(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20171015

अमेरिका पढ्न गएका छोराछोरीहरूले आत्महत्या गर्नुको प्रमुख कारण र समाधानका उपायहरू !

- महेश भट्टराई, अमेरिका 
नेपाल हुदा बाबुआमाको काखमा पले पढेका केटाकेटीहरू १९-२० को उमेरमा नै एक्कासी घर छाडी बिदेश पढ्न जानु सहज भने पक्कै पनि हुदैन । मम्मी यस्तो खान मन लाग्यो, वावा यस्तो चाहियो भनि राजकुमार र राजकुमारी झै पुलुलिएर बसेका छोराछोरी बिदेशी भुमीमा एक्लै संघर्ष गर्नु सजिलो कुरा हुदै होइन ।

आफ्नै ठुला ठुला महत्वकांक्षा र साथीभाईहरूको लहैलहमा लागेर बिदेश जाने लहड हुनाले बाबुआमा संग गुनासो र दुख पोख्ने खासै सहज पनि मान्दैनन। बिदेश भएका आफन्त भन्नेहरूले पनि मुखले ठिक्क हुन्छ नि “सकेको सहयोग भै हाल्छ नि “ भने पनि आफै घुन पिसाई र संघर्ष को जिवन बाच्नु परेकाले खासै सहयोग भने गरेको पाइदैन ।

आफ्नै रोजाइ र खुशीले बिदेश पढ्न आएको कारणले पनि बाबुआमालाई आफ्नो दुख भन्न वा देखाउन पटक्कै चाहदैनन । जब दुख पर्न थाल्छ तब बिस्तारै बाबुआमाले दिएको मायाप्रेम र शुख
सुबिधाको याद भने पक्कै आउन थाल्छ । तेहि मायाप्रेमको भारिले थिचिएर पनि आफ्नो दुख बाबुआमा लाई भन्न डराउछन र आफु भित्र भित्रै पिल्सिएर बस्छन ।

केहि हद सम्म American life style - २२ बर्ष पछि घर छाडि अलग्ग बस्ने, आफ्नो काम गर्ने, Loan लिएर पढ्ने, आफ्नै खुट्टा आफै उभिन प्रयत्न गर्ने चलनले पनि प्रभाव पारेको हुन्छ । यसले केहि हदसम्म उनिहरूको शहन शक्तीमा मलमपट्टी लगाएको हुन्छ ।

प्राय जसो नेपालबाट आउने बिधार्थीहरू public अलि remote area का university वा community college हरूमा आएको पाइन्छ । केहि बिधार्थीहरू full वा केहि discount मा आए पनि बाकि रकम र अन्य खर्चहरू पुर्याउन सजिलो पटक्कै हुदैन । स्पष्ट रूपमा भन्नु पर्दा student हरू तान्नको लागि नै scholarship के जालों फालिएको हुन्छ । international students को फिस करिव १०-१५ हज़ार प्रति semester अर्थात double नै लिएका हुन्छन।

नेपालबाट private university हरूमा आउने हरूको संख्या हातमा गन्न सकिन्छ अर्थात निकै नै महड्गो हुनाले करोड़पति कै छोराछोरी हुनुपर्दछ । ९०% public university मा पढ्न आउने बिध्यार्थीहरू पनि यो फिसको भार थाम्न नसकी second year मा community college हरूमा transfer गर्दछन । जहाँ ५०% नै फि कम पर्ने हुन्छ।
यस पछि उनीहरूको बास्तवित दुखको कथा ब्यथा शुरू हुन्छ ।

पहिलो बर्ष मै उनिहरूले सुनेको र TV/internet हेरेको America भन्दा फरक भएको महसुस गरिसकेका हुन्छन । बच्चा छदा पल्लो घरको दाईले अमेरिका हेर्छस भनि दुबै कानमा समाती जुरूक्क उचाली रहदा “देखिस देखिस “ भनेर सोद्दा दुखाइले सहन नसकी “देखे देखे “ भनि आखाभरि आँसु लिदै उन्मुक्ती पाएको यथार्तता संग ठिक्क मिल्न आउछ। 

Community college transfer गरे पनि ५-७ हज़ार प्रति semester fees तिर्नु नै पर्ने हुन्छ । धेरै जसो बिध्यार्थीहरूले नेपालमा parents संग पैसा माग्न चाहदैनन वा parents ले पनि पैसा पठाउन खोज्दैनन। कतिले college dropout गरि illegal status मा बसेका त कति नराम्रो लतमा फसेर जिवन नै बर्बाद पारेका समेत पाइन्छ ।

करिब ५% बिध्यार्थीहरूले मात्र 4 year-university मै बसेर bachelor complete गरेर राम्रो जागिर खाएर सफलता पाएका हुन्छन ।

बिध्यार्थीहरूले झेल्नु पर्ने प्रमुख समस्याहरू : 

कोठाको समस्या : कानुनी आम्दानीको स्रोतको अभावमा आफ्नो नाममा कोठा नपाउने हुनाले अन्य साथीहरू संग मिलेर बस्ने वा कुनै परिवार संग बस्नु पर्ने बाध्यता हुन्छ । single बस्न कोठा पनि मंहड्गो पर्दछ । नेपाल एउटा कोठामा राज गरेर बसेको बानी एक्कासी  संगै बस्दा अनेकौ अप्ठ्यारा हरू झेल्नु पर्ने हुन्छ । कुरा नमिल्दा, काम र कलेजको कारणले कहिलेकाही त बिरालोले पाठों सारे झै कोठा सरिरहनु पर्ने हुन्छ । जुन अत्यन्तै पीड़ादायी हुन्छ ।
l
आर्थिक अभाव :
कलेजको फिस, बसेको भाड़ा, खाना खर्च, यातायात,लुगाकपडा, Iphone/laptop खर्च गर्ने ठाऊहरू यति धेरै हुन्छ कि सधै ना पैसाको अभाव मै बाच्नु परेको हुन्छ । जुन कुरा नेपालमा एक चुड्कीको भरमा माग गरे मिल्दथ्यो ।
  काम :
  student visa मा आएका हरूको लागि कानुनी रूपले university भित्र मात्र २० घन्टा (week) मात्र काम गर्न पाइन्छ । तर त्यो पाइने चान्स धेरै नै कम हुन्छ । बाध्य भै illegal तरिकाले बाहिर काम गर्नु पर्दछ। यसरी काम दिनेहरू बिदेसी संग अनुनय विनय गरेर, रोएर, हात जोडेर थोरै ज्यालामा पैसाको लागि ८०/९० घन्टा सम्म पनि काम गर्न बाध्य हुन्छन । जिवनभर फ्रिजबाट पानी सम्म आफ्नो हातले झिकेर नखाएका मानिस , जुन काम उनिहरूको लागि अति नै पिडादायी हुन्छ । 

यातायात :
सड़कको जालों जति नै फिजिए पनि आफ्नो साधन नभए पछि केहि काम लाग्दो रहेनछ । ठाऊ हेरि जाडोमा माइनस, हिऊमा र गर्मी तराईमा भन्दा बढि गर्मीमा २-४ miles हिड्नु वा गाड़ी कुरेर बस्नुको पिडा दुख भोग्ने लाई मात्र थाहा हुन्छ । गाड़ी किनि हाल्यो भने पनि Insurance, gas, maintenance र कारकों किस्ता खर्च र आर्थिकभारले धुरूक्कै रूवाउछ । 

College/ University: कलेजमा आफ्नो student visa status बनाई राख्नको लागि कम्तिमा 12 credit hours per semester लिनै पर्ने बाध्यता हुन्छ । जसले गर्दा जति नै मानसिक वा आर्थिक तनाव भए पनि कलेजमा break लिन वा quit गर्न मिल्दैन । 

मानसिक दवाव :
नेपालको सुखसुविधाको संझना, आफ्नै महत्वाकांक्षी योजना, illegal काम गर्नु पर्ने बाध्यता , स्वार्थी American life style , कड़ा नियम कानुन, social security record, कड़ा काम, पढाइको दवाव, आर्थिक समस्या, sharp competition, high technology , parents expectations , कसरी Green card पाउने भन्ने tension ... आदीले दैनिक रुपमा मानसिक तनाव झेल्नु परिरहेको हुन्छ तर share गर्ने मनले खाएको आफ्नो कोहि हुदैन ।

यता नेपालमा parent हरू मेरा छोराछोरी अमेरिका पढ्न गएको छ भनेर गफ चुटेर महत्वाकांक्षी योजना सहित मख्ख परेर पार्टी खाएर रेष्टुरेन्टमा tips दिन्छन , उता छोराछोरी रेष्टुरेन्टमा काम गरेर tips बटुल्छन ।
यता parents ठुलो महलमा काम गर्ने मानिस समेत राखेर मौजमस्तीमा बस्छन । उता छोराछोरी ४-५ जना एउटै कोठामा गुडिल्को परेर बस्छन । 

यता parents Driver राखेर अफिसको पजेरो चढ्छन, उता छोराछोरी खुट्टामा फोड़ा पर्ने गरि कठ्याग्रिने चिसोमा २-४ माइल झोला बोकेर हिड्छन ।
यता parents महल गै brand का लुगा लिन्छन , उता छोराछोरी कता २ पैसा सस्तो छ भनि sale का सामान किन्छन ।
यता parents घुम्ने कुर्चीमा दिनभर घन्टी बजाएर order गर्छन, उता छोराछोरी दिनभर उभिएर खुट्टा सुनिदा सम्म काम गर्छन । 

नेपालमा भएको वाबुआमाको संम्पत्ती वा पदले कुनै प्रभाव पर्दैन । चाहे जुन सुकै पदमा CDO/DSP हुन वा कर्नेल/ जर्नेल, उप सचिव/ सचिव हुन वा financials/ Bank Manager, उधौग ब्यापारी हुन वा शांसद/मंत्री जुन सुकै अरबपति वा करोड़पति का छोराछोरा हुन करिब ९५% नेपाली बिदेशी बिध्यार्थीहरूको यथार्त कथा ब्यथा सबैको यस्तै नै हुन्छ ।

जति माथीको status वा level हुन्छ तेति नै तल झर्नु पर्ने बाध्यता हुन्छ । किनकी सबैले शुरूआत zero बाट शुरू गरु गर्नु पर्ने हुन्छ ।

समाधानका प्रमुख उपायहरू : 

आर्थिक समस्या : चार बर्ष bachelors complete हुदा सम्म लाग्ने जम्मा खर्च छोराछोरीलाई भर्ना  सकिदैन भने बिदेश नपठाउने ।
Communication: छोराछोरी संग नियमित सम्पर्क मा रहने र उनिहरूको कुरा सुन्ने बुझ्ने र दुखमा साथ दिने ।

सोचमा परिबर्तन : पैसा र संम्पत्ती तिन पुस्तालाई कमाएर राख्नुको सट्टा ब्यबहारमा छोराछोरीको खुशीको लागि खर्च गर्ने ।

छोराछोरी : बाबुआमाले दुख गरेर कमाएको संम्पत्ती हाम्रै लागि हो भनेर चार बर्ष bachelors गर्दा सम्म यताउता नलागि parents संग पैसा मागेर ध्यान लगाएर पढ्ने ।

American life style: अब म २२ बर्षको भए , म आफ्नै खुट्टामा उभिन्छु, बाबुआमा संग केहि माग्दिन भन्ने अमेरिकी सोच त्याग्ने । 

चेतनामुलक कार्यक्रम : स्कुल, कलेज र गाऊँ गाऊमा सरकारद्दारा बिदेश जाने महामारी रोग बारे समालोचनात्मक शिक्षामुलक जनचेतना जगाउने कार्यक्रम चलाउने ।

हामी सबैले छोराछोरी 10+2, A, O level सके पछि बिदेशै जानु पर्छ वा पठाउनु पर्छ भन्ने सोचमा बेलैमा परिबर्तन ल्याउन सकिएन भने अबको १० बर्षमा हलों जोत्ने गरिव किसानको छोराछोरी बाहेक अरू युवा नेपालमा रहने छैनन ।
यसरी बिदेशमा आफैले दुख कष्ट गरेर पढ़ाई सके पछि न यी छोराछोरी नेपाल फर्कनेछन न त बाबुआमा लाई सेवा गर्लान भनेर आसा राख्ने ठाऊ नै छ ।  अनि कतिले यसरी नै depression मा परि आत्महत्या गर्न बाध्य हुनेछन ।

चेतना भए बेलैमा सबैले आखा खोल्न जरुरी छ ।

अरु धेरै समाचार र का लागि तलको होम पेजको लिँक क्लिक गर्नुस् 
for more news views click this Home Page Link 
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक