20171015

अमेरिकाको बाल्टिमोरमा दु:खद निधन भएका प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कार यसरी सकियो !

मेरा परम मित्र चेतनाथ कँडेलका सुपुत्र, बाल्टिमोरमा दु:खद निधन भएका प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कारमा सहभागी सबै नेपाली दाजुभाइ दिदी बहिनीहरु प्रति, गो फण्ड मार्फत दाह सँस्कार प्रकृयामा सहयोग गरी सहभागी सबै सबै प्रति, हिन्दू सँस्कार अनुसार अन्तिम बिदाइ गर्ने गुरुबर लक्ष्मण भण्डारी प्रति, अन्तिम बिदाइ एबम दाह सँस्कार प्रकृयामा मलाई बाल्टिमोरबाटै साथ दिने बाना परिवार, समाजसेबीहरु प्रभु थापा, अनु श्रेष्ठ, कुलजी, चिरनजी, एचबिजी, महेशजी, शान्ताजी, सुजनजी, बाबु पारस लगायत सबै प्रति चेतनाथ कंडेल परिवारका तर्फबाट म हार्दिक आभार प्रकट गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछु । अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा लगायत श्रध्दान्जली ब्यक्त गर्नुहुने र समबेदना ब्यक्त गर्नुहुने सबै प्रति धन्यवाद ज्ञापन गर्दछु ।

* रामप्रसाद खनाल - अध्यक्ष 
 - अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका 
 - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
 वाशिङटन डिसी मेट्रो कमिटी, समस्त परिवार









अमेरिका पढ्न गएका छोराछोरीहरूले आत्महत्या गर्नुको प्रमुख कारण र समाधानका उपायहरू !

- महेश भट्टराई, अमेरिका 
नेपाल हुदा बाबुआमाको काखमा पले पढेका केटाकेटीहरू १९-२० को उमेरमा नै एक्कासी घर छाडी बिदेश पढ्न जानु सहज भने पक्कै पनि हुदैन । मम्मी यस्तो खान मन लाग्यो, वावा यस्तो चाहियो भनि राजकुमार र राजकुमारी झै पुलुलिएर बसेका छोराछोरी बिदेशी भुमीमा एक्लै संघर्ष गर्नु सजिलो कुरा हुदै होइन ।

आफ्नै ठुला ठुला महत्वकांक्षा र साथीभाईहरूको लहैलहमा लागेर बिदेश जाने लहड हुनाले बाबुआमा संग गुनासो र दुख पोख्ने खासै सहज पनि मान्दैनन। बिदेश भएका आफन्त भन्नेहरूले पनि मुखले ठिक्क हुन्छ नि “सकेको सहयोग भै हाल्छ नि “ भने पनि आफै घुन पिसाई र संघर्ष को जिवन बाच्नु परेकाले खासै सहयोग भने गरेको पाइदैन ।

आफ्नै रोजाइ र खुशीले बिदेश पढ्न आएको कारणले पनि बाबुआमालाई आफ्नो दुख भन्न वा देखाउन पटक्कै चाहदैनन । जब दुख पर्न थाल्छ तब बिस्तारै बाबुआमाले दिएको मायाप्रेम र शुख 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक