(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170929

‘दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत् खोज्न हिच्किचाउनुलाई प्रजातन्त्रसम्मत् व्यवहार भन्न मिल्छ कि मिल्दैन ?’ : पूर्वराजा शाह

समस्त नेपालीलाई बडादसैंको शुभकामना दिँदै पूर्वराजा शाहले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य–मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्म प्रोत्साहित भइरहेकोप्रति गम्भीर बन्नुपरेको उल्लेख गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहनु र राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभसंकेत नभएकोसमेत जनाएका छन् ।
उनले ‘दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत् खोज्न हिच्किचाउनुलाई प्रजातन्त्रसम्मत् व्यवहार भन्न मिल्छ कि मिल्दैन ?’ भनी प्रश्नसमेत तेर्साएका छन् । जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको भन्दै पूर्वराजा शाहले ध्यानाकर्षणसमेत गराएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक