20171031

हत्यारा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परे पछी जेल चलान, जेल चलान हुँदै गर्दा ढुंंगेलले भने - अब शान्ति प्रक्रिया भंग हुन्छ !

माओवादीका नाममा मान्छे मार्ने एकजना राक्षसी, सर्बोच्च अदालतले हत्यारा साबित गरी सर्बस्व सहित जेल सजाँय सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल ढिलै भएपनि पक्राउ परे र भर्खरै जेल पनि चलान भए । उनलाई पहिले पक्राउ गर्न माग गर्ने एमालेको प्रतिकृया के होला अहिले ? त्यो  प्रतिक्षामा छ तर माओवादी केन्द्र र अन्य माओवादी घटकले यसको चर्को बिरोध गर्दै रिहाइको माग गरेका छन ।  हत्यारा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परे पछी र जेल चलान भए पछी अब अरु धेरै हत्यारा माओवादी बालकृष्ण ढुंगेलहरुको मुटुमा ढ्याङ्रो बज्न शुरु हुनु, बिरोध हुनु स्वभाबिकै हो ।


प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई मगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई साना पोसाकमा रहेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीच भने सुरक्षाको कारण देखाउँदै सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए, जहाँ भाइ बहिनीसहित ३/४ जना बस्दै आएका थिए ।
ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले गृहमन्त्रीबाट विनाविभागीय भएका जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई लाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भनेका छन् ।
पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको थियो । तर, उनी पक्राउ परेका थिएनन् । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले सिफारिस कार्यान्वयन रोक्यो ।
सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश पनि दियो तर, पक्राउ परेनन् । आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले ४ कात्तिकमा प्रहरी प्रमुखविरुद्ध अदालतको अवहेलनाको मुद्दा हाले ।
ढुंगेललाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराएर सदरखोर चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।
जेल चलान हुँदै गर्दा ढुंंगेलले भने आफूलाई जनयुद्धकालीन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएको अनलाइन खबरमा उल्लेख छ ।  
Image result for balkrishna dhungel
Image result for balkrishna dhungel
Image result for balkrishna dhungel

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक