20170929

सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले ४५६ कैदीहरुको सजायँ माफी !


राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् ।
असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेले जानकारी दिएका छन् ।
संविधानको धारा २७६ सजायँ माफी दिइएको वाग्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक