20180117

शिवहरी पौडेलले हँसाउनु हँसाए, रामप्रसाद खनालले छमछमी नचाउनु नचाए, यसरी सकियो डिसीमा तमु ल्होसार कार्यक्रम

जनवरीको चिसो मौसममा गुरुङ गुरुङ्सेनीहरु आफ्नो रिती रिवाज, सँस्कृती अनुरुपको चाड ल्होसार मनाउन आफ्नै भेसभुसामा उपस्थित थिए । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्य मा वाशिङटन डिसीमा आयोजित ल्होसार कार्यक्रममा अन्तरराष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष एबम लोकप्रिय हाँस्य कलाकार शिवहरी पौडेल मँचमा पुगे र हँसाउन थाले । शिवहरीको हँसाउने कला तपाईंलाई थाहा
नै छ उनी कती हंसाउँछन । हाँसो लगत्तै मँचमा पुगेका अतिथि कलाकार, अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले एउटा बिरहको गीत गाए, स्तब्ध बनाए सबैलाई । त्यसपछी पञ्चेबाजाको उनको गीतमा छमछमी नचाए सबैलाई ।
यस अघि प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कुमार कार्कीले पानसमा बत्ती बालेर गरिएको उदघाटन गरेका थिए । राजदुत कार्कीले प्रवासमा पनि नेपालको गुरुङ भेषभूषा प्रस्तुती सहितको नेपालको संस्कृती सम्बर्धनमा तपाईहरुले गर्नुभएको यो राम्रो कामको प्रशंसा गर्दै नेपाल सरकार तथा नेपाली दूताबासको तर्फबाट ग्रेटर वाशिंगटन तमु समाजलाई धन्यबाद दिएका थिए ।

उनले अगाडी भने यस्तो नेपालको संस्कृती चिनाउने यस्तो कार्यक्रमले हालका स-साना केटाकेटीको पछिल्लो पिंढी लाई नेपाल बारे राम्रो प्रभाब पर्दछ ।  समाजका निबर्तमान अध्यक्ष तथा ल्होशार संयोजक नन्द गुरुङको स्वागत मन्तब्य पछी ८२ बर्षिय टिकाराम गुरुङ अर्का एक मात्र वक्ता थिए। न्युयोर्क देखी आएका ग्याल साम्बो समाज ( मनाङ्ग समाज ) का महासचिब याङ्गचुङ्ग फुनेल, तामांग समाज, थकाली समाज लगायत डिसी एरियाका संघ, संस्थाका अध्यक्षहरु  लगायतका अतिथीहरुलाई गुरुङ महिलाको पहिरन गुन्यु, चोलो, निलो पटुका, हरियो पोते, घलेक लगाएका  हेर्दा आकर्षक गुरुङ चेलीहरु मनमाया दाहाल गुरुङ, लुमा गुरुङ र सृजना गुरुङको टोलीले खादा ओढाएर स्वागत गरेका थिए।

नेपालको र अमेरिकाको रास्ट्रिय गानबाट शुरु गरिएको समारोहमा स्कुल, कलेज ग्राजुयेट गरेका गुरुङ समुदायका बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने तमु समाजका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा स्वागत समारोह सम्पन्न भएको थियो।  कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम मध्य रातको १२ बजे सम्म चलेको थियो।

गुरुङ समुदायमा दुख र सुख पर्दा गरिने सेरु भनिने सेर्का नृत्य आकर्षक थियो। सेर्का नृत्य तमु समुदायको एक मुख्य संस्कृती हो ग्रेटर वाशिंगटन तमु समाजका एक बुद्धिजिबी प्रेम गुरुंगले बताए। मनमाया दाहाल गुरुङ बबीले सांस्कृतिक कार्यक्रमको संयोजन गरेकी थिईन्।   तमु ल्होशार-कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो  ।
 फोटोहरु आफै यसरी समाचार बोल्छन :

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक