20171008

अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा प्रभा भट्टराई देउजाले हराइन प्रेम पौडेललाई ! बहुमत पनि प्रभा समुहकै !



अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा प्रभा भट्टराई देउजा अध्यक्षमा बिजयी हुनुभएको छ । वहाँले ६३९ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्दी प्रेम पौडेलले ५१५ मत प्राप्त गर्नुभएको छ ।

प्रथम उपाध्यक्षमा डा बिष्णु घिमिरेले ५७२ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने   वहाँका निकटतम प्रदिद्वन्दी सुजीत अर्जेलले ५४८ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी द्वितिय उपाध्यक्षमा कृष्ण अधिकारीले ६५३ मत प्राप्त गरी बिजयी हुनुभएको छ । वहाँका निकटतम प्रतिद्वन्दी एन्ड्रिउले ४४८ मत प्राप्त गर्नुभएको छ ।

महासचिबमा सुदिप पोखरेलले ५८६ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने प्रतिद्वन्दी अर्जुन दाहालले ५०२ मत प्राप्त गर्नुभएको छ ।

सचिबमा अन्जना बुढाथोकीले मत प्राप्त गरि ६५८ मत प्राप्त गरी बिजयी हुनुभएको छ वहाँका निकटतम
प्रतिद्वन्दी रुद्र ढुङ्गेलले ४२५ मत प्राप्त गर्नुभएको छ  ।

कोसाध्यक्षमा शुभ शाक्यले ५८० मत प्राप्त गरी बिजयी हुनुभएको छ । वहाँका निकटतम प्रतिद्वन्दी इयान बुटेरिजले ५०३ मत प्राप्त गर्नुभएको छ । संचार निर्देशकमा निलु खरेल निर्बिरोध हुनुभएको छ ।

बिजयी सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभ कामना । निकटतम प्रतिद्वन्दीहरुलाई लाई सहानुभुति । हार्ने जित्ने सबैलाई एक बनाएर, मिलाएर समाज अगाडि बढाउन बिजयी सबैलाई हाम्रो अनुरोध ।
       








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक