(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20171202

तपाईंलाई दुखको बेलामा साथ कसले देला ?

महेश भट्टराई  
एक्लोपनको महसुस :
के तपाई बिरामी पर्दा एक्लै अस्पताल वा घर कै बेडमा छटपटाई बस्नु परेको छ ? कोहि भेट्न आई दिए पनि हुन्थ्यो , मनको कुरा गर्न पाए पनि हुन्थ्यो , नबोले पनि छेऊमा बसि दिने कोहि भै दिए पनि हुन्थ्यो, हात समातेर बस्ने कोही आई दिए पनि हुन्थ्यो भन्ने लागेको थियो ।
त्यस समयमा आफन्त, साथीभाई वा छरछिमेक लाई औला भाची भाची संझनु भएको थियो !
जब दुख पर्छ, मानिस चिनिन्छ भन्छन र बास्तब मै मानिस चिन्ने अवसर पनि यहि नै हो ।
बिबाह वाँ पार्टीमा निम्ताको कार्ड लेख्न बस्यो भने हातै दुख्ने गरि लेख्दा पनि कहि कतै कोही आफ्ना मान्छे छुट्टी हाल्ला कि भन्ने पिरलो हुन्छ । लाग्छ, आहा मेरा मान्छे त धेरै पो रहेछन र आफु ठुलै मान्छे भएको अनुभुत र भित्र भित्र घमण्ड पनि हुन्छ । बधाई र शुभकामना दिने हरूको ओइरो नै लाग्छ ।
जब दुख पर्छ तब थाहा हुन्छ कति रहेछनत, बास्तब मै आफ्ना मान्छेहरू। दुख पर्दा कार्ड पठाउने चलन पनि त छैन हाम्रो समाज । दुख बाड्नु हुदैन, सुनाउनु समेत हुदैन भन्छन । फेरि मलाई दुख पर्यो भनि झ्याली पिट्ने कुरा पनि त भएन ।
उहि तेहि मानिस थाहा पाएर पनि नपाए जस्तो बाटो काटेर हिड्छ । पार्टी खान गोठै बाधेर , कामै छाडेर आएको मानिस आज उसलाई भेट्न सम्म आउन फुर्सद भएन रे । गाऊँ भरिको कुरा थाहा पाउने उसले थाहै नपाएन भनेर नाटक गरेर हिड्छन ।
कसैको मृत्यु भयो भने फेसबुक मा श्रद्धांजलि, RIP , बैकुन्ठ बास होस, परिवारलाई धैर्य धारणा गर्ने शक्ती मिलोस भन्नेहरूको ओइरो नै लाग्छ । तर यो दुखमा मैले कसरी साथ दिनसक्छु वा के सहयोग गर्न सक्छु भनेर प्रत्यक्ष्य भेटेर वा फोन मै भए पनि हामी कतिले मनैबाट
भन्यौ होला ? आफ्नै छातीमा हात राखेर सोचौ त !
कतिले त दुखको खवर सुनेर, देखेर पनि ए हो र भनि  लामो लर्को धसारौ पनि होला ।

अस्पतालमा वा दुखमा छटपटाई रहेको मानिसलाई फेसबुकमा लेखिएका शब्दहरूले कति मलम पट्टी लगाउन सक्ला ? फ़ोनमा कहिले भयो ? के भयों ? कसरी भयों ? किन भयों ? भन्ने सम्मका प्रस्नहरूले ओइरोले कत्तीको सहयोग गर्न सक्ला ?
भेट्न आई हाले पनि एक हुल जम्मा भै अस्पताल वा घरको कोठा नै भरिने गरि आउने वा एकै समयमा शान्त बाताबरण नै खलवलिने गरि आउने वा आफ्नो फ़ुर्सत र बिदाको समय पारि आउने र बिरामी लाई झिझो लाग्ने गरि बोलेर बस्ने र चिया नास्ता खुवाउनु वा सेवा सत्कार गर्नु पर्ने अवस्था पनि हामीले सुनेका र भोगेका छौ ।

बिरामी लाई सहयोग र सान्त्वना दिनुको सट्टा म नै जान्ने सुन्ने र बुझ्ने छु भनि बिरामीलाई डराउन दिने वा नकारात्मक खालका कुरा गरिदिने । गाऊँ भरिका गफ चुटेर दिनभर बस्नेहरू पनि हानीले देखेका छौ !

भन्नु होला मलाई के को पिर म त अमुक पार्टीको सक्रिय कार्यकर्ता वा संस्थाको सदस्य वा अन्तराष्ट्रीय संस्थाको सदस्य वा ... साथी भ्रममा नपर्नु होला कुनै नेता वा संस्थाले समबेदना वा सुस्वास्थ्यको कामना बाहेक कलैलाई केहि सहयोग गरेको मैले देखेको वा सुनेको छैन ।

फेरि भन्नु होला मेरो त मेडिकल र जिवन बिमा छ वा मेरो बैकमा टन्न पैसा छ वा मलाई 911 कल भए पुग्छ । तर जुन दिन तपाई दीर्घकालीन रोगले ग्रसित हुनुहुन्छ र लामों समय अस्पताल वा घरमा एक्लै बस्नु पर्ने दिन आउछ त्यस बेला तपाई संगको पैसाले तपाईलाई साथ दिने छैन । किनकी तपाई जीवन भर आफन्त, साथीभाई, छरछिमेक छाडी वा मारि पैसा कै पछाड़ी भागेको उनिहरूले पनि भुलेका छैनन । पैसाले आफन्त, साथी र छिमेकी किन्न सक्नु हुदैन ।

न त तपाईको पैसाले असल साथी वा छिमेकी नै किन्न सक्नु हुन्छ। न त पैसाले किनेको निजी सुसारे बाट चोखो माया नै पाउनु हुनेछ । हरेक पल हरेक क्षण एउटा असल साथीको लागि बेडमा छटपटाएको दिन बल्ल अनुभूत गर्नु हुनेछ।
के तपाई र तपाईको माया पैसामा बिकाऊ छ ? तपाईले साथीलाई दिएको माया कुनै मूल्य छ ?
अझै दिर्घकालिन रोग, क्यान्सर, मुटु , किड्नी फेल,प्यारालाइसिस , अपाड्गता जस्ता रोग लाग्यो भने पैसाको घमन्ड पनि चकनाचुर नै भै हाल्छ ।इन्सुरेन्स हुनेहरूले पनि अपबाद राम्ररी पढ्नु होला । जब ठुलो रोग लाग्छ वाँ धेरै पैसा ख़र्च हुने अबस्थामा मेडिकल इन्सुरेन्स ले पनि कभर गर्न छोड्छ । जिवन बिमामा पनि यस्तै धेरै अपवाद हरू छन बेलेमै राम्ररी बुझ्नु होला ।
यसो भन्दै गर्दा इन्सुरेन्स आवस्यक छैन वा पैसा आवस्यक छैन भन्न खोजेको पटक्कै हैन, खाली पैसा संगै मानविय सहयोग र सद्भाव पनि उत्तिकै महत्वपूर्ण छ !

आवस्यकता गुठीको :
मैले बुझेको तपाई संसारको जुनसुकै कुनामा भए पनि एकै ठाऊमा वा वरिपरी बस्नेहरू एक भएर दुखसुखमा साथ दिने समुह बनाउनु नै सबै भन्दा उत्तम बिकल्प हो । समुहको सल्लाह, गक्षता र आवस्यकता अनुसार हरेक समुहले आ-आफ्नो नियम बनाएर एक आपसमा साथ दिन सक्छन र कोष खड़ा गर्न सकिन्छ । यो संभव छ र हाम्रो गाऊघर बाट प्रमाणित भएको कुरा हो । यसो गर्दा गुठीमा संलग्न साथीहरू सल्लाह गरि आलोपालो मिलाएर भेट्न र आर्थिक सहयोग समेत पुर्याउन सकिन्छ ।
मानविय र आर्थीक दुवैको सुरक्षा हुने यो नै राम्रो बिकल्प देख्छु ।
जातिय, क्षेत्रिय,राजनैतिक र अन्य संघ संस्था हरूले दुखको बेलामा केहि गर्लान भनेर आस गर्नु बेकार छ । तर तपाईको मृत्यु पछि श्रद्धांजलि दिन भने पक्का आउनेछन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक