(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20180323

पौडेल पक्षका नेताहरुले देउवा पार्टी संचालनमा असफल भएको आरोप

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आज नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । संस्थापन पक्षसँग चुनावमा व्यहोरेको हारको हिसाब माग्ने रणनीतिका साथ बैठकमा सहभागी भएका पौडेल पक्षका नेताहरुले देउवा पार्टी संचालनमा असफल भएको आरोप समेत लगाएका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले लिखित प्रस्ताव पेश गर्दै देउवाको चर्को आलोचना गर्नुभयो । देउवा राष्ट्रियता प्रजातन्त्र र समाजवादको वैचारिक धरातलबाट विचलित भएको आरोप नेता सिंहले लगाउनुभयो । आफ्नो सैद्धान्तिक धारमा नहिँडेर वामपन्थीसँग मिल्न गइ देउवाले गम्भीर गल्ति गरेको आरोप लगाउँदै सिंहले
यसैका कारण पार्टी पराजित भएको समेत बताउनुभयो ।
माओवादी केन्द्रसँग सत्ता बाँडफाँड सम्झौता र चितवनको भरतपुर महानगरमा रेणु दाहाललाई जिताउन पार्टी सभापतिले खेलेको भूमिका चरम राजनीतिक विचलन  र सभापतिको सत्ता केन्द्रीत राजनीतिको पराकाष्ठा भएको सिंहले आफ्नो लिखित आरोप पत्रमा उल्लेख गर्नुभएको छ । पार्टी सभापतिले सुुझबुझ देखाउन नसकेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको नेता सिंहको आरोप थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मिलेर ओली सरकार ढाल्नु र प्रचण्डलाई प्रधानमन्त्री बनाएकै कारण पार्टीले चुनाव हारेको सिंहको दाबी छ । त्यस्तै बैठकमा नेता कृष्ण सिटौलाले महाधिवेशन बोलाउन माग गर्नुभयो ।
नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामन्तवादी व्यवहारका कारण कांग्रेस हारेको उहाँको निष्कर्ष छ । बैठकमा नेताहरुले बोली नसकेका कारण भोलि फेरि बैठक बस्ने छ ।
चुनाव लगत्तै चुनावी समिक्षा गर्न बैठक बोलाउनु पर्ने भन्दै युवा नेताहरुले दवाव दिए पनि कांग्रेस केन्द्रिय समितिमा बल्ल आजदेखि चुनावी समिक्षा सुरु भएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक