20171028

राजविराजबाट काठमाडौं आउदै‌ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ३१ को मृत्यु

धादिङ गजुरीको बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृत्यु हुनेमा ११ पुरुष, ११ महिला र ९ बालबालिका रहेको जिल्ला प्रशासन कार्यालय धादिङ जनाएको छ । राजविराजबाट काठमाडौं आउदै‌ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा मृत्यु भएका १९ जनामध्ये १२ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सप्तरीकी सिमीकुमारी झाँ, सिराहाका राडाकुमार यादव, सप्तरीका नरेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झाँ, सिम्मी कुमारी झा, आदित्य यादव, पार्वती चौधारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मधुवन बिहार भारतका ममतादेवी ठाकुर र सिराहाका राजकपुर यादबको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ । घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई
जनाको काठमाडौंमा उपचार भइरहेको छ । ना ६ ख १४६७ नम्बरको बस बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ६० जना यात्रु सवार रहेको धादिङका प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए ।

सवारी दुर्घटनामा सनाखत भएका मृतकहरुको बिवरण
1.जि सिराहा गोलबजार ८ बस्ने वर्ष ५० को राज कपुर यादब 
2.जि सप्तरी बोधेबर्साईन १ बस्ने वर्ष १५ को चन्द्र रेखा प्रमाणी
3.ऐ ऐ राजबिराज न पा १६ बस्ने वर्ष ७४ को चन्द्रावती झा
4.ऐ ऐ तिलाठि कोईलारी गा पा १ बस्ने वर्ष ३३ को मन्जित कुमार झा
5.ऐ देउरिया भरुवा न पा १८ बस्ने वर्ष १८ को नरेश मुखिया(सह-चालक)
6.ऐ ऐ नरैया बस्ने वर्ष ३ को शुसान्त चौधरी
7.ऐ ऐ नरैया बस्ने वर्ष २४ रामानन्द यादब
8.भारत बिहार बस्ने वर्ष २९ की ममता देबि ठाकुर
9.जि सप्तरी बोधेबर्साईन २ बस्ने वर्ष ६ को आदित्य यादब
10.ऐ ऐ तिलाठि गा पा ३ बस्ने वर्ष ३८ को संजित कुमार झा
11.ऐ ऐ नरैया बस्ने वर्ष २६ की पार्बती चौधरी
12.ऐ ऐ तिलाठि ३ बस्ने वर्ष ३५ की सम्मि कुमारी झा
13.ऐ ऐ बोधेबर्साईन ३ बस्ने वर्ष १५ की चन्द्र लेखा प्रमाणी
१४. ऐ.ऐ.माहादेवा ९ बस्ने बर्ष २७ को प्रमोद ईसार
१५. ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष २९ को सुधिर कुमार यादब
१६ भारत बिहार मधुवनि बस्ने बर्ष १२ को मनिष ठाकुर
१७ जि सिराह नराह गा. पा.१० बस्ने बर्ष ३० को उदय मण्डल
१८ जि.सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष २५ कि आशीकि कुमारी यादव
१९ ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष ५ कि समिक्षा यादव
२० जि.सिराह लहान न.पा.६ बस्ने बर्ष ३७ कि प्रभा चौधरी
२१ जि.सप्तरी राजबिराज न.पा. १३ बस्ने बर्ष ३० को रिषी आनन्द देव
२२ ऐ.ऐ. १४ बस्ने बर्ष २० को आदित्य झा
२३ ऐ.ऐ.बोधेबरसाईन २ बस्ने बर्ष १३ कि समिक्षा कुमारी यादब
२४ ऐ.ऐ. सम्भुनाथ न.पा. बस्ने बर्ष ५को सुदिप चौधरी
२५ ऐ.ऐ.बोधेबरसाईन ३ बस्ने बर्ष ९ कि चित्र रेखा बरमाणी
२६ ऐ.ऐ. बोधेबरसाईन ३ बस्ने बर्ष १ कि मानवी यादव
२७ जि. सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष ३५ को सुरेन्द्र चौधरी
२८ ऐ.ऐ.३ बस्ने बर्ष ११ कि चित्र रेखा प्रमाणी
२९ ऐ.ऐ.२ बस्ने बर्ष ६ को पसुपती चौधरी
नोटः- बाँकी २ जनाको सनाखत हुन बाँकी जम्मा मृतक संख्या ३१ जना
सनाखत भएका - पुरुष-११,महिला ८-,बालक-५,बालिका-५ जम्मा -२९ जना 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक