20171217

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम यस्तोछ !

पार्टी, प्रत्यक्ष, समानुपातिक, जम्मा र प्रतिशतमा हेर्नुस :    
एमाले- ८०+४१=१२१ (४४%)
कंग्रेस- २३+४०=६३ (२२.९०%)
माअोवादी- ३६+१७=५३ (१९.२८%)
संसफो- १०+६=१६ (५.८२%)
राजपा- ११+६=१७ (६.१८%)
अन्य - ५+०=५ (१.८२%)
जम्मा- १६५+११०=२७५

समानुपातिक निर्वाचन प्रणालीको मतगणना:

३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल 
दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत 
माओवादी १३ लाख ३ हजार ७२१ मत
राजापा ४ लाख ७२ हजार २५४ 
संघीय समाजवादी फोरम ४ लाख ७० हजार २०१ मत 
विवेकशील साझा पार्टी २ लाख १२ हजार ३६३ 
राप्रपा १ लाख ९६ हजार ७८२ मत 
राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७
नयाँ शक्तिले ८१ हजार ८३७ 
राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत


एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० (दुई स्वतन्त्रसहित) सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।

प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ । तर, दुबै पहिलो दल एमाले भन्दा निकै सानो छन् । कांग्रेस र माओवादी मिल्दा पनि एमाले बराबर हुँदैन ।

पहिलो संविधानसभामा ठीक विपरित थियो । एमाले र कांग्रेस मिल्दा पनि माओवादी ठूलो दल थियो ।

प्रतिनिधिसभामा दुई क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल ।

प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६/६ सिट पाएका छन् । समग्रमा मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।

अन्य दल भने एक सिटे भएका छन् । राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।
प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।
यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ ।
माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन् ।
नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा (तत्कालीन राप्रपा नेपाल) पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।
पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।
**************

नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक