20171105

मेरो योगदानको राष्ट्र र समाजले उच्च मूल्यांकन गरिरहेकोछः बालकृष्ण चापागाईं

बालकृष्ण चापागाईं पत्रकारितामा मोफसलको राजधानीका रुपमा सुपरिचित बुटवलबाट प्रकाशित 'दैनिक पत्र' राष्ट्रिय दैनिकका प्रधानसम्पादक, 'जनसंर्घष्ा' साप्ताहिकका संस्थापक, 'स्वाधीन' मासिकका अतिथि सम्पादक हुनुहुन्छ । २०३५।०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश र २०३८ देखि पत्रकारिता सुरुगरी राजनीति र पत्रकारितालाई सँगसँगै झण्डै ४० वर्षघि देखि डोर्‍याउँदै आउनु भएको छ । २०३७ मा अनेरास्वयु रुपन्देहीको पहिलो सचिव, ०३८ मा अध्यक्ष, ०३९ मा जिल्ला अध्यक्ष र २०३९ देखि २०४४ सालसम्म अनेरास्वयुको केन्द्रीय सदस्य र लुम्बिनी अञ्चल इन्चार्ज एवं २०४६ सालको संयुक्त जनआन्दोलनमा बुटवलको बाममोर्चाको सचिव भई कुशलतापूर्वक आन्दोलनमा योगदान पुर्‍याउनु भएको अग्रज व्यक्तित्व हुनुहुन्छ । युवासंघ नेपाल बुटवलको प्रथम अध्यक्ष, नेकपा एमाले रुपन्देहीको प्रचार विभाग प्रमुख, नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य रही लामो समयसम्म क्रियाशील, प्रेस चौतारी नेपालको दुई  कार्यकालसम्म केन्द्रीय अध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीको दुई कार्यकाल अध्यक्ष, राष्ट्रिय समाचार समिति -रासस) को कार्यकारी अध्यक्ष, रेडियो मलमला मुर्गिया - रुपन्देहीको संस्थापक अध्यक्ष, कान्ति उच्च मावि बुटवलको व्यवस्थापन समिति अध्यक्ष भई ती संस्था र अन्य विभिन्न संस्थाहरुमा रही  नेतृत्व दिइसक्नु
भएको छ । नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर -एम.ए.), आमसञ्चार तथा पत्रकारिता विषयमा पर्ूवाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर -एम.ए./एम.सी.जे.), कानुन विषयमा त्रिभुवन विश्वविद्यालयबाट -एलएल.बी.) र अधिवक्तासमेत रहनु भएका एवं 'बौर्द्धदर्शन र सञ्चार' विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि -पीएच्.डी.) गरिरहनु भएका वरिष्ठ पत्रकार र समाजसेवामा क्रियाशील, प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनका निष्ठावान र बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित बालकृष्ण चापागाईंसँग नेपाल मदर डट कम (www.NepalMother.com) अमेरिकाले लिइएको अन्तर्वार्ता यहाँ  प्रस्तुतछ: सम्पादक

प्रश्नः १. तपाईं रुपन्देही जिल्लामा रही पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधानको कार्यान्वयनसम्मको संर्घष्ाशील यात्रामा पत्रकारिता र राजनीतिका माध्यमबाट लामो समयदेखि निरन्तर क्रियाशील हुनुहुन्छ - तर अहिले हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा किन इच्छा व्यक्त गर्नु भएन ?

उत्तर-  अहिलेको परिस्थिति भनेको दलगत राजनीति निर्ण्ाायक भएको अवस्था हो । दलगत स्वतन्त्रताका लागि २०३५।३६ देखि निरन्तर संर्घष्ा गरियो । पञ्चायत हट्यो । राजतन्त्र हट्यो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यस हिसाबले मेरा हाम्रा उद्देश्य र मागहरु पूरा हुँदै गएका छन् भन्ने मेरो बुझाइ छ । किनकी जनता र्सार्वभौमसत्ता सम्पन्न भएका छन् । जनताको छोरो र छोरी मुलुकको राष्ट्रपति पदमा आसीन भइ सकेका छन् । विभिन्न जात-जाति, भाषा-भाषी, पिछडिएको क्षेत्र, समुदायका राज्यसत्तामा पहुँच पुग्न नसकेकाहरु पनि सत्तामा पुग्ने अवसर प्राप्त भएको छ । त्यस हिसाबले हामीले गर्दै आएका आन्दोलनका मागहरु पूरा हुँदै गएका छन् । त्यस हिसाबले म खुसी छु । सन्तुष्ट छु । जहाँसम्म तपाईले २०७४ को मंसीरमा हुन गइरहेको प्रदेश सभा र प्रदेश सभाको चुनावमा किन इच्छा व्यक्त गर्नु भएन भन्ने प्रश्न छ हो त्यसमा मैले इच्छा राखेर कुनै आग्रह, अनुरोध र लवि· गर्ने काम गरिन । यद्यपि मलाई रुपन्देही, प्रदेश नं.५ का साथीहरुले प्रदेश सभा सदस्यका लागि योग्य ठानी सिफारिस गर्नु भएको थियो । तर संविधानमा समावेशी अवधारणा अनुसार सबैलाई प्रदेश सभा र प्रतिनिधि सभामा पठाउनु पर्ने भएकोले नेतृत्वलाई समस्या परे होला भन्ने मैले ठानेको छु र यसलाई सहज रुपमा लिएको छु ।

प्रश्नः २. तपाईंले एमाले र माओवादी बीचको गठबन्धनलाई कसरी लिनु भएको छ ?
उत्तरः मैंले यसलाई स्वभाविक रुपमा लिएको छु । स्थानीय तहको निर्वाचनमा पनि यी दुइ दलबीच सहकार्य र सहमति भएको भए अरु राम्रो हुने थियो । तर अहिले हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा यी दुइ दलबीच जुन सहकार्यको स्थिति बनेको छ, यसलाई मैले सकारात्म रुपमा लिएको छु । यसको सफल कार्यान्वयन हुन जरुरी छ । साथै पार्टर्ीीकीकरण गरी अगाडि बढ्दा अझ राम्रो हुन्छ भन्ने मेरो दृष्टिकोण छ । यसतर्फपनि नेतृत्वले पहल गरोस भन्ने आग्रह रहेको छ ।

प्रश्नः ३. दुवै पार्टर्ीी कार्यकर्ता र आम जनताबीच यो गठबन्धनको असर कस्तो पाउनु भएको छ ?
उत्तरः यसमा समग्रमा सकारात्मक प्रतिक्रिया नै रहेको छ । विश्वास र आशंका दुवै रहेका छन् । तर पनि कार्यकर्ता र जनताले पनि यसलाई सकारात्मक रुपमै ग्रहण गरेका छन् । राम्रोसँग मिलून, एकताबद्ध भएर अगाडि बढून, राष्ट्र र जनताको कल्याणका लागि निष्ठावान तरिकाले अगाडि बढून भन्ने चाहाना राखेका छन् ।

प्रश्नः ४. नेपालको, त्यसमा पनि विशेषगरी लुम्बिनी अञ्चलको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा तपाईबाट पत्रकारिता र राजनीतिक क्षेत्रबाट भएको योगदानको तपाईसम्बद्ध राजनीतिक दलले मूल्यांकन गरे जस्तो लाग्छ ?

उत्तरः म राजनीति र पत्रकारितामा कुनै पद प्राप्तिका लागि उद्देश्य बनाएर लागेको व्यक्ति होइन । १५।१६ वर्षअर्थात् हाइस्कूल तह कक्षा ८ देखि नै राजनीतिमा आकषिर्त भई सक्रिय भएको व्यक्ति हूँ । पारिवारिक विरासत वा कुनै नेताले अगाडि बढाउन खोजेर राजनीतिमा प्रवेश गरेको होइन । समय र परिस्थितिले, आन्दोलनले मलाई आकषिर्त गरेको हो । आन्दोलन नै आन्दोलन, संघर्षौं संर्घष्ाबाट २०७४ सालमा आइपुग्दा कति वर्षपुगेछ तपाई आफै हिसाब गर्नुहोस् । मलाई गौरव छ । मैले जनताको आन्दोलनमा सक्रिय रुपमा भाग लिएको छु । विद्यार्थी आन्दोलन र प्रेसस्वतन्त्रताको आन्दोलनमा त विभिन्न मोर्चामा रहेर नेतृत्वदायी भूमिका नै निर्वाह गरेको छु । पञ्चायतकालीन अवस्थामा लुम्बिनी अञ्चलमा मैले विद्यार्थी मोर्चामा रहेर निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध गरेको आन्दोलन, प्रेस चौतारी नेपालको नेतृत्वमा रहेर शाही शासन विरुद्धको आन्दोलनमा राजधानी काठमाडौं मै रहेर खेलेको भूमिका, मुलुकमा हिंसा, आतंक र ज्यानमार्ने उद्योगले चरम रुप लिएको बेला बारा जिल्लाका पत्रकार विरेन्द्र शाहलाई हत्या गरी बेपत्ता पारिएको सर्न्दर्भमा कि सास चाहियो कि लाश चाहियो - भनी गरेको आन्दोलनमा प्रेस चौतारी नेपालको अध्यक्षको हैसियतले खेलेको भूमिका र त्यसले राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा पारेको प्रभाव बारे देश-विदेशमा रहेका सबै महानुभावहरुलाई र्सवविदितै छ । यसबारेमा पनि कही न कही मूल्यांकन भएकै होला । जनताले मूल्यांकन गरिरहेकै छन् । राष्ट्र र समाजमा मेरो उच्च मूल्यांकन भइरहेको छ भन्ने मेरो विश्वास छ ।

प्रश्नः ५. तपाईं अहिले चुनाव नलडने भएपछि आफ्नो समय कुन कार्यमा दिइरहनु भएको छ ?

उत्तरः पहिलो कुरा त म चुनाव लडे पनि नलडे पनि मैले आस्था राख्ने पार्टर्ीीुनावमा लडेको छ । त्यो पार्टर्ीी नेता कार्यकर्ता लडेका छन् । उनीहरुलाई जिताउनु मेरो परम कर्त्तव्य हो । आफू चुनाव लडदा भन्दा अरु साथीभाई चुनाव लडेको अवस्थामा जिताउनका लागि झनै सक्रिय हुनुपर्ने हुन्छ । त्यही अनुसार म झनै सक्रिय छु । साथै मैले अहिले आफ्नो समय अध्ययनमा केन्द्रित गरिरहेको छु । तपाईलाई थाहा छँदैछ विश्व शान्तिका अग्रनायक गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो । नेपालमा हो । उनले विश्वको कल्याण र शान्तिका लागि दर्शन, सिद्धान्त र विचार दिएका छन् । आजसम्म जन्मेका संसारका मानिसहरुमा सबभन्दा लोकप्रिय महामानव गौतम बुद्ध नै हुन् । म लुम्बिनी अञ्चलवासीको नाताले गौतम बुद्धका विचार बुझ्नु, उनका विचारको विश्लेषण गर्नु, असल विचारलाई विश्वव्यापीकरण गराउनमा सघाउनु, योगदान पुर्‍याउनु मेरो कर्त्तव्य हो । यही कर्त्तव्यलाई आदर्श ठान्दै अहिले मैले 'बौर्द्धदर्शन र सञ्चार' विषयमा विद्यावारिधि -पीएच्.डी.) गरिरहेको छु । यो अन्तिम चरणमा पुगिसकेको छ । यो कार्य सम्पन्न भइ सकेपछि बौर्द्धदर्शनको प्रचार प्रसार गरी विश्वमा अरु प्रभाव विस्तार गराउनमा योगदान पुर्‍याउने मेरो उद्देश्य रहेको छ । जहाँसम्म राजनीतिक जिम्मेवारीको कुरा छ त्यो त म आवद्ध पार्टर्ीीेतृत्वले आवश्यक ठानेमा मात्रै प्राप्त हुने कुरा हो । या त आफै राजनीतिमा पर्ूण्ा रुपमा होमिएर नेतृत्व लिन सफल हुँदाका बखत प्राप्त हुने चिज हो । तर पनि म अबको बाँकी जीवन राष्ट्र र जनताको सेवामा अविछिन्न रुपमा क्रियाशील रही नेपालमै रहेर योगदान दिने सोंच बनाएको छु । मेरा विचारलाई नेपाल मदर डट कम अमेरिका मार्फ् विश्वव्यापी रुपमा पुर्‍याउने जुन अवसर दिनुभयो त्यसका लागि म आभारी छु । तपाई, तपाईको परिवार र तपाईको संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक