20171030

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु, ८ घाइते

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएकत्त थियो । दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै,दुई जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा र एक जनाको उपचारका क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने
मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका बिष्णु पाण्डेय र चालक भमि घर्ति, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् । गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । यस्तै घाइते हुनेहरुमा एक जना महिला, ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालक सहित १७ जना अनलाइन खबरले उल्लेख गरेको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक