20170906

११ पटक सम्म अनसन बसिसकेका प्रा. डा गोविन्द केसी आजदेखि बस्ने घोषणा गरेको १२ औं पटकको अनशन यस कारण स्थगीत गरे !

मेडिकल शिक्षा र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा गोविन्द केसीले आजदेखि बस्ने घोषणा गरेका थिए। यसअघि ११ पटकसम्म अनसन बसिसकेका केसी १२ औं पटक अनसन बस्ने खबरले उनका शुभचिन्तकहरु चिन्तित थिए। तर केसी पूर्व घोषणाअनुसार अनसन बसेनन्। 'नेशनल कलेजको सम्बन्धन त्रिविको कार्यकारी परिषद्को आजको बैठकले स्थगित गरेको पत्र पाएपछि उहाँको अनशन स्थगित भएको हो,' केसीका शुभचिन्तक डाक्टर अभिषेक सिंहले भने,'त्रिविले काठमाडौं नेसनलको सम्बन्धन खारेजी गरिसकेको छ भन्ने पत्र पनि हात परिसकेको छ। आइओएमका अधिकार फिर्ता हुने निर्णय भएको छ। यसैकारण अाजबाट सरले सुरु गर्नुहुने भनिएको १२ औँ अनशन स्थगित भएको हो।' नेसनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्नुपर्ने,
चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने र सरकारसँग भएका अन्य सम्झौताहरु तत्काल लागू गर्नुपर्ने माग राख्दै केसीले १२ औं पटक अनसन बस्ने घोषणा गरेका थिए। यसअघि ११ औं पटक उनी २३ दिनसम्म अनसन बसेका थिए। केसीका मागमा एेक्येबद्धता जनाउँदै देशभरका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले ओपिडी सेवा समेत बन्द गरेका थिए। तर असारको अन्तिम बाढीपहिरोका कारण देशभर क्षति भएपछि उनले अनसन तोडे। त्यसपछि उनी बाढी-पीडितको उपचार गर्न तराइका जिल्ला गएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक