृतक वालकका बुबा रोजगारीका लागि धरानमा छन् । उनकी आमा सन्तान गुमाएको शोकमा चुर्लुम्म डुबेकी छिन्, बाढीको डुबान त छँदैछ ।
शव बगाउनु नियतिको वाध्यता
कोशी नदी किनारमा रहेको बस्ती बाढीले जलमग्न थियो, वच्चालाई जलाएर सदगति गर्ने त कल्पनै नगरौं, चिहान खन्नका लागिसमेत जमिनको सतह काहीँ थिएन । त्यसैले परिवारका सदस्यले कमलको शव नदीमा बगाउने निर्णय गरे ।
काठमाडौंका बसेर बहस गर्दा सदगति कसरी हुन्छ भन्न सकिएला । कुन उमेरको मानिस हो र उसको शव जलाइन्छ कि गाडिन्छ भनेर प्रश्न उठाउन सकिएला । तर, गाउँको वास्तविकता सप्तरीमा अलि बेग्लै थियो ।
तस्वीर सार्वजनिक भएपछि केहीले मृतक कमलको उमेरबारे प्रश्न गरेका छन् । तर, फोटो पत्रकार श्रेष्ठका अनुसार मृतक कमलका काका देवकुमार, जसले शव नदीमा बगाए, उनी र अन्य गाउँलेहरुले उनको उमेर ८ वर्षकै भनेका छन्
बाढीको तस्वीर खिच्न सप्तरी पुगेका पत्रकार श्रेष्ठलाई एक स्थानीयले वालकको शव जलाउन वा गाढ्न नपाइएको घटना सुनाए । उनीसहितको टोली कोशी किनारतिर जाँदै गर्दा काका देवकुमार सदा बालकको शव बोकेर आउँदै गरेको अवस्था भेटिए ।
श्रेष्ठ भन्छन्, ‘बालकको शवलाई गाडेको त थाहा छ तर, नदीमा बगाउने सुन्दा सुरुमा अनौठै लाग्यो ।’
श्रेष्ठले देवकुमारलाई पछ्याए । मृतक बालकका काका देवकुमारले कोशी नदीमा कमलको शव बगाएको दृश्यलाई आफ्नो क्यामेरामा कैद गरे ।
श्रेष्ठ सम्झन्छन्, ‘यो दृश्य मेरा लागि निकै हृदयविदारक थियो । तर, बाढीको असरलाई वयान गर्ने भएकाले मलाई यो दृश्य कैद गर्नुपर्छ भन्ने लाग्यो ।’
श्रेष्ठका अनुसार ब्लाङ्केट लगायतका कपडाले बेहि्रएको कमलको शव नदीमा बगाउँदा डुब्छ होला भन्ने लागेको थियो । तर, शव तैरिएरै परसम्म गरेर गयो ।
बालकको नाम पनि कमल थियो । अन्ततः उनको शव कमलको फूलजस्तै तैरँदै कोशीको जलयात्रा लीन भयो ।
उनले त्यो दृश्य सम्झिए- ‘म एकदमै नजिकै थिएँ । लेन्सले तस्वीरलाई झन नजिक ल्यायो । त्यो क्षण निकै हृदयविदारक र मुटुसम्म छुनेखाल थियो’ फोटो पत्रकार श्रेष्ठ भन्छन्, ‘तर, पेशा नै यस्तै हो, मुटु दह्रो बनाएर यो तस्वीर खिचेँ ।’
तस्वीर सार्वजनिक भएपछि केहीले मृतक कमलको उमेरबारे प्रश्न गरेका छन् । तर, फोटो पत्रकार श्रेष्ठका अनुसार मृतक कमलका काका देवकुमार, जसले शव नदीमा बगाए, उनी र अन्य गाउँलेहरुले उनको उमेर ८ वर्षकै भनेका छन् ।
कतिपयले वालकको तस्वीर मिडियामा प्रकाशित गर्न नहुने तर्क पनि गरेका छन् । तर, पत्रकार श्रेष्ठ बाढीको पीडाको वास्तविकताका लागि यो दृश्य बाहिर ल्याउनु आफूले उपयुक्त ठानेको बताउँछन् ।
श्रेष्ठले खिचेको यो तस्वीर बीबीसीले समेत प्राथमिकताका प्रकाशित गरेको छ अनलाइन खबर लेख्छ ।

बाढी र पहिरो पीडितहरुका लागि
 सहयोगको अपिल !
नेपालमा बाढी र पहिरो पीडितहरुको लागि लोकप्रिय कलाकारहरु निर्मल शर्मा, सञ्जय श्रेष्ठ, त्यसैगरि चिरपरीचित ब्यक्तित्वहरु प्रभात रिमाल, डा. नेल पाण्डे र माया गुरुङको एउटा समुहले पारदर्शी ढंगले सहयोग सँकलन गरेर पिडीतहरुलाई पुर्याउने जस्तो महान कार्य शुरु गर्नुभएको छ । यस्तो महान कार्यमा मैले पनि आफु सक्दो आर्थिक सहयोग पठाएँ बाढी र पहिरो पीडितहरुका लागि । तपाईंहरु पनि आफु सक्दो सहयोग पठाएर यो आपत बिपदको घडीमा मानबियता देखाउनुहुन म संसार भरी रहनुभएका सबै नेपाली मनहरुमा हार्दिक अनुरोध गर्दछु । थोरै वा धेरैको कुरा होइन । के कती होइन, जे जती सकिन्छ सहयोग गरौं ।

- रामप्रसाद खनाल - अध्यक्ष
* अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका, www.iafamerica.com
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, Washington D.C मेट्रो कमिटी, अमेरिका
वहाँहरुले शुरु गर्नुभएको वेबसाइट को लिँक तल क्लिक गर्न सक्नुहुन्छ र निर्मल जी का अनुसार यो वेबसाइट हरेक दिन अपडेट गरिने छ ।
http://p2prelief.org/
For Donations, please contact at: 9851027257 (Nirmal Sharma), 9801052531 (Dr. Neil Pandey), 9818843725 (Sanjay Shrestha), 9851124453 (Maya Gurung), 9851045613 (Prabhat Rimal)


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक