20180201

उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन जुन उसको मुर्खता मात्र हो : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको
बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ ।
उहाँले आफूले अर्थात अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि बताउनुभयो ।
उहाँले सो सम्बोधनका क्रममा भन्नुभयो– हामीले सम्भावित सो त्रास हटाउन र सम्भवत यस्तो हतियारको होडबाट कुनै पनि घटना हुन नदिन प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन जुन उसको मुर्खता मात्र हो ।
राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाउनुभयो ।
उहाँले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको जानकारी दिनभयो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले उत्तर कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन अनेक प्रयासहरु जारी राखेको खुलासा पनि उहाँले गर्नुभयो ।
उत्तर र दक्षिण कोरियाबीच हालै भएको द्विपक्षीय वार्तापछि वातावरणमा केही सहजता आएको भए पनि उत्तर कोरिया वार्ताका लागि पूरै तयार भने भइ नसकेको पनि उहाँले बताउनुभयो ।
यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको उच्चस्तरमा वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रुपमा विश्वमा नै प्रचार गरिएको छ ।
यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गर्नुभएको थियो । उहाँले उत्तर कोरियासँग वार्तामा बस्न अमेरिका तयार रहेको सोही समयमा सार्वजनिक गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्तागर्ने धारणा पनि त्यसै समयमा सार्वजनिक गर्नुभएको समाचारमा आएको थियो ।
उहाँले दुई कोरियाली वार्ताका कारण पछिल्लो समयमा विकसित परिस्थितिबाटै अघि बढ्न र कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाको अन्त्य गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गर्नुभएको थियो ।
अर्काे महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिणका बैठकहरु कोरियामा बसिरहेका छन् ।
शरणार्थीका लागि समन्वय गर्न आग्रह 
यसैबीच अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएकोमा त्यस विषयमा समन्वयात्मक रुपमा मिलेर अघि बढ्न पनि राष्ट्रपति ट्रम्पले आग्रह गर्नुभएको छ ।
अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका उनीहरुलाई अब अमेरिका प्रवेशमा रोक लगाइने छैन ।
ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम सार्वजनिक गरेको भोलिपल्टै राष्ट्रपति ट्रम्पले यस विषयमा कामकगर्ने अमेरिकी र सबैलाई मिलेर अघि बढ्न भनेको जानकारी पनि दिनुभएको छ ।
यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमन रहेका छन् ।
आइएस नहार्दासम्म लडाईं जारी
यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आइएस) नामको आतङ्ककारी समूहलाई पूर्ण रुपमा पराजित नगर्दासम्म उसका विरुद्धको अमेरिकी लडाईं जारी नै रहने पनि सो सम्बोधनका क्रममा बताउनुभएको छ । 
गर्नुपर्ने काम अझै धेरै छ, हामीले आइएसका विरुद्धमा लडाईं जारी नै राख्ने छौँ र यो लडाईं उनीहरु पूर्ण रुपमा नहार्दासम्म जारी नै रहनेछ– उहाँले भन्नुभयो ।
उनीहरुलाई हामीले आवश्यक परेको स्थानमा खोज्ने छौँ, लखेट्ने छौँ र हराएरै छोड्ने छौँ– राष्ट्रपति ट्रम्पले उक्त सम्बोधनका क्रममा भन्नुभएको प्राप्त समाचारमा जनाइएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक