20180308

फेरी आएछ नारी दिवश - रामप्रसाद खनाल

चुलो चौको घाँस दाउरा गर्दा गर्दै  
सन्तानका खुशीहरुका लागि सधैं 
हाड छाला घोट्दै , जिउँदैमा मर्दा मर्दै 
खरानी झैँ सेतै फुलेकी सासुलाई 
देखी नसहने बुहारीहरु !
आफ्ना छोरी भनेपछी भुतुक्कै हुने,
पोईका घर गएकी छोरी सम्झी सम्झी रुने
तर बुहारी देखी नसहने सासुहरु !
कतै आमाका कुरा सुनेर
श्रीमतीका कपाल गोड्ने
कतै श्रीमतीका कुरा सुनेर
आमाबाउको साथ छोड्ने
बुहारीका पोई छोराहरु !
छोरीका पोई ज्वाँई मोराहरु !
वास्तविक कुरा किन बुझ्दैनन कुन्नी !
सोंच्ने हो भने ,
छोरी बुहारी एकै होइनन र ??
बुहारी पनि भोली सासु बन्ने छैनन र ??
सासुहरु पनि बुहारी भएरै आएका होइनन र ??
तर, तर .....
यि र यस्तै कुराहरु नबुझेर बाउहरु फुटेका छन
दाई भाई र छोराहरु एक आपसमा टुटेका छन
बुढेशकालका कयौँ सहाराहरु छुटेका छन
कोही किन बुझ्दैनन कुन्नी !
कुरा गर्दा हो हो भन्लान तर
मरी गए कोही छैनन राम्रो कुरा सुन्नी !
यस्तै यस्तैमा फेरी आएछ नारी दिवश
भासण, नारी अधिकार र समानताका कुरा
सुन्न छु बिबश !
घरमा श्रीमती छ भन्ने थाहा पाउँदा पाउँदै
कान्छी बन्न किन जान्छन नारीहरु ??
नारी नारीको लडाईं र झगडाले
चिरिएकाछन चिल्ला र समथर बारीहरु !
तिनै लडाईं झगडामा
अल्झिएका छन झुसे दारीहरु !
यस्तै यस्तै भैइरहँदा फेरी आएछ नारी दिवश !
खोइ के भनेर शुभकामना दिउँ
कसरी शुभकामना दिउँ
आमा दिदी बहिनी हो
भाउजु बुहारी श्रीमतिहरु हो
बा दाई भाईहरु हो
सासुका प्यारा ज्वाँईहरु हो !
सबैले सबैलाई समान व्यबहार गर
एकले अर्कोको भर पर !
भेदभाब अहँ गर्दै नगर !
महिला पुरुष समान छौं
असमान बनाउने गल्ती गर्दै नगर !
एकले अर्को को भर पर !
एकले अर्को को भर पर !
- रामप्रसाद खनाल, हाल अमेरिका, मार्च ८, २०१८

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक