20170905

रामप्रसाद खनाल आफै पनि रुँदै रुँदै गाएको गीत !


लामो समय देखी तपाईंहरुले प्रतिक्षा गरेको मेरो नयाँ लोक आधुनिक गीत रिलिज भयो । यो गीत मेरो आफ्नै कहानी पनि हो र सँगसँगै बिदेशमा बस्ने करिब एक करोड नेपाली र देश भित्रै पनि आफन्तजन सँग सँगै बस्न नपाएका लाखौं लाख नेपालीको पिँडा र आँशुको गीत हो यो ।
दशैं तिहार र चाडवाडका मुखमा बिदेशमा बस्ने नेपालीहरु आफन्तजनहरु कसरी मिस गर्दै रुन्छन, कसरी भक्कानिन्छन ? यो लोक आधुनिक गीतले त्यही कुरालाई जिबन्त देखाएको छ ।
यो गीत मैले मेरी हजुर आमा, आमा र सासु अनी सबैको पारीबेश लाई सम्झेर लेखेको थिएँ तर दु:खद सँयोग गीत रिलिज हुँदा मैले मेरी हजुर आमा र सासुलाई गुमाइसकेको छु तर आमा जिबित हुनुहुन्छ तसर्थ आमालाई समर्पित गरेर गाउँदैछु, गीत रिलिज गर्दैछु ।
मेरो गीतमा संगीत गर्ने भाई थानेश्वर गौतम र एर्‍ेन्जर मित्र बिबी अनुरागी प्रती बिशेष धन्यवाद । आशा छ तपाईंहरु सबैलाई अबस्य मन पर्ने नै छ । बरु हेरी सके पछि लाइक, कम्मेन्ट, शेयर गरिदिनुभएमा हामी आभारी हुने थियौँ । - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक