20171111

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको ४५ सेकेण्डको सम्बोधन ! रुखमा भोट हाल्नुहोस् सबै माग पुरा हुन्छ: प्रधानमन्त्री देउवा

 नेपाली काग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधन पश्चात राजधानी फर्कनुभएको छ ।  समय अभावको कारण देखाउँदै सभापति देउवाले भन्नुभयो, “रुखमा भोट हाल्नुहोस्, सबै माग पुरा हुन्छ ।” आज ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आउनुभएको हो । आजै, उहाँले पाँचथरको समेत चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।  नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने दाबी गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक