20170905

उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा एक महिनामा ४९ बालबालिकाको मृत्यु

 children deathउत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ ।  एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन ।  अक्सिजन र औषधीको कमीबाट उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकिया चिकित्सालय (अस्पताल) मा
रहेका बालबालिकाको मृत्यु भएको बताइएको छ । अस्पतालको नवजात शिशु विशेष हेरचार एकाइमा ३० बालबालिकाको मृत्यु भएको छ भने, अन्य १९ जनाको डेलिभरीको अवस्थामा अर्थात डेलिभरी भएको केही समयपछि नै मृत्यु भएको बताइएको छ । उत्तर प्रदेश केही समययता सरकारी अस्पतालमा नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । गत हप्ता ४८ घण्टाको अवधिमा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा ४२ बालबालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका थिए ।

मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले सञ्चार मध्यमहरूसँग भन्नु भएको थियो । 

गत महिनाको सुरुमा सोही अस्पतालमा अक्सिजनको कमीलगायत बिभिन्न कारण ७० जना भन्दा बढीको नवजात शिशुको मृत्यु भएको थियो । 

प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा पुगेर मुख्यमन्त्री योगी आदित्यले विहारको आफ्नो निर्वाचन क्षेत्रका, उत्तर प्रदेशको अन्य छिमेकी जिल्ला र नेपालका समेत गरी सयौं विरामीलाई भेट्नु भएको थियो । 

‘नेपाल, विहार र उत्तर प्रदेशको धेरै ठाउँमा भीषण वर्षा भएकाले अवस्था अझ नराम्रो हुन सक्छ, दैनिक धेरैभन्दा धेरै बालबालिका अस्पतालमा ल्याइएको छ’ एक जना चिकित्सकले भने । रासस/सिन्ह्वा 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक