
पर्दामा शशि कपूर र अमिताभ बच्चनको जोडी एकदमै राम्रो मानिन्छ । उनीहरुले सँगै अभिनय गरेको ‘सिलसिला’, ‘नमक हलाल’, ‘शान’, ‘अजूबा’, ‘सुहाग’ ‘दो और पाँच’ जस्ता चर्चित चलचित्र हुन् ।
बलिउड इन्डस्ट्रीमा छुट्टै पहिचान बनाउन सफल भएका शशि कपूरले थुप्रै अर्वाड पाएका छन् । उनलाई सन् २०११ मा भारत सरकारले पद्मभुषण प्रदान गरेको थियो । त्यस्तै सन् २०१४ मा दादासाहेब फाल्के पुरस्कारले उनलाई सम्मानित गरिएको थियो । बाबु पृथ्वीराज कपूर तथा उनका दाजु राज कपूरपछि यो सम्मान पाउने शशि कपूर कपूर परिवारको तेस्रो सदस्य हुन् ।
उनले ‘जुनून’, ‘कलियुग’, ‘३६ चौरंगी लेन’, ‘विजेता’, ‘उत्सव’ जस्ता चर्चित चलचित्रको निर्माण गरेका छन् । उनले विभिन्न १२ वटा अंग्रेजी चलचित्रमा पनि काम गरेका छन् । रोमान्टिक स्टारका रुपमा परिचिक कपूर नरहे पनि उनका चलचित्रलाई दर्शकले सँधै सम्झिरहनेछन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक