20171220

राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित नभएसम्म राजीनामा नदिने बताए प्रधानमन्त्री शेरबहादुर देउवाले !

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । सरकारका केही विश्वस्त मन्त्रीहरुसँगको आन्तरिक छलफलका क्रममा देउवाले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित नभएसम्म राजीनामा नदिने बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सभा गठन सम्बन्धी
अध्यादेश पारितका लागि पठाइसकेको छ । देउवाले एमालेले राष्ट्रपतिलाई उचाल्दै संविधान कार्यान्वयनको प्रक्रियामा बाधा पु¥याउन खोजेको आरोप समेत लगाएका छन् । आफूले राजीनामा नदिएसम्म कोही पनि प्रधानमन्त्री बन्न नसक्ने बताएका देउवाले ती मन्त्रीहरुसँग भनेका छन्, ‘निर्वाचनको मतपरिणाम पनि अहिलेसम्म घोषणा भएको छैन, हामीले यसअघि नै राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पनि पारित भएको छैन, केपीजीलाई प्रधानमन्त्री बन्न हतार छ, कसरी बन्दो रहेछ, म पनि हेर्छु ।’ देउवाले राष्ट्रपतिबाट अध्यादेश पारित हुने बित्तिकै आफूले राजीनामा दिने बताएका छन् । त्यसभन्दा अगाडि कुनै पनि हालतमा राजीनामा नदिने उनको अडान छ । माओवादी केन्द्र र एमालेले भने राष्ट्रियसभा गठनमा निहूँ खोजेर देउवाले सत्ताको आयु लम्ब्याउन खोजेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक