20180219

भद्र सहमतिका नाममा अन्तत केपी ओली र प्रचण्डको भागबन्डा यसरी मिल्यो र एकता अगाडि बढ्यो रे ! फेरी पनि जिते प्रचण्डले, हार एमालेको !

आउ नक्कली आउ, मेरो हात समाउ !

आउ नक्कली आउ
फेरी आउ
मेरो हात समाउ
बिचमा मलाई मलाई छोडेर
अर्कै पर पुरुष रोजेर
तिम्ले अर्कैको हात समाए पनि
मलाई एक्लै बनाए पनि
पहिले म, पछि तिमी
कुहिएको सिनो जस्तै
डुङ डुङी गन्हाए पनि
म तिमीलाई अंगाल्छु
तिमी मलाई अँगाल
तिमी जस्तै त हुँँ म पनि
आखिर चोखो कहाँ छु र !
अब
तिम्रो हाम्रो एकता गर्नै पर्छ
तिमी मेरो म तिम्रो भरमा पर्नै पर्छ
बरु आउ आजै कतै बार्तामा बसौँ
आउ नक्कली आउ
फेरी आउ
मेरो हात समाउ
म तिम्रो हात समाउँछु
बार्ता गरौं
मिलौं
एक दिन तिमी मेरी श्रीमती
अर्को दिन म तिम्रो श्रीमती
पालै पालो घर चलाऊने
भद्र सहमति गरौं
एक अर्कामा भर परौँ
अरुले जे सुकै भनुन
जसो सुकै भनुन वा
नैतिकहिन  र चरित्रहिनमा गनुन
बाल मतलब !
आउ नक्कली आउ
बिचमै छोडेर मलाई
लठेब्रो सँग पोइल गए पनि
अर्काकी रखौल भए पनि
आउ म तिमीलाई अंगाल्छु
तिमी मलाई अँगाल
तिम्रो र मेरो जात मिल्छ
भात मिल्छ
चरित्र मिल्छ
बानी ब्यहोरा मिल्छ
हिँजो तिमीले मलाई गाली गर्यौ
मैले तिमीलाई गाली गरेँ
सापो नापो बराबर
भुलिदेउ सब कुरा
तिम्रो पछिल्लो नाठो
अहिले
ओराली लागेको हरिण भयो
तिम्रो र मेरो भाग्य !
फेरी फलिफाप भयो
तिमीलाई भिरङ्गी लागेको कुरा
जताततै सार्वजनिक भए पनि
म पो चोखो कहाँ छु र प्रिय
महाकाली यात्रा देखिनै
शुरु भएको भिरङ्गी
अलिकती बाहिर आए पनि
गुप चुप राखेको हुँँ
पारीका डाक्टरले बँचाएर मात्र हो
नत्र त मेरो पनि भिरङ्गीकै कारण
राम नाम सत्य हुन्थ्यो होला !
त्यसैले
आउ प्रिय आउ
अब सँगै घरवार गरौं
तिमी मेरो म तिम्रो भर परौँ
हिँजो
तिमीलाई खेलाउनेहरु सल्बलाउन सक्छन
मलाई खेलाउनेहरु खल्बलाउन सक्छन
छोडिदेउ तिमी तिम्राहरु
छोडिदिन्छु म मेराहरु
पछि पछि अाउनेहरु आउंदै गर्छन्
जान मन लाग्नेहरु जाँदै गर्छन्
आए आउन
गए जाउन
टेन्सन्स लिन जरुरी छैन नक्कली
अब तिमी मेरी भयौ
म तिम्रो भएँ
आउ भद्र सहमति गरौं
पालै पालो गरौं
आलो पालो अपनाउँ
कहिले तिमी मेरो मालिक
कहिले म तिम्रो मालिक
बजाउँ सबका बाजा !
बरु सुहाग रात सकेर
खाउँला खाजा
आउ नक्कली आउ
मेरो हात समाउ
म तिम्रो हात समाउँछु
कुनै मतलब गर्दिन अब
जति गन्हाए पनि गन्हाउँछु
म पनि लठेब्राले झैं
तिम्रो हात समाउँछु
एकैछिनका लागि सही
कती दिनको पो छ र जिन्दगी
बाँचुन्जेल रमाउँछु रमाउँछु !!
हिजडाहरु जम्मा पारेर 
ठुम्का लगाउन लगाउँछु !!

- रामप्रसाद खनाल, फेब्रुअरी १९, २०१८   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक