20180119

शेरबहादुर देउवाकै कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले हार व्येहोर्नुपरेको भन्दै नेताहरुले नेतृत्वको चर्को आलोचना

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले नेतृत्वको चर्को आलोचना गरेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले हार व्येहोर्नुपरेको भन्दै नेताहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस केन्द्रीय नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले चुनावको मुख्य एजेन्डा र रणनीतिमा समयमै ध्यान नदिँदा ठूलो पराजय व्यहोर्नु परेको बताउनुभयो । उहाँले वर्षौं पुरानो संगठनलाई अहिलेको नेतृत्वले राम्रोसँग बुझ्न र चलायमान बनाउन नसकेको पनि आरोप लगाउनुभयो । उहाँलगायत आज बोल्ने धेरै केन्द्रीय सदस्यहरुले चुनावका विषयमा गम्भीर समीक्षा गर्न नेतृत्वसँग माग गरेका छन् । बैठकमा पार्टी
सभापति देउवाले महासमितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ ।
देउवा पक्षका केन्द्रीय सदस्यले भने उहाँको बचाउ गरेका छन् । बिहीबार सुरु भएको बैठकमा राष्ट्रियसभा चुनावमा राजपा, संघीय समाजवादी फोरमलगायत दलसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक