20171029

पार्टीका नेताहरूको योग्यता र क्षमता भनेको हत्या, आतड्क,लुट, गुन्डागर्दी, सडक आन्दोलन र तोडफोड !

हत्यारा बन्ने कि बिबेकशील !

हिजका पार्टीका नेताहरूको योग्यता र क्षमता भनेको हत्या, आतड्क,लुट, गुन्डागर्दी, सडक आन्दोलन र तोडफोड को माध्यमबाट सत्ता परिबर्तन गर्नु थियो र तेसै गरे, सफल भए ।
सत्ता परिबर्तन र कुर्चीको लडाईमा २५-३० बर्ष लगायौ । जनतालाई बिभिन्न बाद र पार्टीमा छिया छिया पारेर "बिकास" लाई चाबी लगायौ । एउटा राजा फाल्यौ र सात छोटे राजाहरू लाई जन्म दियौ ।
देशको यतिका बर्ष सम्म भैरहेको कुसंस्कार, कुरूती, भ्रष्टाचार, दन्ड हिनता,लुटतन्त्र , बिरोजगारी र युवाहरूको बिदेश पलायन को जिम्मेबारी यीनै पार्टी र नेताले जिम्मा नलिए कसले लिने ?
बिदेशको प्लेनबाट दैनिक एयरपोर्ट आउने लास  बिदेशमा हुने युवाहरूको आत्महत्याको जिन्मेबार पनि यीनै नेता र पार्टी ले लिनै पर्छ ।
तेसैले यीनीहरू सबै हत्यारा हुन । 
अनि यीनै हत्याराहरू लाई भोट र नोठ दिएर सहयोग गर्ने साक्षी बस्ने हो मा हो मिलाउने हामी हरू लाई के भन्ने ?

के अझै पनि तपाई को छोराछोरी पढ्न, जागीर खोज्न र उपचारको लागि बिदेशै जाओस भन्ने चाहनु हुन्छ ?
आजको राजनैतिक आबस्यकता भनेको सुशासन,सुसंकृती, संबृद्दी र प्रबिधीको बिकास हो ।
के यो हिजका तेहि चरित्र र योग्यता भएका पार्टी र नेताहरू बाट संभव होला ? तेसै आज हाम्रो देशको यो हालत भयो होला ?
पटक पटक सांसद र मन्त्री भएका नेताहरू लाई पुन जिताउनु भनेको देश र आफ्नो छोराछोरीको भबिष्यको ठाडै हत्या गर्नु हो । 
आफ्नो खुट्टामा बन्चरो आफै हान्नु हो ! 

कुहिएको आलुको बोरा(पार्टी) मा जति नै राम्रो नया आलु(युवा नेता) हाले पनि कुहिएरै छाड्छ ।

यसको लागि असल पार्टी र नेतृत्वको आवस्यकता पर्दछ ।

यो असल चरित्र, स्वावलम्वी, पढे लेखेको युवा, नया प्रबिधी जानेको र इमान्दार नया पार्टी र नेतृत्व बाट मात्र सभव छ ।

थोरै विवेकसिल बनौ ।
आफ्नै भविष्य आफै बनायौ ।

- महेश भट्टराई, केलम्बिया, अमेरिका
(म एक स्वतन्त्र लेखक हु, कुनै पार्टी संग संम्लग्न छैन )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक