20171229

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्। लामो समय शीतल निवासमै अड्किएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलहरुबीच विवाद थियो। अध्यादेशमा एकल संक्रमणीय प्रणालीको व्यवस्था छ। यद्यपि एमालेले भने बहुमतीय प्रणाली अपनाउनु पर्ने अडान राख्दै आएको थियो। यही अध्यादेश विवादले राजनीतिक गत्यावरोध बढेपछि एमाले एकल संक्रमणीय निर्वाचन प्रणाली स्वीकार्न तयार भएको हो। एमालेको ग्रिन सिग्नलपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन्। त्यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीतल निवास बोलाएर छलफल गरेकी थिइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक