20180309

भारत आफ्नो देशका कम्युनिस्ट खेद्छ, नेपालका कम्युनिस्ट बोक्छ ! लेनिनका झण्डै ५ सय भन्दा बढी शालिकहरु यसरी ढालिए !


बीसौँ शताब्दीका प्रभावशाली व्यक्तित्वमध्येका एक भ्लादिमिर लेनिनको मृत्यु भैसके पनि उनको विचारधारलाई धेरैलाई प्रभाव पारेको छ । सन् १९९१ मा सोभियत संघ नढल्दासम्म लेनिनको विचारधाराको प्रभाव निकै नै थियो । लेनिनका समर्थकले उनलाई समाजवादी नेताका रुपमा हेर्छन भने आलोचकले भने  एक तानाशाहका रुपमा । ठूलो परिमाणमा भएको राजनीतिक अत्याचार र हत्यामा उनलाई दोषी ठहराउनेहरु
पनि छन् ।
भर्खरै भारतको त्रिपुरा विधानसभाका बीजेपीले जित हात पारेको ४८ घण्टामै बुलडोजर लगाएर रुसी क्रान्तिका नायक लेनिनको प्रतिमा भत्काइएको थियो । तर लेनिनको शालिक ढलाइएको यो पहिलो घटना भने होइन । योभन्दा पहिलो विश्वका धेरै ठाउँमा लेलिनको शालिक ढलाइएको छ । 
१. यूक्रेनमा ठूलो संख्यामा लेनिनसँग जोडिएका धरोहर भत्काउने काम भएको छ । सन् २०१३ देखि २०१५ को बीचमा यूक्रेनमा लेनिनका झण्डै ५ सय शालिक भत्काइएको छ । यो तस्बिर सन् २०१३ को हो जहाँ लेनिनको शालिक घनले हानेर भत्काइएको थियो । लेनिनको शालिक भत्काउने समूहले रुसको नजिक भएको भन्दै यूक्रेनका राष्ट्रपतिको विरोध गरेका थिए । 
२. सन् १९९१ मा बर्लिनका मेयरले लेनिनको शालिक भत्काउने आदेश दिएका थिए । उनले तानाशाही प्रवृत्ति झल्काउने कुनै प्रतिमा आफूहरुलाई मान्य नहुने बताएका थिए ।
 
३. सन् २०१४ को सेप्टेम्बरमा यूक्रेनकै खारकोभ शहरमा लेलिनको मूर्ति भत्काइएको थियो । यस घटनाको प्रत्यक्ष प्रसारण गरेको थियो । २०१७ को अगस्टसम्म यहाँ लगाइएका लेनिनका सबै शालिक हटाइएको थियो । 
४. सन् १९९० मार्च ५ मा रोमानियाको राजधानी बुकारेस्टमा दुई वटा क्रेनको सहयोगले स्टेट पब्लिसिङ हाउसको अगाडिको लेनिनको शालिक हटाएको थियो ।
 
यस्तो भनिन्छ कि यदि तपाईँ कुनै देशका बारेमा जान्न चाहनुहुन्छ भने त्यहाँ कस्तौ प्रतिक बनाइयो भन्दा पनि कस्तो प्रतिक हटाइयो भन्ने कुरामा ध्यान दिनुपर्छ । उज्यालोका अनुसार यही कुरा भारतको त्रिपुरा राज्यमा पनि लागू हुन्छ । जहाँ २५ वर्षदेखिको वाम किल्ला तोडेर बीजेपीले सरकार बनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक