20180415

प्रधानमन्त्री ओलीको भाषण सुनेर हाँस्दै गरेका वडा अध्यक्षको एक्कासी ज्यान गयो, अचम्म भयो !

प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दासुन्दै एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनको क्रममा गरेको सम्बोधन सुन्दासुन्दै जुम्लाका एक जनप्रतिनिधिको मृत्यु भएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्ती कार्यक्रममै ढलेका
थिए । प्रधानमन्त्रीले महोत्सव उद्घाटनको क्रममा सम्बोधन गरिरहँदा घर्ती ढलेका थिए । प्रत्यक्षदर्शी वीरबहादुर घर्तीका अनुसार प्रधानमन्त्रीको भाषण सुनेर घर्ती सुरुमा हासेका थिए । उनले हासो रोक्न सकेका थिएनन् । हासो नियन्त्रण गरे तर लगत्तै उनी ढलेका थिए । नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष घर्तीलाई बेहोस अवस्थामै नजिकै रहेको स्वास्थ्य शिविरमा उपचारको लागि लगिएको थियो । शिविरमा रहेका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका थिए । यदि घर्तीले भनेजस्तै कालिबहादुरको मृत्यु हाँस्दाहाँस्दै भएको हो भने प्रधानमन्त्रीको भाषण सुनेर मृत्यु हुने उनी पहिलो व्यक्ति हुनेछन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक