20180222

हिन्दुहरुको सर्बोच्च गुरु शंकराचार्य बन्न सफल विश्वकै पहिलो नारी नेपाली चेली हेमानन्द !

ठग र कर्मकाण्डी कथित पण्डितहरु प्रति हामी पटक्कै सकारात्मक छैनौँ । हो यस्ता हुनुपर्छ हाम्रा धर्मगुरुहरु, गुरुआमाहरु । हिन्दू हौँ गर्बले छाति फुलेर आयो तपाईंको भावना सुनेर। तपाईंलाई नमन गर्दछौँ माता । हरेक हरेकले एक पटक यो अन्तर्वार्ता हेर्नुहोला, सुन्नुहोला र बुझ्ने प्रयास गर्नुहोला ।  

- मनोज चिमरिया
१२०० बर्षको इतिहासमा पहिलो पटक एक महिला शंकराचार्य बन्न सफल भएकी छिन् त्यो पनि नेपाली चेली हेमानन्द गिरी जसलाईलाई भारत धर्म महामण्डल एबं काशी बिद्वत परिषदले भारत उत्तर प्रदेशको ज्योतिष पीठको शंकराचार्यमा नियुक्त गरेको खुशीको खबर छ । सनातन धर्मको इतिहासमा यो महत्वपूर्ण निर्णायक मोड हो । शंकराचार्य हेमानन्दको नेतृत्वमा सनातन हिन्दू संस्कृतिले उच्चतम शिखर चुम्ने छ भन्ने आशा एबं
बिश्वास गर्न सकिन्छ !
शंकराचार्य महिला पनि हुन सक्छन् र हेमानन्द नयाँ शंकराचार्यको प्रतिस्पर्धामा सबैभन्दा सशक्त रहेकी थिइन । दुई सय प्रतिस्पर्धीलाई उछिन्दै अद्भुत क्षमताकी नेपाली माता ‘महामण्डलेश्वर हेमानन्द गिरी’ महाराज शंकराचार्यको पदका लागि अन्तिम चारजनाको छनौटमा परेको खवरले हिन्दूधर्माबलम्बीहरुको क्षेत्रमा सनसनी नै मच्चिएको थियो।
एक पल्ट एपिवान टिभीसंग कुरा गर्दै महामंडलेश्वर पद कसरी प्राप्त भयो भन्ने बारेमा प्रष्ट पार्दै हेमानंद गिरि भन्छिन ”२ वर्ष अगाडी उज्जैनको कुम्भ मेलाले लगभग ९ करोडको उपस्थितिमा यो पदको चयन गर्दा देश भित्र तथा बाहिरबाट ६ जना व्यक्तिहरुलाई चयन गरियो जसमध्य एकजना म मात्र महिला नेपालबाट प्रतिनिधित्य्व गरिरहेकी थिए। यो पदले धर्ममा निकै महत्व राख्छ।”
हेमानन्द गिरी शंकराचार्यको अन्तिम ४ प्रतिस्पर्धी मध्ये एक रहेकी थिइन । गिरि धेरैवटा अखाडाकी प्रमुख रहेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगंज झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छन् । पथरी शनिश्चरेमा स्थायी बसोबास भए पनि धेरै जस्तो भारतमै बस्छिन। भारतीय संचार माध्यमहरुले उनको बारेमा लेखिरहेका हुन्छन, बोलिरहेका हुन्छन तर नेपाली मिडियामा भने गिरि त्यति देखा परेकी छैनन्। एउटी महिला भएर पनि पुरुषहरु संग प्रतिस्पर्धा गर्दै तपाई कसरी पदीय यो सोपान सम्म पुग्नु भयो भन्दा उनी मुसुक्क हाँस्दै भन्छिन ”मैले आफुलाई कहिल्यै नारी ठानिन किनकि महिला र पुरुषको विभेद सत्य युगमा थिएन। हाम्रो सनातन परम्पराबाट सिंचित मान्छे हुँ म। जब मान्छेको सिर्जना भयो पहिलो सिर्जना छोरीको सिर्जना भएको थियो। त्यसैले मैले आफुलाई कहिलयै महिला ठानिन। हामीमा जुन अदम्य साहस, उत्साह हुन्छ त्यही लिएर म अघि बढेको मान्छे हो, हाम्रो सनातन परम्परा विचारको जेलमा संकीर्णताको जेलमा पर्यो।अभावको जेलमा पर्यो। भावानाबिहिन्ताको जेलमा पर्यो। धेरै पछी मात्र महिला विभेद सुरु भएको हो। जस्तै महिलाले शालिग्राम पूजा गर्नु हुदैन आदि इत्यादि ।”
नेपाली भूमिलाइ कसैले गुलाम बनाउन सकेन त्यसमा सम्पूर्ण नेपालीहरुले आत्मगौरव गर्नु पर्छ भन्ने कुरामा गिरि जोड दिन्छिन ”किनकि नेपाल भनेको सीता माता र पार्वती माता जन्मिनु भएको देश हो।बुद्ध भगवान जन्मेको देश हो नेपाल। पाणिनी, वेदव्यास, जनक राजा लगायतको देश हो हाम्रो। चार वेदमा अथर्व वेद हाम्रै नेपालमा बसेर लेखियो। यो गौरव पूर्ण इतिहास प्रति हामीले गर्व गर्नु पर्छ। आत्मशक्ति कम्जोर भएको कारणले गर्दा नै आज नेपाल अशान्त भएको छ।”
नागा अघोर परम्परा बाट दीक्षित भएकी गिरि अध्यात्म भनेको आत्मगौरब्लाई जगाउने माध्यम हो भन्दै अगाडी भन्छिन ”वेद भनेको विज्ञानको पराकाष्ट हो” दलित महिला दिदि बैनिहरुलाई समेत मैले गायत्री मन्त्र उच्चारण गर्न सिकाई सकेकी छु। हामी हाम्रो धर्मको सन्दर्भमा देखापरेको संकीर्णताबाट माथि उठ्नु पर्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक