20180410

अमेरिकामा बस्ने नेपालीहरुका लागि अर्को अत्यन्त दु:खको समाचार : राघव रिजालको भर्जिनियामा कार दुर्घटनामा निधन

अपडेट : अप्रिल १२ तारिख हिन्दू परम्परा अनुसार राघब रिजालको अन्तिम बिदाई र दाह सँस्कार सम्पन्न भएको छ । थुप्रै नेपालीहरुको उपस्थितिमा अन्तिम बिदाई गरिएको थियो । राघब प्रति फेरी पनि  हार्दिक श्रध्दान्जली । *********         
    अन्तिम बिदाई एबम दाह सँस्कार April 12,  बिहान 10 बजे !
अपडेट : भर्जिनिया ह्यारिशनबर्ग निवासी, कार दुर्घटनामा ज्यान गुमाएका २६ बर्सीय राघव रिजालको अन्तिम बिदाई एबम दाह सँस्कार निम्नानुसार हुने भएकोले वर पर रहनुभएका र अन्तिम बिदाई एबम दाह सँस्कार कार्यक्रममा उपस्थित हुन इच्छुक नेपाली समुदायलाई सूचित गरिन्छ ।
अन्तिम बिदाई एबम दाह सँस्कार हुने स्थान   KYGER FUNERAL HOME & CREMATORY INC, Harrisonburg, VA
         3173 Spotswood Trail, Harrisonburg, VA, 22801, 540-434-1359
                               समय बिहान १० बजे, April 12, 2018
अनुरोधक :  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटी परिवार 
                                                           
अमेरिकामा बस्ने नेपालीहरुका लागि अर्को अत्यन्त दु:खको समाचार छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीका सदस्य एबम कवी दुर्गा रिजाललाई पुत्रशोक परेकोछ । वहाँका कान्छा पुत्र राघव रिजालको भर्जिनियामा कार दुर्घटनामा निधन भएको छ । नेपाल बाट आज बिहान मात्रै वाशिङ्टन डिसी उत्रिनुभएकी कवी रिजालको निवास ह्यारिसन बर्ग पुत्रको निधनले शोकमग्न छ । २६ बर्सिय कान्छा सुपुत्र राघव अत्यन्त प्रतिभावान र बिजनेसमा सँलग्न थिए । उनको पार्थिब शरीरलाई अस्पतालमा राखिएकोछ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने पारिबारिक श्रोतबाट थाहा लागेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महा सचिब भुप नारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु
पुरै स्तब्ध भएको बताउनुभएको छ । दु:खद घटनामा निधन भएका राघब प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटी परिवार दुर्गा रिजाल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछ शोक बिज्ञप्तिमा भनिएको छ । बाँकी अपडेटका लागि नेपाल मदर डट कम हेर्दै गर्नुहोला ।   
          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक