20171117

मेरो भन्नु केही पनि छैन हजुर !

टुक्केदाइले उखान टुक्काको फुसफुसी पाद छोड्दा 
मिठो बासना, राष्ट्रबादी बासना सम्झिनेहरुलाई !
लुते शेरले सत्तामा बसेर गरिदिएको आचिलाई 
बिपी कोइरालाको प्रसाद सम्झिनेहरुलाई !
हत्या, अपहरण, लुटपाट, दुर्गतिको नाइकेलाई 
"महान नेता" सम्झिनेहरुलाई !
कमल थापा, बिजय गच्छेदारजस्ता सदाबहारहरुलाई 
सत्ता साझेदार बनाउँदै आफ्नो सम्झिनेहरुलाई !
मेरो भन्नु केही पनि छैन हजुर ! 
हाल्नुस् तिनैलाई भोट हाल्नुस् 
पाल्नुस् भ्रम जालका खेतीहरु !
तपाईंको जिबन त यसरीनै बित्यो 
अब छोरा छोरीलाई पनि तिनैका दास बनाउनुस् !
युवा जनशक्तिलाई बिदेशको बास बनाउनुस् 
बुढाबुढी बाबुआमा पिँढीमा एक्लै बस्दै रुँदै 
बाँचुन्जेल टाउको कन्याउनुस् !
अन्त हुँदै होइन हजुर, 
टुक्केदाई र छबिलालको बामगठबन्धनलाई 
लुते शेर, गन्हाउने कमल, गच्छेदारहरुको काङ गठबन्धनलाई
आँखा चिम्म गरेर भोट खन्याउनुस् !
अनि जिन्दगी भर उनिहरुलाई हेर्दै, मृत्‍यु कुर्दै 
टाउको कन्याउनुस्, उनिहरुकै झण्डा समाउनुस् !

******************
अरबको खाडीमा पसिना बगाउने 
केही भाईहरु भन्छन - बाम गठबन्धन जिन्दाबाद !
इराक, दुबइ कतारमा पसिना बगाउने 
केही बहिनीहरु भन्छन - काङ गठबन्धन जिन्दाबाद ! 
मलेशियाबाट अर्का भाई थप्छन 
महान नेता प्रचन्ड जिन्दाबाद !
अफगानिस्तान बाट अर्को भाई जप्छन 
महान नेता बाबुराम जिन्दाबाद !
शेर बहादुर, टुक्के दाई, गन्हाउने कमलहरुका 
माला जप्दै र जिन्दाबाद थप्दै गर्ने त कति कति !!
यि र यस्तै यस्तै देख्दा देख्दै 
मनमा आएका भावना लेख्दा लेख्दै 
कति गीत बने, कति कविता बने 
कतिले राम्रो भने 
कतिले अम्रिकाने तँलाई के खाँचो सम्म पनि भने !! 
कतिले रबीन्द्र उज्ज्वलहरुलाई गाली गर्दै
नेता र पार्टीका झनै ठुला दाश पनि बने !
दाश बन्दा बन्दै, पार्टी र नेता ज्यू भन्दा भन्दै 
कति बन्द बाकसमा लाश बनेर फर्किए !
यस्तै यस्तै हेर्दा हेर्दै जाने भयो चोला 
देश दुख्नु पर्ने हामीलाई अझै 
हामी जस्तो उल्लु अरु को होला ?? 
हाम्रो देश दुखाइले कसलाई पो छोला !
                                                       - रामप्रसाद खनाल , November 17, 2017

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक