20180114

तोकिएको समयसीमा भित्र दोस्रो किस्ताको अनुदान प्रकृयामा नआएका झण्डै साढे २ लाख भूकम्प प्रभावितलाई समस्या हुने


- मदन पौड्याल/उज्यालो / तोकिएको समयसीमा भित्र दोस्रो किस्ताको अनुदान प्रकृयामा नआएका झण्डै साढे २ लाख भूकम्प प्रभावितलाई समस्या हुने भएको छ । पोहोर माघअघि अनुदानको पहिलो किस्ता लिएका झण्डै ४ लाख ४० हजार भूकम्प प्रभावितमध्ये घरको जग बसालेर दोस्रो किस्ता लिने सक्नेगरी प्रकृयामा आएका १ लाख ८२ हजार जना मात्र रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङक छ । केही भूकम्प प्रभावितले आफै घर बनाएको हुनसक्ने प्राधिकरणले बताएको छ । 

तर पोहोरको पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्प प्रभावितले दोस्रो किस्ताको अनुदानका लागि सिफारिस गराउने समय भने आइतबार सकिंदैछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले दोस्रो किस्ताका लागि पुस मसान्तसम्म सिफारिस नबुझाए दोश्रो किस्ता नपाउने तर अत्यन्तै समस्यामा परेको कारण भए पुनर्विचार गर्न सकिने बताउनुभयो ।
दोस्रो किस्ता लिन नसक्नेको बारेमा पुनर्विचार प्रधानमन्त्रीको अध्यक्षता रहने निर्देशक समितिले गर्नेछ । तर तत्काल निर्देशक समितिको बैठक बस्न सक्ने अवस्था छैन । पहिलो किस्तामा ५० हजार रुपैयाँ लिएर घरको जग बसालेका भूकम्प प्रभावितले दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ लिन सक्छन् ।
पोहोरको माघपछि अनुदान सम्झौता गरेकाले भने चैत मसान्तसम्म दोस्रो किस्ता र असार मसान्तभित्र तेस्रो किस्ता समेत लिइसक्नुपर्ने गरि गएको असार अन्तिम हप्ता समयसिमा निर्धारण भएको हो । भूकम्प प्रभावित प्रमाणित भैसकेकाले पहिलो किस्तामा ५० हजार रुपैयाँ, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख गरी ३ लाख रुपैयाँ अनुदान पाउँछन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक